back

जापानद्वारा थप ११४ थान ‘अक्सिजन जेनेरेटर’ प्रदान

काठमाडौँ । कोभिड–१९ को महामारीसँग जुधिरहेको नेपाल सरकारको प्रयासमा सहयोग गर्दै आएको जापान सरकारले आज थप ११४ थान ‘अक्सिजन जेनेरेटर’ उपलब्ध गराएको छ । यहाँस्थित जापानी दूतावासका नियोग उपप्रमुख योशिओका युजोले नेपालका अस्पताललाई सहयोग गर्न थप अक्सिजन जेनेरेटर हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताउँदै जापानले उपलब्ध गराएको स्वास्थ्य उपकरणले नेपालमा धेरैको ज्यान जोगाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेको उक्त दूतावासले विज्ञप्तिमार्फत जनाएको हो ।

जापानले नेपाललाई कोभिड–१९ विरुद्धको लडाइँमा २५ थान रगत ग्यास विश्लेषक, २५ वटा पोर्टेबल अल्ट्रासाउन्ड इमेज डायग्नोस्टिक सिस्टम’, ६ वटा एम्बुलेन्स र २७४ वटा अक्सिजन जेनेरेटरलगायत चिकित्सा उपकरणहरू उपलब्ध गराइसकेको छ ।

जापानले नेपालको स्वास्थ्य क्षेत्रमा सक्दो सहयोग गर्दै आएको छ । गत साउनमा उसले १६ लाख मात्रा एस्ट्राजेनेका खोप उपलब्ध गराएको थियो । कोभिड–१९ को खोप प्रभावकारी ढुवानी गर्ने अर्को परियोजना युनिसेफसँगको ‘लास्ट वान माइल’ कार्यक्रमअन्तर्गत अपेक्षित रहेको उक्त दूतावासले जनाएको छ ।

दूतावासले कोभिड–१९ महामारीको अन्त्य भई नेपाल सरकार र विकास साझेदारहरूसँग मिलेर नेपालको स्वास्थ्य क्षेत्रलाई सहयोग गर्न र कोभिड–१९ महामारीपछिको आर्थिक पुनरुत्थानमा पुनः फकाएउन तत्पर रहेको बताएको छ ।

२०७८ कार्तिक ११ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आयुर्वेदिक पर्यटन प्रवद्र्धनमा सरकारको जोड, आयुर्वेद सुधारका लागि उच्चस्तरीय छलफल

आयुर्वेदिक पर्यटन प्रवद्र्धनमा सरकारको जोड, आयुर्वेद सुधारका लागि उच्चस्तरीय छलफल

वि.सं.२०८३ साउन ६ बुधवार १८:२२

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा...

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

वि.सं.२०८३ असार ३२ बिहीवार १५:१०

काठमाडौँ । साउन १ गते शुक्रवारदेखि मुलुकमा नयाँ आर्थिक वर्ष...

सरकारी ढुकुटीमा ताला, इतिहासकै लज्जास्पद विकास खर्चले निम्त्याएको आर्थिक दुर्घटना

सरकारी ढुकुटीमा ताला, इतिहासकै लज्जास्पद विकास खर्चले निम्त्याएको आर्थिक दुर्घटना

वि.सं.२०८३ असार २८ आइतवार १८:०८

काठमाडौं । नेपाली पात्रो अनुसार हामी असार मसान्तको संघारमा छौँ।...

आर्थिक वर्षको अन्तिम दिनमै ३३ अर्ब १६ करोड खर्च; ३ जना अर्थमन्त्री फेरिँदा पनि बजेट खर्च ७९ प्रतिशतमा सीमित

आर्थिक वर्षको अन्तिम दिनमै ३३ अर्ब १६ करोड खर्च; ३ जना अर्थमन्त्री फेरिँदा पनि बजेट खर्च ७९ प्रतिशतमा सीमित

वि.सं.२०८३ असार २६ शुक्रवार १४:३०

काठमाडौं । नेपालको सार्वजनिक वित्त व्यवस्थापनमा वर्षौँदेखि रोगका रूपमा रहेको...