मर्जरका लागि वोमी र सूर्योदय लघुवित्तले पाए राष्ट्र बैंकद्धारा अनुमति
वि.सं.२०७८ कात्तिक २२ सोमवार
काठमाडौँ । नेपाल राष्ट्र बैंकले वोमी र सूर्योदय लघुवित्त वित्तीय संस्थाबीचको मर्जरलाई अनुमति दिएको छ । राष्ट्र बैंकले यी दुवै लघुवित्तबीचको मर्जरलाई गत कात्तिक १ गते सैद्धान्तिक सहमति दिएको हो।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६३ को दफा ७० र बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी विनियमावली, २०७३ को चौथो संशोधनबमोजिम सैद्धान्तिक सहमति प्रदान गरिएको राष्ट्र बैंकले जनाएको छ।
यी दुवै लघुवित्तबीच गत भदौ १६ गते आपसमा मर्जरमा जाने सम्झौता भएका थियो। सम्झौतासँगै दुवै लघुवित्तले ६ सदस्यीय संयुक्त मर्जर कमिटी पनि पनि गठन गरिसकेका छन्।
मर्जर प्रयोजनका लागि हाल दुवै लघुवित्तको सेयर कारोबार रोक्का रहेको छ।
प्रकाशित समय : १२:३६ बजे



















