back

च्याउको अनुसन्धानका लागि नास्ट र मसरुम सीड नेपालबीच सम्झौता

काठमाडौँ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), खुमलटार, ललितपुर र मसरुम सीड नेपाल एण्ड रिसर्च सेन्टर प्रा.लि. भक्तपुरबीच एक सम्झौता भएको छ ।

च्याउको अध्ययन अनुसन्धानका लागि सोमबार नास्टमा आयोजित एक कार्यक्रमकाबीच नास्ट र मसरुम सीड नेपालबीच उक्त सम्झौता भएको हो ।

बहुमूल्य रैथाने जङ्गली च्याउहरूको मूल्य अभिबृद्धिकरण खेती प्रविधि विकास गर्ने र अन्य प्रमुख आयातित च्याउहरूको ठाउँ सुहाउदो सरलता तथा उन्नत खेती प्रविधिको विकास गरी च्याउ उत्पादकहरूमा हस्तान्तरण गर्ने उद्देश्यले नास्ट र मसरुम सीड नेपालबीच सहकार्य भएको मसरुम सीड नेपालका डाइरेक्टर आकाश वाडेले बताए ।

यसका साथै समग्र राष्ट्रिय च्याउ उद्योगलाई उपयोगी हुने अनुसन्धान तथा विकास कार्यलाई संयुक्त रूपमा अघि बढाउन सहमत भई सहकार्यका लागि समझदारी गरेको उनको भनाई छ ।सो सम्बन्धी समझदारी पत्रमा नास्टका विज्ञान सङ्कायका प्रमुख डा. कान्ति श्रेष्ठ र मसरुम सीड नेपालका आकाश वाडेले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौतापश्चात नेपालमा च्याउ सम्बन्धी अध्ययन अनुसन्धान गर्न थप जिम्मेवारी प्राप्त भएको महसुस भएको र उक्त सम्झौता हस्ताक्षर भएको मितिदेखि एक बर्षसम्म कायम रहने उनले बताए ।

सम्झौताअनुसार नास्टले च्याउसम्बन्धी प्राविधिक अनुसन्धानहरूमा नेतृत्वदायी भूमिका खेल्नेछ भने नास्टमा उपलब्ध स्रोत र साधान च्याउ अनुसन्धानका लागि उपलब्ध गराउने भएको छ ।

त्यस्तै, नास्टले च्याउ सम्बन्धी आवश्यक अन्य प्राविधिक सहयोग प्रदान गर्ने सम्झौतामा उल्लेख गरिएको छ भने फिल्डमा हुने अनुसन्धानहरूका लागि आवश्यक हुने स्थान, विजुली, पानी, जनशक्ति आदिको व्यवस्था मसरुम सीड नेपालले गर्ने भएको छ ।

नास्ट र मसरुम सीड नेपालद्वारा जारी संयुक्त विज्ञप्तिअनुसार फिल्डको तथ्याङ्क सङ्कलन तथा व्यवस्थापन गर्ने र च्याउसम्बन्धी तालिम, गोष्ठी मेलालगायत अन्य जनचेतनामूलक गतिविधिहरू सञ्चालन गर्ने जिम्मेवारी मसरुसम सीड नेपालले प्राप्त गरेको छ ।

परियोजना अवधिमा विविध बौद्धिक सम्पत्ति वा प्रकाशनमा दुवै पक्षको समान साझेदारी हुने बताइएको छ । परियोजनाको प्रभावकारी बार्षिक कार्ययोजना तथा कार्यतालिका विकास गर्न र योजनाअनुसार व्यवस्थित गर्न नाष्टका बरिष्ठ वैज्ञानिक अधिकृतको संयोजकत्वमा सदस्य रहने गरी मसरुम सीड नेपाल एण्ड रिसर्च सेन्टर प्रा.लि. भक्तपुरबाट २ जना रहने एक परियोजना अनुसन्धान टोली गठन गरिने विज्ञप्तिमा उल्लेख छ ।

nactional life
Corporatebazar 11 Anniversary

इन्धन र डलरको दोहोरो दबाब: भान्छा महँगिँदा तरकारीको मूल्य ३०० प्रतिशतसम्म वृद्धि

इन्धन र डलरको दोहोरो दबाब: भान्छा महँगिँदा तरकारीको मूल्य ३०० प्रतिशतसम्म वृद्धि

वि.सं.२०८३ वैशाख १३ आइतवार १८:४६

काठमाडौँ । नेपाली उपभोक्ताका लागि बितेको चैत महिना महँगीको निकै...

सहकारी ठगको सम्पत्ति जफत गरी बचत फिर्ता गरिने: ‘चक्रीय कोष’ मार्फत साना बचतकर्तालाई प्राथमिकता

सहकारी ठगको सम्पत्ति जफत गरी बचत फिर्ता गरिने: ‘चक्रीय कोष’ मार्फत साना बचतकर्तालाई प्राथमिकता

वि.सं.२०८३ वैशाख १३ आइतवार १६:४५

काठमाडौं । सहकारीको बचत अपचलन गरी फरार रहेका वा दायित्व...

प्रसूति हिंसा सम्बन्धि डरलाग्दो तथ्यांक सार्वजनिक

प्रसूति हिंसा सम्बन्धि डरलाग्दो तथ्यांक सार्वजनिक

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:१६

काठमाडौं । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनले सम्मानजक...

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:१२

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्...

बसपार्क उद्घाटन गर्न नगरपालिकामा सार्वजनिक बिदा

बसपार्क उद्घाटन गर्न नगरपालिकामा सार्वजनिक बिदा

वि.सं.२०८३ वैशाख ९ बुधवार ०९:०६

सुर्खेत । सल्यानको शारदा नगरपालिकाले बसपार्क उद्घाटन गर्ने भन्दै नगरपालिकाभर...

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

वि.सं.२०८३ वैशाख ९ बुधवार ०८:५६

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका...