back

श्रीलंकामा केन्द्रीय बैंकका गभर्नरले पनि दिए राजीनामा

काठमाडौं । आफ्नो सरकारका सबै मन्त्रीले राजीनामा दिएपछि श्रीलंकाका राष्ट्रपति गोटवाया राजापाक्षेले सबै दललाई सरकारमा आउन आग्रह गरेका छन्।

समाचार संस्था एएफपीका अनुसार राष्ट्रपति गोटवाया राजापाक्षेले आफ्नो राजीनामा मागिरहेका विपक्षी दलहरूलाई सोमबार सरकारमा आउन आग्रह गरेका हुन्। उनले सबै राजनीतिक दललाई एकजुट भएर राष्ट्रिय संकटको समाधान खोज्न समेत अनुरोध गरेका छन्। राजापाक्षेको यो आह्वानलाई विपक्षी दलले कसरी लिन्छन् भन्ने प्रष्ट हुन बाँकी छ।

यसैबीच श्रीलंकाको केन्द्रीय बैंकका गभर्नर अजित निर्बाद कबरालले सोमबार पदबाट राजीनामा दिएका छन्। सरकारका सबै मन्त्रीहरूले राजीनामा दिएको सन्दर्भमा आफूले पनि आज राष्ट्रपति राजापाक्षेलाई राजीनामा बुझाएको उनले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन्।

चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा राष्ट्रपति राजापाक्षेको सरकारमा रहेका सबै मन्त्रीहरूले राजीनामा दिएका थिए। आइतबार राति मन्त्रीहरूले प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई राजीनामा बुझाएका हुन्। शनिबार संकटकाल घोषणा भएपछि शनिबार बेलुकादेखि कर्फ्यू लगाइएको थियो। .

राजापाक्षे सरकारले श्रीलंकाको अर्थतन्त्रलाई राम्ररी चलाउन नसकेको भन्दै विपक्षी दल र प्रदर्शनकारीले नयाँ अन्तरिम सरकार बनाउनु पर्ने माग गरिरहेका छन्।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

इरानसँगको युद्ध अन्त्यको नजिक रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

इरानसँगको युद्ध अन्त्यको नजिक रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

वि.सं.२०८३ वैशाख २ बुधवार १०:१५

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्व अन्त्यको नजिक...

इरानद्वारा हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द, तेल ट्याङ्करहरू बीच बाटोबाटै फर्किए

इरानद्वारा हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द, तेल ट्याङ्करहरू बीच बाटोबाटै फर्किए

वि.सं.२०८२ चैत २६ बिहीवार ११:१२

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीच भएको युद्धविराम लगत्तै...

ईरान र अमेरिकाबीच इस्लामाबादमा वार्ता हुने

ईरान र अमेरिकाबीच इस्लामाबादमा वार्ता हुने

वि.सं.२०८२ चैत २५ बुधवार १०:३६

काठमाडौं । ईरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले युद्धविरामका सर्तहरूलाई अन्तिम...

दुबईमा कुवेती तेल ट्यांकरमा लागेको आगो नियन्त्रणमा

दुबईमा कुवेती तेल ट्यांकरमा लागेको आगो नियन्त्रणमा

वि.सं.२०८२ चैत १७ मंगलवार १७:२२

दुबई । संयुक्त अरब इमिरेट्सको दुबई नजिकै कुवेतको तेल बोकेको...

हरानमा दुई चरणको हवाई आक्रमण, केही स्थानमा ब्ल्याकआउट

हरानमा दुई चरणको हवाई आक्रमण, केही स्थानमा ब्ल्याकआउट

वि.सं.२०८२ चैत १६ सोमवार १२:००

आइतबार राति इरानको राजधानी तेहरानमा दुई चरणको हवाई आक्रमण भएको...

चीनले गर्यो लङ मार्च–२ डी रकेट प्रक्षेपण

चीनले गर्यो लङ मार्च–२ डी रकेट प्रक्षेपण

वि.सं.२०८२ चैत १२ बिहीवार १२:१९

चीनले बिहीबार लङ मार्च–२डी क्यारियर रकेट प्रक्षेपण गरेको छ ।...