back

धमाधम रुसी तेल उठाउँदै अमेरिका ! अन्य देशलाई नकिन्न दबाब दिएको खुलासाः के चाहन्छ अमेरिका ?

काठमाण्डौ । एक रुसी अधिकारीले एकातिर अमेरिकाले रुसबाट ठूलो परिमाणमा तेल किनेर आफ्नो तेलको भण्डार बढाइरहेको खुलासा गरेका छन्। ती अधिकारी अमेरिकाले अर्कोतर्फ अन्य देशलाई रुसबाट तेल नकिन्न दबाब दिइरहेको दाबी पनि गरेका छन्।

रुसी सुरक्षा परिषद्का उपसचिव मिखाइल पोपोभले रुसी सञ्चारमाध्यमसँगको कुराकानीमा अमेरिकाले गत साता रुसबाट कच्चा तेल खरिद ४३ प्रतिशतले भण्डार बढाएको दाबी गरेका छन्।

‘अमेरिकाले रुसबाट दैनिक १ लाख ब्यारेलभन्दा बढी कच्चा तेल खरिद गरिरहेको छ’, पोपोभले भने।

चिनियाँ अखबार ग्लोबल टाइम्सको रिपोर्टका अनुसार पोपोभले युरोपले अमेरिकाबाट यस्तै ‘आश्चर्यजनक रवैया’को अपेक्षा गर्नुपर्ने बताएका छन्।

पोपोभले भने, ‘यसबाहेक अमेरिकाले आफ्ना कम्पनीहरुलाई रुसबाट खनिज मल किन्न अनुमति दिएको छ। यसलाई अत्यावश्यक वस्तुको मान्यता दिइएको छ।’

कच्चा तेल र प्राकृतिक ग्यासका लागि युरोप रुसमा निर्भर छ। यो थाहा पाएर अमेरिका र उसका युरोपेली सहयोगीहरुले रुसी तेलमाथि प्रतिबन्ध लगाउने कुरा गरिरहेका छन्।

रुसको तेलमाथि प्रतिबन्ध लगाउन अमेरिका र बेलायत दुवैतिर दबाब छ। बेलायतले यो वर्षको अन्त्यसम्ममा रुसी तेलमाथिको आफ्नो निर्भरता अन्त्य गर्ने जनाएको छ।

अमेरिकाले रुसबाट अप्रिल २२ सम्ममा तेल र कोइलाको आयात बन्द गर्ने पनि बताएको छ।

नर्मल युनिभर्सिटीको सेन्टर फर रुसी स्टडिज अफ इस्ट चाइनाका सहायक अनुसन्धान फेलो कुई हेङले ग्लोबल टाइम्ससँगको कुराकानीमारुसमाथि अमेरिकाको नीति दुईवटा पक्षमा आधारित रहेको बताए। ‘पहिलो रुसको विरुद्धमा उदारवाद र दोस्रो अमेरिकी हितको रक्षा गर्ने।’

कुई हेङले अमेरिकाले रुसबाट थप तेल खरिद गरेर तेल बजार नियन्त्रण गर्न चाहेको दाबी पनि गरे। ‘अमेरिकाले सस्तो मूल्यमा रुसी तेल खरिद गर्छ र घरेलु हितको रक्षा गर्न युरोपलाई उच्च मूल्यमा बेच्छ’, हेङले भने,‘अन्ततः युरोप यसको सिकार बनिरहेको छ। युरोपबाट पैसा अमेरिका जान्छ र डलर युरोको तुलनामा बलियो हुन्छ।’

विश्लेषकहरुले रुस–युक्रेन संकट र रुसी तेलमाथिको प्रतिबन्धबाट सबैभन्दा बढी फाइदा अमेरिकालाई भएको बताएका छन्।

‘रुसको तेल किनेर अमेरिकाले आफ्ना युरोपेली सहयोगीहरुलाई फन्दामा पारिसकेको छ’, एक वित्तीय विश्लेषकले भने, ‘अरु देशलाई रुसको तेल किन्न प्रतिबन्ध लगाएर अमेरिकाले रुसबाटै तेल किनेर चर्को मूल्यमा युरोपेली मुलुकलाई दिने गरेको छ।’यो समचार विभिन्न अन्तराष्ट्रिय पत्रपत्रिका र एजेन्सीको सहयोगमा तयार पारिएको हो।

nactional life
Corporatebazar 11 Anniversary

इरानसँगको युद्ध अन्त्यको नजिक रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

इरानसँगको युद्ध अन्त्यको नजिक रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

वि.सं.२०८३ वैशाख २ बुधवार १०:१५

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्व अन्त्यको नजिक...

इरानद्वारा हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द, तेल ट्याङ्करहरू बीच बाटोबाटै फर्किए

इरानद्वारा हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द, तेल ट्याङ्करहरू बीच बाटोबाटै फर्किए

वि.सं.२०८२ चैत २६ बिहीवार ११:१२

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीच भएको युद्धविराम लगत्तै...

ईरान र अमेरिकाबीच इस्लामाबादमा वार्ता हुने

ईरान र अमेरिकाबीच इस्लामाबादमा वार्ता हुने

वि.सं.२०८२ चैत २५ बुधवार १०:३६

काठमाडौं । ईरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले युद्धविरामका सर्तहरूलाई अन्तिम...

दुबईमा कुवेती तेल ट्यांकरमा लागेको आगो नियन्त्रणमा

दुबईमा कुवेती तेल ट्यांकरमा लागेको आगो नियन्त्रणमा

वि.सं.२०८२ चैत १७ मंगलवार १७:२२

दुबई । संयुक्त अरब इमिरेट्सको दुबई नजिकै कुवेतको तेल बोकेको...

हरानमा दुई चरणको हवाई आक्रमण, केही स्थानमा ब्ल्याकआउट

हरानमा दुई चरणको हवाई आक्रमण, केही स्थानमा ब्ल्याकआउट

वि.सं.२०८२ चैत १६ सोमवार १२:००

आइतबार राति इरानको राजधानी तेहरानमा दुई चरणको हवाई आक्रमण भएको...

चीनले गर्यो लङ मार्च–२ डी रकेट प्रक्षेपण

चीनले गर्यो लङ मार्च–२ डी रकेट प्रक्षेपण

वि.सं.२०८२ चैत १२ बिहीवार १२:१९

चीनले बिहीबार लङ मार्च–२डी क्यारियर रकेट प्रक्षेपण गरेको छ ।...