back

मोडलिङको लागि ‘शारीरिक बनावट’ भन्दा बढी आकर्षक ‘व्यक्तित्व’ हुनुपर्छ: सिईओ बानु

उद्यमीको कथा...

मोडलिङको लागि केवल ‘शरीर’ मात्र नभई ‘व्यत्तित्व’ पनि उत्तिकै आकर्षक बनाउनुपर्नेमा जोड दिन्छिन्, ओशिमा बानु !
ओशिमा बानु एक स्थापित मोडल उत्पानदकर्ता हुन भने उनी आफै मोडलिङ पनि गरिसकेकी छिन् ।
आउस अफ फेसन नेपालकी संस्थापक तथा सिईओ बानुले लामो समयदेखि कला, फेसन, मोडेल, अभिनेतायुक्त व्यत्तित्वलाई प्रवद्धन तथा स्थापित गर्दै आएकी छिन् ।

सिईओ बानुले सन् २०१२ देखि “हाउस अफ फेसन नेपाल” सञ्चालन गर्दै आएकी हुन् । स्थापनाकालदेखि अहिलेसम्म हाउस अफ फेसन नेपालले जन्माएका धेरै व्यक्तिहरु नेपाली कला, सिने तथा मोडलिङ जगतमा स्थापित भईसकेका छन् ।

नेपाली मोडलिङ उद्योगमा प्रख्यात अभिनेता आयुष्मान देशराज जोशी, आकाश श्रेष्ठ, रितेश राज गुरुङ, सलिन मान् बानिया तथा अभिनेत्री रुबिना थापा, नीति शाह, ज्योत्स्ना योगी पनि हाउस अफ फेसन नेपालका उत्पादन हुन् भन्दा फरक पर्दैन ।

पछिल्लो समय आम स्रोताहरुले नेपाली मोडलिङ तथा फेसन क्षेत्र भनेको चटक्क मिलेको शरिर तथा आकर्षक चेहरा भएकोहरुका लागि मात्रै हो भन्ने भान बोकेको कारण हाउस अफ फेसन नेपालले यस भ्रमलाई चिर्दै आएको छ । यसले मोडलिङ केवल ‘शरीर’ को बारेमा मात्रै नभई ‘व्यत्तित्व’ मा विस्वास गर्दछ ।

काठमाडौँको सोह्रखुट्टेमा जन्मिएकी बानु सानैदेखि हरेक क्षेत्रमा उत्तिकै रुचि लाग्ने बताउँछिन् । प्लस टू को पढाई गर्दा गर्दै उनी सन् २०११ मा पहिलो पटक मोडलिङ क्षेत्रमा प्रवेश गर्ने अवसर पाईन, २०१५ मा पुग्दा रोमियो फिल्म सम्पन्न गरि सकेकी छिन् ।

अवसर भन्दा पनि यो उनको मेहनतको फल हो । त्यहाँसम्म पुग्नको लागि उनलाइ सामान्य व्यक्तिले भन्दा धेरै नै परिश्रम गर्न प¥यो, किनभने उनलाई मोडलिङ क्षेत्रको लागि पारिवारिक तथा आफन्तिको सपोर्ट त परैको कुरा हो बाधा मात्रै थियो ।

ओशिमा भन्छिन् “म मुस्लिम समुदायबाट हो, कहाँ मुख छोपेर हिड्नुपर्ने धार्मिक मान्यता कहाँको मोडलिङ १ सपोर्ट पाउनु त थिएन परिवारको उल्टै अबरोधहरुलाई पंछाउनु पर्यो ।”

मोडलिङको लागि आफुले धेरै कुराहरु त्याग्नु परेको गुनासो सुनाउँदै उनी भन्छिन् “मैले यहाँ सम्म आइपुग्नका लागि धेरै कुराहरु गुमाएकी छु, जो÷जुन कुराहसँग मसँग इमोस्नल रुपमा कनेक्ट थिए, धेरै साथि तथा आफन्तिहरुलाई गुमाए । त्यसमाथि उल्टै तिरस्कार झेल्नु प¥यो, कतिपयले त ‘यस्तो गर्नुभन्दा मर्नु नि’ सम्म भन्नुभएको थियो ।”

आफ्नो पहिलो फोटो पत्रिकामा आउँदा छि ! के गरेको लाज नभएको भन्ने अर्थबाट यी र यस्तै धेरै तिरस्कारहरु सहनु परेको उनी बताउँछिन् ।

उनि थप्छिन् “अझैपनि कतिपय मेरो कजन (आफन्त) हरु मलाई राम्रो मान्नु हुन्न, तर अहिले आएर मैले यहि क्षेत्रमा एउटा स्थायित्व समातिसकेपछि र इज्जतपूर्वक ग्रहण गरिसकेपछि भने परिवार र धेरै आफन्तले स्किारी सक्नुभएको छ । पछिल्लो चरणमा मामुले पनि मलाई सपोर्ट गर्नुभएको थियो ।”

मुस्लिम समुदायका छोरीहरुलाई आजको दिनमा पनि मोडलिङ तथा फेसनको क्षेत्रमा लाग्न अवरोध छिचोल्नु पर्ने अवस्था रहेको छ । उनले आफ्नो विगत सम्झिदै भनिन् “म फेसन र मोडलिङमा लागेपछि कतिपय आफन्तहरुले उहाँहरुको छोरीहरुलाई मसँग भेट्न तथा बोल्न समेत दिनुभएन, त्यत्तिमात्रै होईन मेरो बच्चा देखिको साथि थियो, जोसँग म बच्चैदेखि सँगै पढे सँगै खाए उसलाई समेत मसँग मित्रता कायम गर्न प्रतिबन्ध लगाईयो पछि परम्परा अनुसार नै परिवारले उनको बिहे गरिदिनु भएको हो ।”

यद्यपी आफुलाई धर्म र परम्पराप्रति भने आस्था रहको बताउँछिन् । धर्मको मान्यता अनुसार काटमार नगर्ने साथै माछामासु समेत उनी उपभोग गदिनन् तर धर्मको नाममा अगाडी बढ्नबाट रोक्न र रोकिन नहुने उनको तर्क छ ।

यसरी विभिन्न बाधा र अवरोधको सामना गर्दै आएकी बानुले अहिले आफुले मोडलिङ गर्ने भन्दा पनि फेसन तथा मोडलिङको लागि आवस्यक जैविका स्रोत साधन देखि मानविय स्रोतसाधनको पहिचान तथा प्रर्वद्धन गर्दै आएकी छिन् ।

आफु सुरुमा मोडलिङमा जाँदा आफु र सँगैका धेरै सहकर्मीहरु के गर्ने, कसरी गर्ने, कहाँबाट सुरु गर्ने जस्ता विषयमा जानकार नहुँदा धेरै अन्योलता भोग्नुपसँगै यस्ता अन्योलताको समाधानको गर्नुपर्ने विचार आएपछि आउस अफ फेसन स्थापना गरेको उनी बताउँछिन् । आफुले मोडलिङमा लागेको एक वर्षपछि नै उनले कम्पनी अर्थात यस आउस अफ नेपाल (संस्था) स्थापना गरेकी हुन् ।

आफुले पहिलैदेखि सारी÷कुर्था लगायतको पसल गर्दै आएकोले व्यापार तथा व्यावसायमा सामान्य ज्ञानका साथसाथै केही पुजीँपनि भएकोले अरुसाथिहरुसँग हातेमालो गर्दै कम्पनी स्थापना गर्न सहज भयो । तर प¥याप्त भने हैन ।

विस्तारै उनले यसलाई नै निरन्तरता र प्राथमिकता दिन थालिन् । सामाजिक तथा आर्थिक ऋणको जोखिम बहन गर्दै उनले यसलाई थप बलियो पर्दै गईन ।

“एक उमेरमा केही बन्ने, गर्ने, हुने चाहना, पैसा होस् या आफन्त कमाउने चाहना, साथिभाई तथा इष्टमित्रसँग रमाउने चाहना धेरै थियो जुन बेला यहि गर्छु भन्ने अठोट भन्दा पनि सबै गर्ने रहर थियो” उनले थपिन “युवा अवस्थाको चञ्चले समय वित्दै जाँदा आफुले जुन कुरामा भविष्य देखिन्छ त्यहि गर्छु भन्ने अठोट लिने हो जस्तो लाग्छ । पहिला त मलाई पनि नर्स, एयर होस्टेज, नायिका लगायत धेरै बन्न मन लाग्थ्यो । ‘प्लस टू’ सकेर म अष्ट्रेलिया पनि गए, त्यहाँ मेरो पारिवार भित्रको सदस्यहरु हुनुहुन्थ्यो करिब दुई वर्ष बसे, त्यहाँ पनि आफुलाई सहज लागेन । केही समयको लागि नेपाल आए पछि फर्किएन । यहाँ बसेर गर्दै जाँदा उद्योगको रुपमा अहिले गरिरहेको काम नै मेरो लागि हो र मेरो भविष्य यसैमा छ जस्तो लाग्यो म यतै लागे, साथै सोचेअनुरुप नै भएको छ ।”

अहिले हाउस अफ फेसन नेपाल अन्र्तगत मोडलिङ र यससँग आबद्ध फेसन, मेकअप लगाएतका विद्यामा सेवा प्रवाह गर्ने नौँ वटा कम्पनीहरु (HOF Nail studio, HOF Beauty make up studio, HOF model academy, HOF model management, HOF apparel, HOF ethnic wear, HOF mens wear, HOF night wear & HOF  kids wear ) सञ्चालनमा रहेका छन् ।

यी कम्पनीहरुबाट व्यक्तित्व विकास गर्ने, दक्षता प्रदान गर्ने र ठाउँ आगाडीका बाटाहरु पहिल्याइदिने तथा उत्कृष्टहरुलाई आफै पनि ठाउँ दिने गर्दै आएको उनले बताईन् । कम्पनीले हरेक वर्ष फ्रिः तालिमहरु समेत सञ्चालन गर्दै आएको छ ।

साथै कम्पनीले स्थापना पछिको हरेक वर्ष इनभोग अभियान तथा कार्यक्रम सञ्चालन गर्दै आएको छ । सम्पूर्ण खर्च (तालिम तथा ड्रेस लगायत) हरु कम्पनीले नै व्यहोरेर सञ्चालन गरेको यो अभियानबाट प्रत्यक वर्ष दुई जना विजेताहरु घोषित हुने गर्छन् ।

इनभोग यस्तो प्लेटफर्म हो, जसले आकांक्षी कलाकारहरुलाई उनीहरुको लुकेको प्रतिभालाई प्रदर्शन गर्न बजारमा एक्सपोजर प्रदान गरेर उनिहरुलाई स्थान तथा अवसरका साथै तालिमहरु समेत दिने गर्दछ । यसको ट्यागलाइन भनेको ‘‘This time for all” हो । यो छाला, शरीर, प्रकार, उचाई वा साइज कुनै कुराको प्रवाह नगरि सबैलाई स्वागत गरेर मोडलिङ स्टेरियोटाइप तोड्ने दौडानमा छ ।

कोभिडको कारण रोकिएको करिब ठप्प रहेसँगै पछिल्लो पटक इनभगको तयारी भईसकेको छ । नोभेम्बर २० मा अन्तिम अडिसन सकिएसँगै आगामि अग्रेजी वर्ष जनवरीमा सिजन आठको फाइनल हुन लागेको छ ।

(अनुमति बिना जस्ताको तस्तै वा परिर्वत गरि अन्य कुनै पत्रिका,अनलाईन तथा यूट्युवमा राख्न मिल्ने छैन, यदि यस्तो भएको खण्डमा कपी राईट लाग्ने छ, समग्र समाचार साप्ताहिकबाट)

nactional life
Corporatebazar 11 Anniversary

किसानलाई सिधै बजारसँग जोड्ने सरकारको योजना: थोक बजारमा १० प्रतिशत र हाटबजारमा ५०प्रतिशत ‘किसान सेड’ अनिवार्य

किसानलाई सिधै बजारसँग जोड्ने सरकारको योजना: थोक बजारमा १० प्रतिशत र हाटबजारमा ५०प्रतिशत ‘किसान सेड’ अनिवार्य

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:०१

काठमाडौँ । कृषि क्षेत्रमा व्याप्त बिचौलिया संयन्त्रलाई निरुत्साहित गर्दै वास्तविक...

बजारमा देखिन थाल्यो महँगीको ‘सुनामी’: इन्धनदेखि भान्छासम्म चौतर्फी मार

बजारमा देखिन थाल्यो महँगीको ‘सुनामी’: इन्धनदेखि भान्छासम्म चौतर्फी मार

वि.सं.२०८३ वैशाख ८ मंगलवार २१:१६

काठमाडौँ । अन्तर्राष्ट्रिय भू-राजनीतिक तनाव र पेट्रोलियम पदार्थको अनियन्त्रित मूल्यवृद्धिको...

प्रत्यक्ष विदेशी लगानीमा गिरावट: प्रतिबद्धता ४१ अर्ब पुग्दा वास्तविक लगानी भने १० अर्ब मात्र

प्रत्यक्ष विदेशी लगानीमा गिरावट: प्रतिबद्धता ४१ अर्ब पुग्दा वास्तविक लगानी भने १० अर्ब मात्र

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:०५

काठमाडौँ । सरकारले विदेशी लगानी आकर्षित गर्न 'अटोमेटिक रुट' (स्वचालित...

स्रोतको संकुचन र जनताको उच्च आकांक्षाबीच नयाँ बजेटको तयारी: सिलिङ १८ खर्ब ९० अर्ब

स्रोतको संकुचन र जनताको उच्च आकांक्षाबीच नयाँ बजेटको तयारी: सिलिङ १८ खर्ब ९० अर्ब

वि.सं.२०८३ वैशाख ८ मंगलवार १०:३०

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १८...

३९ सुरक्षा विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स : नक्कली बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिने

३९ सुरक्षा विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स : नक्कली बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिने

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३५

काठमाडौं । सरकारले हालै सुरक्षण मुद्रण केन्द्रमार्फत छपाइ गरिरहेको नयाँ...

अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल

अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विषयगत मन्त्रालयका मन्त्री र...