back

इसेवा वालेटबाट इसेवा मनी ट्रान्सफरमार्फत देशभरी नि:शुल्क रेमिट्यान्स पठाउन सकिने

काठमाडौं । रेमिट कम्पनी इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा उपभोग गर्दै अब इसेवाबाट शून्य शुल्कमा नेपालभरी आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने भएको छ।

यो सुविधा मार्च १, २०२२ बाट प्रारम्भ भएर मे ३१, २०२२ सम्म ३ महिनासम्म चालू रहने कम्पनीले जनाएको छ। इसेवा वालेटका प्राकृतिक प्रयोगकर्ताले इसेवा मनी ट्रान्सफर मार्फत आफ्ना आफन्त तथा इष्टमित्रलाई पठाएको आन्तरिक रेमिट्यान्स, नेपालभरी रहेका १० हजार बढी भुक्तानी केन्द्र तथा ५ हजार बढी इसेवाका एजेन्ट मार्फत तुरुन्तै पाउने व्यक्तिको हातसम्म पुग्नेछ।

हालसालै नपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषणको कारोबारमा प्रति व्यक्ति, प्रति कारोबार, प्रति दिन रु। २५ हजार सम्मको मात्र कारोबार गर्न मिल्ने व्यवस्था गरे सँगै आन्तरिक डिजिटल रेमिट्यान्स कारोबारलाई प्रोत्साहन गर्न यस ‘शून्य शुल्कमा रेमिट्यान्स’ सेवाले निकै ठूलो टेवा पुर्याउने अपेक्षा गरिएको छ।

त्यस्तै, यस ३ महिने शून्य शुल्कमा रेमिट्यान्स सेवा अवधिका दौरान, ईसेवाइसेवाले ३ महिनासम्म हरेक महिना १ जना विजेतालाई एउटा रेडमी आई मार्ट फोन दिने योजना समेत ल्याएको छ।

त्यसका लागि, इसेवा वालेट प्रयोगकर्ताले इसेवा एपको रेमिट्यान्स आइकोनमा क्लिक गरि इसेवा मनी ट्रान्सफरमा गइ तोकिएको विवरण पुरा गरी रेमिट्यान्स पठाउनुपर्ने हुन्छ।

इसेवाले नेपालका सुविधा सम्पन्न देखि दुरदराज विकट क्षेत्रहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै सहजता ल्याएको छ।

इसेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ।

इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१४

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...