रेमिट्यान्समा राष्ट्र बैंकको कडाई : अब एक दिनमा २५ हजार रुपैयाँ मात्रै कारोबार गर्न पाउने
वि.सं.२०७८ फागुन १९ बिहीवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्समा कडाई गरेको छ । बैंकले बुधबार एक परिपत्र जारी गर्दै आन्तरि।क रेमिट्यान्समा कडाई गरेको हो ।
राष्ट्र बैंकका अनुसार अब एक दिनमा बढीमा २५ हजार रुपैयाँ मात्रै एक ठाउँबाट अर्काे ठाउँ पठाउन सकिनेछ । राष्ट्र बैंकका अनुसार इजाजत प्राप्त बिप्रेषण कम्पनी तथा उक्त कम्पनीका सब–एजेन्ट वा सव– रिप्रिजेन्टेटिभहरुले स्वदेशमा आन्तरिक विप्रेषणको कारोबार गर्दा प्रति व्यक्ति, प्रति कोरोबार, प्रति दिन अधिकतम २५ हजार रुपैयाँ कायम गरिएको छ । यसअघि एक दिनमा एक ठाउँबाट अर्काे ठाउँमा कारोबार गर्दा बढीमा १ लाख रुपैयाँसम्म रहेको थियो ।
विदेशबाट नेपालमा रहेका सम्बन्धित व्यक्ति वा आफन्त (वेनिफिसियरी) लाई पठाएको विप्रेषण रकम नगदमै भुक्तानी गर्न सकिने सीमा भने यथावत नै रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित समय : १४:१७ बजे





















