आरबीबीले सार्वजनीक गर्यो चाडपर्व लक्षित अफर, POS भुक्तानीमा क्यासब्याक अफर
वि.सं.२०७८ असोज १२ मंगलवार
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैक लिमिटेडले नेपालीहरुको महान पर्व दशैंलाई लक्षित गर्दै क्यास ब्याक अफर सार्वजनीक गरेको छ । बैंकले चार्डपर्वलाई लक्षित गर्दै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न पोइन्ट अफ सेल Point of Sale (POS) को माध्यमवाट प्रति कारोबार रु.१,०००।– वा सो भन्दा बढीको ऋबचम क्धष्उभ गर्दा क्यास ब्याक हुने अफर सार्वजनीक गरेको छ ।
बैंकले असोज २१ गते देखि २०७८ कार्तिक २४ गतेसम्म लागू हुने गरि देशभर विभिन्न व्यवसायहरुमा रहेको एइक् को माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट रा.वा.बैंककै कार्ड स्वीप गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यास ब्याक हुने योजना सार्वजनीक गरेको हो ।
यस अन्तर्गत ३ देखी ५ पटकको कार्ड स्वीपमा ५ प्रतिशत अधिकतम क्यास ब्याक वा पाँच सय, ६ देखी १० पटकको कार्ड स्वीपमा अधिकतम १० क्यास ब्याक वा सात सय पचार, ११ देखी १५ पटकको कार्ड स्वीपमा अधिकतम १५ प्रतिशत क्यास ब्याक वा हजार मध्ये जुन कम हुन्छ सो वराबरको रकम क्यास ब्याक हुने छ ।
बैंकको हाल सातै प्रदेश ७७ जिल्लामा २४८ वटा शाखा कार्यालय, २१६ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग संचालनमा रहेका छन् ।
२०७८ असोज १२ गते प्रकाशित
प्रकाशित समय : १७:३७ बजे






















