back

नारी दिवसको अवसरमा नबिल बैंकको ‘नबिल एफडी कार्ड’ योजना सुरु

काठमाडौं । नबिल बैंकले क्रेडिट कार्ड अन्तर्गत नबिल एफडी कार्ड (नबिल फिक्सड डिपोजिट कार्ड) योजना सुरु गरेको छ । जस अन्तर्गत बैंकका मुद्दती निक्षेप (फिक्सड् डिपोजिट) ग्राहकहरुलाई क्रेडिट कार्ड सुविधा प्रदान हुनेछ ।

नबिल एफडी कार्ड नबिल बैंकमा मुद्दती निक्षेप खाता भएका सामान्यतया वित्तीय अनुशासन भएका तर नियमित आम्दानी नहुने गृहिणी, अवकाश प्राप्त व्यक्ति र विश्वविद्यालयका विद्यार्थीलाई वित्तीय सेवा प्रदान गर्नका लागि सुरु गरिएको हो ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नबिल बैंकले मार्च २०२२ मा कार्डका लागि आवेदन (अप्लाई) गर्ने ग्राहकहरुका लागि निःशुल्क नबिल एफडी कार्ड प्रदान गर्दैछ । प्रयोगकर्ताले यो कार्ड पिओएस वा एटिएममा आफ्नो सहजता अनुसार प्रयोग गर्न सक्नेछन् । यसका साथै समान मासिक किस्तामा साइकल, गहना, मोबाइल फोन र ल्यापटप जस्ता बस्तुहरु खरीद गर्नका लागिसमेत कार्डको प्रयोग गर्न सकिनेछ ।

नबिल एफडी कार्ड योजनाले मुद्दती निक्षेप खातावाल/ग्राहकहरुलाई आफ्ना नजिकका परिवारका सदस्यहरुका लागिसमेत एकभन्दा बढी क्रेडिट कार्ड प्राप्त गर्न मिल्ने विकल्प/सुबिधा प्रदान गरेको छ । यस योजना अन्तर्गत रु.२ लाख प्रतिकार्ड सीमा तोकिएको र मुद्धती निक्षेपको ८० प्रतिशतसम्म कार्ड सीमा प्राप्त गर्न सकिनेछ ।

यो मुद्धती निक्षेप (फिक्सड डिपोजिट) र क्रेडिट कार्डको अद्भूत विशेषतासहितको सुविधा रहेको र यसमा ग्राहकले आफूले चाहेको बस्तुको मजा लिंदै मुद्दती निक्षेपमा ११.०३% का दरले लोभलाग्दो ब्याजसमेत आर्जन गर्न सक्नेछन् । यस्ता किसिमको योजनाले ग्राहकलाई अझ राम्रो वित्तीय निर्णय लिन सक्षम बनाउनेछ भन्ने नबिल बैंकले विश्वास लिएको छ ।

nactional life
Corporatebazar 11 Anniversary

नेपाल बीमा प्राधिकरणको कारवाहीमा ६ बीमा कम्पनी, कुन कुन परे कारवाहीमा  ?

नेपाल बीमा प्राधिकरणको कारवाहीमा ६ बीमा कम्पनी, कुन कुन परे कारवाहीमा ?

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:५६

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ६ बीमा कम्पनीहरुलाई २र२ लाख...

एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ४० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ४० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:५३

काठमाडौं। एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तमु धिं...

राष्ट्रिय वाणिज्य बैंकद्वारा उदय परियोजना अन्तर्गत कोशी प्रदेशमा साना तथा मझौला उद्यम कर्जा लगानी गरिने

राष्ट्रिय वाणिज्य बैंकद्वारा उदय परियोजना अन्तर्गत कोशी प्रदेशमा साना तथा मझौला उद्यम कर्जा लगानी गरिने

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:५०

काठमाडौं। साना तथा मझौला कर्जा लगानी लाई प्रोत्साहन गर्ने उद्धेश्यले...

कामना सेवा विकास बैंकद्वारा शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क भोजन वितरण

कामना सेवा विकास बैंकद्वारा शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क भोजन वितरण

वि.सं.२०८३ जेठ ६ बुधवार १८:३३

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

पुन: बैंक फर्किए एनआईएमबीका सीईओ ज्योति पाण्डे

पुन: बैंक फर्किए एनआईएमबीका सीईओ ज्योति पाण्डे

वि.सं.२०८३ जेठ ६ बुधवार १८:३१

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्यकारी अधिकृत (सीईओ) ज्योति...

बैकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक

बैकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक

वि.सं.२०८३ जेठ ६ बुधवार १३:२०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीमा देखिएको अधिक...