back

वाग्मती प्रदेशको मुख्यमन्त्रीमा पाण्डे नियुक्त

हेटौडा । वाग्मती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री पदमा नेकपा (एकीकृत समाजवादी) पार्टीका संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई नियुक्त गरेका हुन् ।

यसैगरी मुख्यमन्त्री राजेन्द्र पाण्डेको सिफारिसअनुसार प्रदेश प्रमुख शर्माले गठबन्धनको तर्फबाट प्रदेशसभाका सदस्य कुमारी मोक्तानलाई सामाजिक विकास मन्त्रालय, कृष्णलाल भँडेललाई भौतिक पूर्वाधार विकास मन्त्रालय र कृष्णप्रसाद खनाललाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी तोकेका हुन् ।

प्रदेशसभाका ५९ जना सदस्यको समर्थनसहित मुख्यमन्त्री पदमा पाण्डेलाई नियुक्त गर्न दाबीपत्र हिजै प्रदेश प्रमुख सचिवालयमा दर्ता गरिएको थियो । गठबन्धनको तर्फबाट प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी) केन्द्र, नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जसपाबाट नवनियुक्त मुख्यमन्त्रीलाई समर्थन छ ।

प्रदेशसभामा प्रमुख प्रतिपक्षी नेकपा (एमाले), माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, विवेकशील साझा, नेपाल मजदूर किसान पार्टी, राप्रपा र जसपाको गरी कूल १०९ जना सदस्य हुन ।

२०७८ कार्तिक ११ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नीतिगत सुधारको माग गर्दै श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द 

नीतिगत सुधारको माग गर्दै श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द 

वि.सं.२०८३ साउन २२ शुक्रवार २०:१२

काठमाडौंं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रमा...

सार्वजनिक सडक विधेयकबारे ट्रक व्यवसायी : पाँच लाख जरिवाना संशोधन गर्न माग

सार्वजनिक सडक विधेयकबारे ट्रक व्यवसायी : पाँच लाख जरिवाना संशोधन गर्न माग

वि.सं.२०८३ साउन २२ शुक्रवार १३:४०

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले प्रतिनिधिसभामा प्रस्तुत ‘सार्वजनिक...

सांसद यादवको प्रश्न : ढल्केबरको ट्रमा सेन्टर योजना कहाँ हरायो ? 

सांसद यादवको प्रश्न : ढल्केबरको ट्रमा सेन्टर योजना कहाँ हरायो ? 

वि.सं.२०८३ साउन २२ शुक्रवार १३:३७

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.चन्द्रमोहन यादवले मधेश प्रदेशको धनुषास्थित...

कोइराला निवास पुनर्निर्माण तथा मर्मत सम्हारका लागि सरकारी बजेट अस्वीकार

कोइराला निवास पुनर्निर्माण तथा मर्मत सम्हारका लागि सरकारी बजेट अस्वीकार

वि.सं.२०८३ साउन २२ शुक्रवार १३:००

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले २०८२ भाद्र २४...

युरोपमा आप्रवासी संकट : स्यूटाका स्थानीय दबाबमा 

युरोपमा आप्रवासी संकट : स्यूटाका स्थानीय दबाबमा 

वि.सं.२०८३ साउन २२ शुक्रवार १२:५७

एजेन्सी । स्पेनको स्युटामा रोजगारी र नयाँ जीवनको खोजीमा पुगेका...

विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्चको अन्तरिम आदेश

विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्चको अन्तरिम आदेश

वि.सं.२०८३ साउन २१ बिहीवार १९:२०

काठमाडौं । सर्वोच्च अदालतले नदी किनार तथा अन्य स्थानका सुकुम्बासी...