सानिमा बैंक संस्थापक सेयर बिक्रिमा, कसले कहिलेसम्म आवेदन दिन पाउँछ ?
वि.सं.२०७८ असोज १२ मंगलवार
काठमाडौं । सानिमा बैंकको केही हिस्सा संस्थापक सेयर लिलामी मार्फत बिक्रि गर्न लागिएको छ ।
बैंकका १ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १२ हजार ७५१ कित्ता सेयर बिक्री गर्न लागेका हुन् । संस्थापक सेयरधनी धर्मकला थपलियाले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न लागेकी हुन् ।
यो सेयरमा हाल कायम सानिमाकै संस्थापक सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् । यसमा मूल्य भने तोकिएको छैन ।
सेयर खरिद गर्न इच्छुक संस्थापकले आज (असोज १२ गते) को ३५ दिनभित्र सानिमा बैंकको प्रधान कार्यालय नारायणचौर नक्साल काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
२०७८ असोज १२ गते प्रकाशित
प्रकाशित समय : १३:५४ बजे






















