back
himalayan life

पावरफुल नयाँ फोर्स गोर्खा भारतीय बजारमा, यस्ता छन् फिचर

काठमाडौँ । बहुप्रतीक्षित ‘२०२१ फोर्स गोर्खा’ को न्यु जेनेरेसन मोडल भारतमा लन्च गरिएको छ। भारतमा यो कार भारु १३.५९ लाखका साथ लन्च गरिएको छ। यो कारले भारतमा महिन्द्रा थारसँग हुने भनिएको छ। मन्द्रिा थारको मूल्य भारु १२.९८ लाखदेखि भारु १५.०८ लाखको बीचमा हुनेछ।

फोर्स गोर्खाको डेलिभरी आगामी अक्टोबर महिनाभित्र हुने बताइएको छ। यो कारलाई मोड्युलर आर्किटेक्चर प्लेटफर्ममा बनाइएको छ। यो कारको नयाँ मोडल पुरानो भर्जनको तुलनामा धेरै लामो रहेको छ।

यो कार भारतीय बजारमा रेड, अरेन्ज, ह्वाइट, ग्रिन र ग्रे गरी ५ कलर अप्सनमा उपलब्ध हुनेछ। नयाँ फोर्स गोर्खा ४११६एमएम लामो, १८१२ एमएम चौडा र २०७५एमएम अग्लो रहेको छ। कारको टर्निङ रेडियस ५.६५ मिटर रहेको छ।

नयाँ फोर्स गोर्खा २.६ लिटर मर्सेडिज कमन रेल, डायरेक्ट इन्जेक्टेड टर्बोचाज्र्ड डिजेल इन्जिन दिइएको छ। जसले ९१बीएचपी पावर र २५०एनएम टार्क जेनेरेट गर्छ। पावरट्रेनलाई ५ स्पिड मर्सेडिज जी–२८ गियरबक्सले पेयर गरिएको छ।
२०७८ असोज १२ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

वि.सं.२०८३ असार १० बुधवार १६:५८

वीरगन्ज । नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारीसाधन (इलेक्ट्रिक भेहिकल–ईभी)...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

वि.सं.२०८३ असार ८ सोमवार १९:२०

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा...