back

हिमालयन बैंकको नाफामा ४४ प्रतिशतको गिरावट, १ अर्ब २ करोड बढीले घट्यो

काठमाडौँ । हिमालयन बैंक लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको खुद नाफा १ अर्ब २८ करोड ७१ लाख ५७ हजार रुपैयाँ रहेको छ । बैंकले सार्वजनिक गरेको तेस्रो वित्तिय विवरणमा यस्तो देखिएको हो । गत आवको यसै अवधिमा २ अर्ब ३१ करोड ७१ लाख १३ हजार खुद नाफा कमाएको थियो ।

बैंकको वितरणयोग्य नाफा पनि गत आवको यसै अवधिको तुलनामा सामान्य मात्र बढेको छ । गत आवको यसै अवधिमा ८२ करोड ८७ लाख ६३ हजार रहेकोमा ८४ करोड ७६ लाख ६६ हजार रुपैयाँ कायम भएको छ ।

चुक्ता पूँजी १० अर्ब ६८ करोड ४४ लाख रुपैयाँ रहेको बैंकको १४ प्रतिशतले पूँजी बढेर खुद ब्याज आम्दानी घटेपछि बैंकको प्रतिशेयर आम्दानी १६.९० रुपैयाँ संकुचित भई १६.०६ रुपैयाँमा झरेको छ ।

चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले १ खर्ब ३२ अर्ब २४ करोड ९ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २१ अर्ब ५६ करोड ५८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले २ अर्ब ७१ करोड ९ लाख रुपैयाँ खुद ब्याज आम्दानी र १ अर्ब ८८ करोड १ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २९.४५, सञ्चालन नाफा ३९.०८, आधार ब्याजदर २.१२, कोषको लागत १.८७ प्रतिशतले घटेको छ भने निक्षेप ५.५७ र कर्जा लगानी १९.५० प्रतिशतले बढेको छ । बैंकको जगेडा कोषमा ६ अर्ब १९ करोड ७८ लाख र शेयरधनी कोषमा १ अर्ब ४७ करोड ४८ लाख रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिमा बैंकको पूँजीकोष अनुपात १३.१९, खराब कर्जा अनुपात ०.८१, कोषको लागत ४.६०, कर्जा निक्षेप अनुपात ७८.९९, आधारदर ६.७५, स्प्रेडदर ३.३५ प्रतिशत, प्रतिशेयर नेटवर्थ १७१.८१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३२.३७ गुणा छ ।

nactional life
Corporatebazar 11 Anniversary

इन्धन र डलरको दोहोरो दबाब: भान्छा महँगिँदा तरकारीको मूल्य ३०० प्रतिशतसम्म वृद्धि

इन्धन र डलरको दोहोरो दबाब: भान्छा महँगिँदा तरकारीको मूल्य ३०० प्रतिशतसम्म वृद्धि

वि.सं.२०८३ वैशाख १३ आइतवार १८:४६

काठमाडौँ । नेपाली उपभोक्ताका लागि बितेको चैत महिना महँगीको निकै...

सहकारी ठगको सम्पत्ति जफत गरी बचत फिर्ता गरिने: ‘चक्रीय कोष’ मार्फत साना बचतकर्तालाई प्राथमिकता

सहकारी ठगको सम्पत्ति जफत गरी बचत फिर्ता गरिने: ‘चक्रीय कोष’ मार्फत साना बचतकर्तालाई प्राथमिकता

वि.सं.२०८३ वैशाख १३ आइतवार १६:४५

काठमाडौं । सहकारीको बचत अपचलन गरी फरार रहेका वा दायित्व...

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

वि.सं.२०८३ वैशाख ९ बुधवार १६:१८

काठमाडौँ । विश्व इतिहासमा स्टिम इन्जिन र कम्बस्चन इन्जिनले शक्ति...

प्रसूति हिंसा सम्बन्धि डरलाग्दो तथ्यांक सार्वजनिक

प्रसूति हिंसा सम्बन्धि डरलाग्दो तथ्यांक सार्वजनिक

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:१६

काठमाडौं । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनले सम्मानजक...

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:१२

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्...

बसपार्क उद्घाटन गर्न नगरपालिकामा सार्वजनिक बिदा

बसपार्क उद्घाटन गर्न नगरपालिकामा सार्वजनिक बिदा

वि.सं.२०८३ वैशाख ९ बुधवार ०९:०६

सुर्खेत । सल्यानको शारदा नगरपालिकाले बसपार्क उद्घाटन गर्ने भन्दै नगरपालिकाभर...