back

दुर्गमका विद्यालयलाई मिर्मिरे लघुवित्तको आर्थिक तथा शैक्षिक सामग्री सहयोग

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले अछाम जिल्लाको चौरपाटी गाउँपालिका वडा नं. १ सिउडी बयालेमा रहेको दक्षिणकालिका आधारभूत विद्यालयमा सोमबार शैक्षिक सामग्रीहरु वितरण गरेको छ।

संस्थाको चौरपाटी शाखाले उक्त विद्यालयका कक्षा १ देखि ३ सम्मका सबै विद्यार्थीलाई झोला, कापी, कलमलगायत स्टेसनरी सामग्री सहयोग गरेको हो। सोही अवसरमा संस्थाले विद्यालयलाई नगद रु. ५० हजार पनि सहयोग गरेको छ।

त्यसैगरी संस्थाले सोमबार नै चौरपाटी गाउँपालिका वडा नं.२ सोकटस्थित गौरीशंकर आधारभूत विद्यालयमा कक्षा १ देखि ३ सम्मका ८६ जना बिद्यार्र्थीहरुलाई पनि झोला, कापी, कलम लगायत सामग्री र विद्यालयलाई नगद रु. १ लाख सहयोग गरेको छ।

संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विकट स्थानमा रहेका विद्यालयमा अध्यनरत बालबालिकालाई उत्प्रेरणा तथा शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यका साथ संस्थाका सञ्चालक समिति अध्यक्ष टेकबहादुर बोहरा तथा स्थानीय अगुवा समाजसेवी जयबहादुर साउदले उक्त सहयोग सामग्री सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा विद्यार्थी, अभिभावक, स्थानीय बुद्धिजीवीका साथै संस्थाका नायब कार्यकारी प्रमुख राजेन्द्रप्रसाद न्यौपाने, सुदूरपश्चिम प्रादेशिक कार्यालय प्रमुख स्वयम्भू श्रेष्ठ, अमरगढी उपप्रादेशिक कार्यालय प्रमुख तेजबहादुर खत्री र चौरपाटी शाखाका शाखा प्रबन्धक कटकबहादुर शाहलगायत कर्मचारीको उपस्थिति थियो।

nactional life
Corporatebazar 11 Anniversary

उपकार लघुवित्तको साधारण सभा आह्वान: हकप्रद शेयर र मर्जर मुख्य एजेन्डा

उपकार लघुवित्तको साधारण सभा आह्वान: हकप्रद शेयर र मर्जर मुख्य एजेन्डा

वि.सं.२०८३ वैशाख १७ बिहीवार १३:४६

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद शेयर निष्काशनको...

फरवार्ड माइक्रोफाइनान्सले लाभांश वितरण नगर्ने

फरवार्ड माइक्रोफाइनान्सले लाभांश वितरण नगर्ने

वि.सं.२०८२ फागुन २५ सोमवार ११:२१

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुलाई लाभांश...

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा

वि.सं.२०८२ माघ २५ आइतवार १२:२७

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आजदेखि संस्थापक शेयर...

हिमालयन लघुवित्तको लाभांश घोषणा, नगद र बाेनस कति ?

हिमालयन लघुवित्तको लाभांश घोषणा, नगद र बाेनस कति ?

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १३:४४

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट...

आरम्भ चौतारी लघुवित्तले शेयरधनीलाई लाभांश नदिने

आरम्भ चौतारी लघुवित्तले शेयरधनीलाई लाभांश नदिने

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १३:४१

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले यस वर्ष लाभांश...

आशा लघुवित्तको शेयरमूल्य समायोजन

आशा लघुवित्तको शेयरमूल्य समायोजन

वि.सं.२०८२ मंसिर २२ सोमवार १०:२१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आशा लघुवित्त वित्तीय संस्था...