back

राष्ट्रपतिद्धारा जारी अध्यादेशप्रति कांग्रेसको आपत्ति

nactional life

२१ वैशाख, काठमाडौँ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको अध्यादेशमा नेपाली कांग्रेसले असमर्थन जनाउँदै विरोध गरेको छ । काँग्रेसको पदाधिकारी तथा शीर्ष नेताहरुको मंगलबार बसेको बैठकले राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी विवादास्पद अध्यादेश समेत जारी गरिएको भन्दै कडा विरोध गरेको हो ।
बैठकपछि सहमहामन्त्री डा प्रकाश शरण महतले राष्ट्रपतिले संविधान र लोकतन्त्रको खिलाफमा हुने गरेर अध्यादेश जारी गरेको भन्दै आपत्ति जनाए । बैठकले सो अध्यादेश जारी गर्ने निर्णयको भत्सर्ना गरेको महतले बताए । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार नै सात वटा अध्यादेश जारी गरेकी थिइन् ।

जारी भएका अध्यादेशहरूमा विवादमा तानिएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पनि समावेश रहेको हो । चौँथो नम्बरमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (हिलो संशोधन) अध्यादेश, २०७८ समावेश गरिएको छ ।

यस्तै काँग्रेस सभापति शेरबहादुर देउवाले छुट्टै विज्ञप्ति समेत निकालेर संसदको बजेट अधिवेशन बोलाउन ढिला भैरहेको अवस्थामा संसदलाई छलेर प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएको भन्दै आपत्ति जनाएका छन् ।

अध्यादेश मार्फत् शासन चलाउने वर्तमान सरकारको कार्यशैली घोर आपत्तिजनक भएको उनको भनाइ छ ।

परिषद् सम्बन्धी अध्यादेश लगायत ७ वटा अध्यादेश ल्याउने सरकारको निर्णयको नेपाली कांग्रेस घोर भत्र्सना गर्दछ’, देउवाको विज्ञप्तिमा भनिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आर्थिक विशेष: दुई दशक पुरानो कम्पनी ऐन खारेज गरिँदै, डिजिटल युग र स्टार्टअप मैत्री ‘कम्पनी ऐन, २०८३’ ल्याउने तयारी

आर्थिक विशेष: दुई दशक पुरानो कम्पनी ऐन खारेज गरिँदै, डिजिटल युग र स्टार्टअप मैत्री ‘कम्पनी ऐन, २०८३’ ल्याउने तयारी

वि.सं.२०८३ जेठ १५ शुक्रवार १२:३१

काठमाडौँ। नेपाल सरकारले दुई दशकअघि तर्जुमा गरिएको पुरानो कम्पनी ऐन,...

नेपालमा वैदेशिक लगानीको बदलिँदो परिदृश्य: चीनको बर्चस्व र क्षेत्रगत आकर्षण

नेपालमा वैदेशिक लगानीको बदलिँदो परिदृश्य: चीनको बर्चस्व र क्षेत्रगत आकर्षण

वि.सं.२०८३ जेठ १४ बिहीवार १५:४९

काठमाडौं । नेपालको राष्ट्रिय अर्थतन्त्रमा वैदेशिक लगानी (FDI) आर्थिक विकास,...

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

वि.सं.२०८३ जेठ ११ सोमवार ००:१५

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका मालपोत कार्यालयहरूको...

दैलेखको पेट्रोलियम उत्खनन र कर्णालीको समृद्धिको ‘लाइफ लाइन’

दैलेखको पेट्रोलियम उत्खनन र कर्णालीको समृद्धिको ‘लाइफ लाइन’

वि.सं.२०८३ जेठ ६ बुधवार १५:४३

दैलेख। दैलेखको जलजले क्षेत्रमा जमिनमुनि लुकेको प्राकृतिक ग्यासको महाभण्डारले नेपालको...

विशेष रिपोर्ट : १० ठुला बैंकको ‘एक्स-रे’ रिपोर्टले हल्लियो शेयर बजार, लगानीकर्तामा ‘विश्वासको संकट’

विशेष रिपोर्ट : १० ठुला बैंकको ‘एक्स-रे’ रिपोर्टले हल्लियो शेयर बजार, लगानीकर्तामा ‘विश्वासको संकट’

वि.सं.२०८३ जेठ ५ मंगलवार २०:१३

काठमाडौँ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको १० वटा...