back

लक्ष्मी बैंकले ल्यायो डिजिटल डिसेम्बरको तेस्रो संस्करण, डिजिटल बैंकिङ प्रवर्द्धन मुख्य उद्देश्य

काठमाडौँ । बैंकिङ क्षेत्रमा प्राविधिक तहमा अग्रणी रुपमा रहेको लक्ष्मी बैंकले आफ्ना ग्राहकलाई सधैँ डिजिटल बैंकिङ प्रयोग गर्न प्रोत्साहन गर्ने गरेको छ।

त्यसै क्रममा लक्ष्मी बैंकले आफ्नो वार्षिक योजना डिजिटल डिसेम्बरको तेस्रो संस्करण लिएर आएको छ। ३म्ष्नष्तबम्भिअझदभच नाम गरिएको सो योजनाले विभिन्न पुरस्कार र छुटहरुको माध्यमद्वारा ग्राहकलाई डिजिटल बैंकिङ प्रविधिहरुको प्रयोग गर्न प्रोत्साहन गर्दछ। यो एकमहिने अभियानको उद्देश्य ग्राहकलाई बैंकको डिजिटल बैंकिङ सेवाहरुमा दर्ता तथा सक्रिय गराई तिनको प्रयोग गर्न आकर्षित गर्नु हो।

डिजिटल डिसेम्बरको यस संस्करण क्यूआर भुक्तानीको प्रवर्द्धन गर्नमा केन्द्रित छ र लक्कीड्रद्वारा आफ्ना ग्राहकलाई क्यूआर भुक्तानी गर्न र व्यवसायीहरुलाई क्यूआरबाट लेनदेन गर्न प्रोत्साहन गर्दछ। यस योजनाअन्तर्गत डिजिटल डिसेम्बरभरि हरेक हप्ता ३ भाग्यशाली क्यूआर व्यवसायीहरुले रु। ५ हजार नगद पुरस्कार जित्न सक्नेछन् भने प्रत्येक दिन ५ जना भाग्यशाली क्यूआर भुक्तानी गर्ने ग्राहकले रु। ५०० सम्मको ५०५ क्यासब्याक जित्न सक्नेछन्।

यसका साथै यस योजनाको अवधिभरि मोबाइल मनीका नयाँ प्रयोगकर्ताले मोबाइल मनीमार्फत रु। १ हजारभन्दा बढीको कुनै पनि कारोबार गर्ने ग्राहकमध्ये ५०० जना भाग्यशाली ग्राहकले डिसेम्बर महिनाको अन्त्यमा रु। ५०० क्यासब्याक पाउन सक्नेछन्। यसका साथसाथै डिजिटल कारोबारलाई थप प्रोत्साहन गर्न डिजिटल डिसेम्बर महिनाभरि मोबाइल मनी सब्स्क्राइब गर्ने सबैले एक महिना सो सेवा निःशुल्क पाउन सक्नेछन्।

डिजिटल डिसेम्बरको यो संस्करण सुरु भइसकेको छ। लक्ष्मी बैंकले यसअन्तर्गतका पुरस्कारका योजनाहरु यसै सातादेखि सार्वजनिक गर्दै जानेछ। थप जानकारीका लागी लक्ष्मी बैंकको सामाजिक सञ्जालहरु हेर्न सकिनेछ भने लक्ष्मी बैंकको भाइबर कम्युनिटीमा सामेल हुन सकिनेछ।

nactional life
Corporatebazar 11 Anniversary

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४१

काठमाडौं । गरिमा विकास बैंंक लिमिटेडलाई दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र...

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

वि.सं.२०८३ वैशाख ९ बुधवार १६:१८

काठमाडौँ । विश्व इतिहासमा स्टिम इन्जिन र कम्बस्चन इन्जिनले शक्ति...

किसानलाई सिधै बजारसँग जोड्ने सरकारको योजना: थोक बजारमा १० प्रतिशत र हाटबजारमा ५०प्रतिशत ‘किसान सेड’ अनिवार्य

किसानलाई सिधै बजारसँग जोड्ने सरकारको योजना: थोक बजारमा १० प्रतिशत र हाटबजारमा ५०प्रतिशत ‘किसान सेड’ अनिवार्य

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:०१

काठमाडौँ । कृषि क्षेत्रमा व्याप्त बिचौलिया संयन्त्रलाई निरुत्साहित गर्दै वास्तविक...

बजारमा देखिन थाल्यो महँगीको ‘सुनामी’: इन्धनदेखि भान्छासम्म चौतर्फी मार

बजारमा देखिन थाल्यो महँगीको ‘सुनामी’: इन्धनदेखि भान्छासम्म चौतर्फी मार

वि.सं.२०८३ वैशाख ८ मंगलवार २१:१६

काठमाडौँ । अन्तर्राष्ट्रिय भू-राजनीतिक तनाव र पेट्रोलियम पदार्थको अनियन्त्रित मूल्यवृद्धिको...

प्रत्यक्ष विदेशी लगानीमा गिरावट: प्रतिबद्धता ४१ अर्ब पुग्दा वास्तविक लगानी भने १० अर्ब मात्र

प्रत्यक्ष विदेशी लगानीमा गिरावट: प्रतिबद्धता ४१ अर्ब पुग्दा वास्तविक लगानी भने १० अर्ब मात्र

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:०५

काठमाडौँ । सरकारले विदेशी लगानी आकर्षित गर्न 'अटोमेटिक रुट' (स्वचालित...

स्रोतको संकुचन र जनताको उच्च आकांक्षाबीच नयाँ बजेटको तयारी: सिलिङ १८ खर्ब ९० अर्ब

स्रोतको संकुचन र जनताको उच्च आकांक्षाबीच नयाँ बजेटको तयारी: सिलिङ १८ खर्ब ९० अर्ब

वि.सं.२०८३ वैशाख ८ मंगलवार १०:३०

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १८...