back

मेगा बैंकद्वरा देशव्यापी वित्तीय साक्षरता अभियान सञ्चालन

काठमाडौँ । मेगा बैंक नेपालले देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

‘ग्लोबल मनी वीक २०२२’ लाई सफल बनाउने उद्देश्यले मेगा बैंकले चैत ७ गतेदेखि १३ गतेसम्म सातै प्रदेशका विभिन्न शाखा कार्यालयहरुमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।

बैंकले प्रदेश नम्बर १, मधेश प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका तीन–तीन वटा शाखा तथा बागमती प्रदेशका चार वटा शाखा र गण्डकी प्रदेशका ६ वटा शाखा गरी बैंकका जम्मा २५ वटा शाखा कार्यालयहरुले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेका हुन् ।

‘ग्लोबल मनी वीक’ वित्तीय शिक्षाको महत्वका बारेमा जागरण ल्याउने उद्देश्यले वार्षिक रूपमा मनाइने एक साप्ताहिक अन्तर्राष्ट्रिय अभियान हो ।

किशोर किशोरी तथा युवावर्गको वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्नु यो सप्ताहव्यापी वित्तीय चेतनामूलक अभियानको मुख्य उद्देश्य रहेको छ ।

मेगा बैंकले नेपाल राष्ट्र बैंकले जारी गरेको वित्तीय साक्षरता मार्गदर्शन–२०७८ बमोजिम तोकिएका वर्गलाई लक्षित गरी एक सातासम्म यो देशव्यापी कार्यक्रम सञ्चालन गरेको थियो ।

डिजिटल बैंकिङ, वित्तीय स्रोत, वित्तीय कारोबार, व्यक्तिगत आय आर्जनको पहिचानका साथै आय आर्जनको उपयोगिता बढाउने लगायत अन्य वित्तीय जानकारीका सम्बन्धमा सचेत रही सुरक्षित आर्थिक भविष्यप्रति लक्षितवर्गलाई अभिप्रेरित गर्ने यो कार्यक्रमको उद्देश्य रहेको थियो ।

ग्लोबल मनी वीक २०२२ कै सन्दर्भमा आईतबार काठमाडौंमा आयोजना गरिएको ¥यालीमा समेत बैंकले सहभागिता जनाएको थियो ।

nactional life
Corporatebazar 11 Anniversary

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४१

काठमाडौं । गरिमा विकास बैंंक लिमिटेडलाई दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र...

देशभर ४२ वटा शाखा समायोजन गर्दै एनआईसी एशिया बैंक

देशभर ४२ वटा शाखा समायोजन गर्दै एनआईसी एशिया बैंक

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:३८

  काठमाडौं । एनआईसी एशिया बैंकले देशभर आफ्ना विभिन्न ४२...

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

वि.सं.२०८२ चैत ३० सोमवार १२:५८

काठमाडौं । लघुवित्त क्षेत्रमा अर्को ठूलो मर्जरको प्रक्रिया सुरु भएको...

ग्लोबल आइएमई बैंकले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

वि.सं.२०८२ चैत १७ मंगलवार १८:२३

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई...

परिपक्व बचतपत्रको साँवा-ब्याज तुरुन्त बुझ्न नेपाल राष्ट्र बैंककोआग्रह

परिपक्व बचतपत्रको साँवा-ब्याज तुरुन्त बुझ्न नेपाल राष्ट्र बैंककोआग्रह

वि.सं.२०८२ चैत १७ मंगलवार १०:५०

काठमाडौं । नेपाल राष्ट्र बैंकले परिपक्व भइसकेका बचतपत्रको साँवा तथा...

ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य, मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिने

ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य, मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिने

वि.सं.२०८२ चैत १० मंगलवार १८:१०

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र तिलगंगा आँखा प्रतिष्ठानबिच आर्थिक...