कुमारी बैंकको फोनलोन भुक्तानी अवधि लम्बीयो, बर्षभरीमा तिर्न सकिने
वि.सं.२०७८ मंसिर २० सोमवार
काठमाडौँ । कुमारी बैंकले लिमिटेडको फोनलोन कर्जा बढीमा एक वर्ष अवधिभरमा तिर्न सकिने भएको छ । बैंकले ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै एफ वान सफ्ट प्राइभेट लिमिटेड सँगको सहकार्यमा इ.एम.आई मा फोनलोन भुक्तानी गर्न सकिने व्यावस्था गरेको हो ।
बैंकले आफ्नो बैंकका तलब खाता भएका ग्राहकका लागि गत वर्षदेखि फोनलोन सुविधा लिएको थियो । यसमा अहिलसम्मको लागि कर्जा लिएको एक महिनामै उक्त लोन भुक्तानी गर्नुपर्ने हुन्थ्यो अब भने बढीमा एकवर्षसम्ममा उक्त लोन भुक्तानी गर्न सकिने भएको हो ।
अब ग्राहकहरुले आफ्नो आयस्रोतको आधारमा १,३,६,९ र १२ महिना मध्ये कुनै एक अवधी छनोट गरी ऋण चुक्ता गर्न सक्ने भएका छन् ।
सानातिना व्यक्तिगत आकस्मिक खर्चहरु पूर्ती गर्न बैंकमा तलब खाता भउका ग्रँहकवर्गलाई सहज हुने धारणा बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत राम चन्द्र खनालले बताए । उनले भने “फोन लोन सञ्चालनमा आएदेखि अहिलेसम्म अर्थात यो एक वर्ष ग्राहले लिएको ऋण एक महिनामै चुक्ता गर्नुपर्थ्यो अब भने आम्दानी स्रोतको आधारमा एक वर्षसम्म तिर्न सक्नेछन् । यसले गर्दा ग्राहकलाई पहिलो एक महिनामै ऋण तिर्नुपर्ने बाध्यात्मक अवस्था आउँदैन उनीहरुले आफ्नो आम्दानीबाट केही प्रतिशत हिस्सा बचाएर पछिल्लो महिना भुक्तानी गर्न सक्छन् ।”
साथै यस अतिरिक्त उक्त योजना अन्तर्गत फोनपे नेटवर्कमा आबद्ध विभिन्न मर्चेन्ट आउटलेटमा उपभोग्य वस्तु खरिद गर्दा तथा सेवासुविद्या उपभोग गर्दा क्याु आर स्क्यान गरी सो को ‘बाई नाव, पे लेटर’ अवधारणामा किस्ताबन्दीमा भुक्तानी गर्न सकिनेछ ।
कुमारी बैंकले हाल १९६ शाखा संजाल, १७७ एटिएम, ३६ शाखारहित बैंकिंङ्ग इकाई तथा १४ एक्टेन्सन काउन्टर मार्फत सेवा दिँदै आएको छ ।
प्रकाशित समय : १३:३९ बजे





















