back

एनआईसी एशिया लघुवित्तको २ दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले नवलपुर (सुस्ता पुर्व) जिल्लाको विनयी त्रिवेणी गाँउपालिका ४ सर्दि र विनय त्रिवेणी गाँउपालिका २ दुम्कीवामा छुट्टाछुट्टै २ दिन वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

एनआईसी एशिया लघुवित्त केन्द्रीय कार्यालयको कर्पोरेट कम्युनिकेसन तथा ब्रान्डीङ अफिसर बिकल काफ्ले, गण्डकी प्रदेश कर्जा असुली अधिकृत सुमन जोशी, गण्डकी उप–प्रदेशीक कर्जा असुली प्रमुख टेकेन्द्र चौधरी, सर्दि शाखा प्रबन्धक चन्द्रकान्त शर्मा, दुम्कीबास शाखा प्रबन्धक बिन्दु गौत्तम लगायतको उपस्थितिमा भएको छुटाछुटै कार्यक्रममा कारिब १८० जना सेवाग्राही सदस्यहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा लघुवित्तको आवश्यकता, सामूहिक जवानिको महत्तव, बचत, कर्जा, खर्च व्यवस्थापन, उद्यमशीलता, पैसाको महत्व, वित्तीय साक्षरताको महत्व, कर्जा सदुपयोगिता, सफलताका कथा, कर्जा कारोबार गर्दा ध्यान दिनु पर्ने कुराहरु, वीमा, संस्थामा आबद्ध हुँदा पाइने सुबिधा, समयमा किस्ता भुक्तानी नगर्दा हुने कानुनी कारबाही लगाएतको विषयमा अन्तक्रियात्मक ढङ्गले भिडियो तथा दुश्य सामाग्री प्रस्तुत गरिएको थियो ।

संस्थाले आर्थिक र सामाजिक शसक्तीकरणको विषयलाई मध्य नजर गर्दै वित्तीय साक्षरता सँगसँगै नेपाल प्रहरीसँगको सहकार्यमा लैङ्गिक हिंसा, लागुपदार्थ दुर्व्यसनी, समाजमा घट्ने सामाजिक अपराध सम्बन्धित दण्ड तथा सजाय बारेमा समुदाय प्रहरी साझेदारी कार्यक्रम समेत आयोजना गरेको थियो ।

दुबै कार्यक्रमको सहजिकरणको क्रममा सहजिकरण गदै कर्पोरट कम्युनिकेसन तथा ब्रान्डीङ् अफिसर बिकल काफ्लेले मिटर व्याज, ढिकुटी जस्ता गैरकानुनी बित्तीय कारोवार नगर्न अनुरोध गर्दै, कर्जा सदुपयोगिता, आम्दानी भन्दा कम खर्च गर्ने बानिको बिकास गर्न, उद्यमशीलताको विकास गरी स्वउद्यम सञ्चालन गर्न, हातमा सिप नभई बैदेशिक रोजगारमा नजान र नेपाल राष्ट्र बैंक तथा अन्य नियमन निकायबाट वित्तीय कारोबार गर्न इजाजत प्राप्त संस्थाहरुबाट मात्र आर्थिक कारोबार गर्न अनुरोध गरेका थिए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:३३

काठमाडौं । विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले...

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...