back

मुक्तिनाथ फाउन्डेसन औपचारिक रुपमा सञ्चालनमा, यस्ता छन् उद्देश्य र लक्ष्य

काठमाण्डौ । मुक्तिनाथ फाउन्डेसनको आज एक कार्यक्रमबीच औपचारिक रुपमा शुभारम्भ गरिएको छ।

मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ कृषि कम्पनी र यस समूहसँग सम्बन्धित व्यक्तिहरुको अगुवाइमा मुक्तिनाथ फाउन्डेसन गत असोज १ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको थियो। सोही संस्थाको आज राजधानीमा आयोजित एक कार्यक्रमबीच औपचारिक रुपमा शुभारम्भ गरिएको हो।

सामाजिक तथा आर्थिक रुपले पछाडि परेका व्यक्ति तथा समुदायलाई सहयोग तथा सहजीकरण गरी उनीहरुको जीवनस्तर उकास्ने मूल उद्देश्य यो संस्थाको रहेको छ। यस संस्थाले समाजका सबै वर्ग र समुदायका मानिसहरुलाई आफ्ना कार्यक्रमहरुका माध्यमबाट लक्षित गर्नेछ। यसका साथै उनीहरुको आवश्यकतानुसार सहजीकरण र सेवाका कार्यक्रम सञ्चालन गर्नेछ।

बेरोजगारीको चपेटामा परेका युवावर्गका लागि रोजगारी सिर्जना गर्ने र रोजगारीका अवसरमा सहज पहुँच पुर्याउने संस्थाको मुख्य अवधारणा रहेको छ। यसका अतिरिक्त लक्षिण वर्गलाई उपयोगी हुने सामाजिक तथा आर्थिक विकासका कार्यक्रमलाई प्राथमिकता दिने संस्थाको मूल ध्येय रहेको छ।

संस्थाले राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, कृषि, सूचना तथा सञ्चार, कृषि, स्वास्थ्य, नागरिक समाज, कानुनी, अन्तर्राष्ट्रिय सम्बन्ध, वातावरण, व्यवस्थापकीय, प्राविधिक र दिगो विकास लक्ष्यजस्ता आयामहरुको परिधिमा रहेर काम गर्नेछ।

मुलुकको सर्वाङ्गिण विकासका लागि राज्यले तीनखम्बे आर्थिक नीति अवलम्बन गरेको छ। यिनै खम्बाहरुलाई संस्थाले प्रवर्द्धन गर्नेछ।

संस्थाले लक्षित वर्ग केन्द्रित जीवनस्तर उकास्ने कार्यक्रमहरु सञ्चालन गर्नेछ। व्यावसायिक शिक्षा तथा गुणस्तरीय स्वास्थ्य सेवाजस्ता आधारभूत सेवाहरुमा सबैको पहुँच पुर्याउन सहजीकरण गर्नेछ। स्वास्थ्य खानपानका लागि चेतनामूलक कार्यहरु गर्नेछ। समाजको आर्थिक तथा सामाजिक विकासका लागि आवश्यक प्रशिक्षण कार्यक्रमहरु संस्थाले गर्नेछ।

विभिन्न किसिमका दिवा सेवा केन्द्र, स्याहार केन्द्र, ज्येष्ठ नागरिक आश्रम, मिलन केन्द्रहरु सञ्चालन गर्न पनि संस्थाले पहल गर्नेछ।

सदस्यता शुल्क र सदस्यहरुबाट गरिने योगदान संस्थाको मुख्य आर्थिक स्रोत हुनेछ। आफ्ना सदस्यहरुलाई वार्षिक रुपमा निरन्तर योगदान गर्न संस्थाले प्रेरित गर्नेछ। यसका अलावा संस्थाले बैंक तथा वित्तीय संस्थाहरुबाट संस्थागत सामाजिक उत्तरदायित्वका प्रावधानहरुमा समन्वय गरी आर्थिक स्रोत संकलन गर्ने प्रयास गर्नेछ।

संस्थाले लक्षित समुदायमा सदस्यता विस्तार गर्नेछ। सदस्यतालाई व्यापकता दिने लक्ष्य संस्थाले राखेको छ। केन्द्रलगायत प्रदेश र स्थानीय तहमा सदस्यता तथा सञ्जाल विस्तार गर्नेछ।

प्रारम्भमा बागमती र गण्डकी प्रदेशबाट कार्य प्रारम्भ गरी संस्थाले अबको ५ वर्षमा सातै प्रदेशमा १० वर्षमा ७७ जिल्लामा सञ्जाल विस्तार गर्ने लक्ष्य राखेको छ।

संस्थाको प्रथम सञ्चालक समितिमा भरतराज ढकाल, सीताराम काफ्ले, तुलसीराम ढकाल, नारायणकुमार श्रेष्ठ, रामप्रसाद पोखरेल, विमलकुमार निरौला र निशा बस्नेत छन्।

संस्थाको प्रदेशमा प्रदेशस्तरको कार्यकारी समिति र कार्यालय रहनेछ। जिल्लामा पनि जिल्लास्तरीय समिति र कार्यालय रहने संस्थाले जनाएको छ। वडा र गाउँ–नगरमा पनि आवश्यकतानुसार सञ्जाल विस्तार गरिने संस्थाको योजना छ।

nactional life
Corporatebazar 11 Anniversary

प्रत्यक्ष विदेशी लगानीमा गिरावट: प्रतिबद्धता ४१ अर्ब पुग्दा वास्तविक लगानी भने १० अर्ब मात्र

प्रत्यक्ष विदेशी लगानीमा गिरावट: प्रतिबद्धता ४१ अर्ब पुग्दा वास्तविक लगानी भने १० अर्ब मात्र

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:०५

काठमाडौँ । सरकारले विदेशी लगानी आकर्षित गर्न 'अटोमेटिक रुट' (स्वचालित...

स्रोतको संकुचन र जनताको उच्च आकांक्षाबीच नयाँ बजेटको तयारी: सिलिङ १८ खर्ब ९० अर्ब

स्रोतको संकुचन र जनताको उच्च आकांक्षाबीच नयाँ बजेटको तयारी: सिलिङ १८ खर्ब ९० अर्ब

वि.सं.२०८३ वैशाख ८ मंगलवार १०:३०

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १८...

३९ सुरक्षा विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स : नक्कली बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिने

३९ सुरक्षा विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स : नक्कली बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिने

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३५

काठमाडौं । सरकारले हालै सुरक्षण मुद्रण केन्द्रमार्फत छपाइ गरिरहेको नयाँ...

अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल

अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विषयगत मन्त्रालयका मन्त्री र...

नौ महिनामा साढे १० अर्बको अलैँची निर्यात

नौ महिनामा साढे १० अर्बको अलैँची निर्यात

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:२२

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८२÷८३ को नौ महिना...

निर्यात २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

निर्यात २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:१६

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...