नेप्सेमा दोहोरो अंकको सुधार, साढे चार अर्बको कारोबार
वि.सं.२०७८ मंसिर २० सोमवार
काठमाडौँ । साताको दोस्रो कारोबार दिन आज सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । यो दिन नेप्से ३२.२२ अंकले बढेर २५४६.०९ बिन्दूमा कायम भएको हो ।
आज १५७ कम्पनीको सेयरमूल्य बढेको छ भने २५ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । यो दिन मेरो माईक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । सर्किट लागेसँगै कम्पनीको सेयर मूल्य एक सय पाँच रुपैयाँले बढेर एक हजार एक सय सन्ताउन्न कायम भएको छ ।
आज कारोबारमा आएका १५७ कम्पनीसहित २२७ स्क्रिप्टको ९४ लाख ७१ हजार तीन सय ११ कम्पनीको ४ अर्ब ५४ करोड २३ लाख बराबरको कारोबार भएको छ ।
प्रकाशित समय : १६:१८ बजे





















