back

यिनै हुन् १२ जना छात्रालाई बलात्कार गर्ने शिक्षक , सुनाइयो मृत्युदण्डको सजाय

काठमाडौं । इन्डोनेशियामा विद्यार्थी बलात्कार गर्ने शिक्षकलाई मृत्युदण्डको सजाय तोकिएको छ । हिजो (सोमबार) इन्डोनेशियाली अदालतले इस्लामिक स्कूलका एक शिक्षकलाई १२ जना छात्रामाथि बलात्कार गरेको भन्दै मृत्युदण्डको सजाय दिएको छ । यसअघि उनलाई आजीवन कारावासको सजाय सुनाइएको थियो ।

हेरी विरावनको यो मुद्दाले पूरा इन्डोनेशियालाई त्रस्त बनाएको थियो । देशको धार्मिक बोर्डिङ स्कूलमा बालिकालाई यौन हिंसाबाट जोगाउनका लागि बलियो कानुन आवश्यक भएको कुरामा धेरैले जोड दिएका थिए ।

फेब्रुअरीमा बान्डुङ सहरको अदालतले उनलाई जन्मकैदको सजाय सुनाएपछि मृत्युदण्डको माग गरेर अभियोजकहरुले पुनरावेदन दायर गरेका थिए ।

‘हामीले प्रतिवादीलाई मत्युदण्डको सजाय दिन्छौँ,’ बान्डुङको उच्च न्यायालयको वेबसाइटमा सोमबार प्रकाशित एक वक्तव्यमा न्यायाधिसले बताएका छन् ।

हेरीका वकिल इरा माम्बोले अदालतको पूर्ण फैसला हेर्नुपर्ने बताउँदै अपिल हुने, नहुनेबारे कुनै टिप्पणी गर्न अस्विकार गरिन् ।

स्थानीय अभियोजकको कार्यालयका प्रवक्ताले पनि टिप्पणी गर्नु अघि अन्तिम निर्णय पर्खने बताए ।

‘सन् २०१६ र २०२१ को बीचमा हेरीले १२ र १६ वर्षका १३ जना बालिकाले बलात्कार गरे जसमध्ये ८ जना गर्भवती भए,’ फेब्रुअरीमा एक न्यायाधिशले भने । बलात्कारका बेला कतिजनामाथि चोट समेत लागेको उनले जानकारी दिए ।

देशको बाल संरक्षण मन्त्री लगायत इन्डोनेसियाका अधिकारीहरूले पनि मृत्युदण्डको मागलाई समर्थन गरेका थिए, यद्यपि मृत्युदण्डको विरोध गर्ने राष्ट्रका मानव अधिकार आयोगले यो उपयुक्त नभएको बताएका थिए ।

इन्डोनेसिया, विश्वको सबैभन्दा ठूलो मुस्लिम बहुसंख्यक देश हो जहाँ हजारौं इस्लामिक बोर्डिङ स्कूलहरू र अन्य धार्मिक विद्यालयहरू छन् । यस्ता विद्यालयले प्रायः गरिब परिवारका बच्चाहरूलाई शिक्षा प्राप्त गर्ने एकमात्र माध्यम प्रदान गर्दछ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

इरानसँगको युद्ध अन्त्यको नजिक रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

इरानसँगको युद्ध अन्त्यको नजिक रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

वि.सं.२०८३ वैशाख २ बुधवार १०:१५

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्व अन्त्यको नजिक...

इरानद्वारा हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द, तेल ट्याङ्करहरू बीच बाटोबाटै फर्किए

इरानद्वारा हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द, तेल ट्याङ्करहरू बीच बाटोबाटै फर्किए

वि.सं.२०८२ चैत २६ बिहीवार ११:१२

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीच भएको युद्धविराम लगत्तै...

ईरान र अमेरिकाबीच इस्लामाबादमा वार्ता हुने

ईरान र अमेरिकाबीच इस्लामाबादमा वार्ता हुने

वि.सं.२०८२ चैत २५ बुधवार १०:३६

काठमाडौं । ईरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले युद्धविरामका सर्तहरूलाई अन्तिम...

दुबईमा कुवेती तेल ट्यांकरमा लागेको आगो नियन्त्रणमा

दुबईमा कुवेती तेल ट्यांकरमा लागेको आगो नियन्त्रणमा

वि.सं.२०८२ चैत १७ मंगलवार १७:२२

दुबई । संयुक्त अरब इमिरेट्सको दुबई नजिकै कुवेतको तेल बोकेको...

हरानमा दुई चरणको हवाई आक्रमण, केही स्थानमा ब्ल्याकआउट

हरानमा दुई चरणको हवाई आक्रमण, केही स्थानमा ब्ल्याकआउट

वि.सं.२०८२ चैत १६ सोमवार १२:००

आइतबार राति इरानको राजधानी तेहरानमा दुई चरणको हवाई आक्रमण भएको...

चीनले गर्यो लङ मार्च–२ डी रकेट प्रक्षेपण

चीनले गर्यो लङ मार्च–२ डी रकेट प्रक्षेपण

वि.सं.२०८२ चैत १२ बिहीवार १२:१९

चीनले बिहीबार लङ मार्च–२डी क्यारियर रकेट प्रक्षेपण गरेको छ ।...