back

लुम्बिनीमा ‘विश्व शान्ति कार्यक्रम’ हुँदै, २५ अर्बपतिसहितका प्रतिनिधिहरु आउने

तेस्रो ‘विश्व शान्ति कार्यक्रम’ आयोजना हुँदै

nactional life

काठमाडौं । बुद्धको जन्मस्थल लुम्बिनीमा यही मंसिर २४ गतेदेखि २६ गतेसम्म तेस्रो ‘विश्व शान्ति कार्यक्रम’ आयोजना हुँदैछ ।

मंगलबार पत्रकार सम्मेलन गर्दै यस वर्षको कार्यक्रममा सहभागी हुन विभिन्न देशका २५ जना अर्बपति लुम्बिनीमा आउन लागेको आयोजकले जानकारी दिएको हो ।

कार्यक्रममा संयुक्त राष्ट्र संघका सांस्कृतिक राजदूतहरू, विश्वव्यापी व्यापारिक नेताहरू, विद्वानहरू, कलाकारहरू, युवाहरू, सामुदायिक प्रतिनिधिहरू र फच्र्यून जेनेरेसनका २५ अर्बपतिहरूको प्रतिनिधिमण्डलसहित १० हजार भन्दा बढी सहभागीहरूले पहिलो पटक एकसाथ नेपाल भ्रमण गर्ने अपेक्षा रहेको छ ।

उनका अनुसार कार्यक्रममा भारत केरलास्थित सिगल इन्टरनेसनल ग्रुपका अध्यक्ष डाक्टर सुरेशकुमार मधुसुधान, स्वतन्त्र स्लोभेनियाका प्रथम प्रधानमन्त्री तथा युरोपेली संसदका पूर्व सदस्य लोज्जे पिटरले, इथियोपियाका पूर्वप्रधानमन्त्री ताम्रत लेन, युएई र भारतमा व्यापार गर्दै आएका इराम होल्डिङ्सका डाक्टर सिद्दिक अहमदलगायतका व्यक्तिहरूको समेत सहभागी हुनेछन्।

तीन दिनसम्म चल्ने यस कार्यक्रममा शान्ति, जलवायु परिवर्तन, विकास, आन्तरिक कल्याण र सामाजिक न्याय, व्यावहारिक शान्ति निर्माण, दैनिक नेतृत्व र स्थानीय शासनमा केन्द्रित युवा जस्ता विषयमाथि छलफल तथा बहस हुनेछ ।त्यस्तै, डिसेम्बर १२ मा रामग्राम स्तुपामा एक प्रमुख दीप अर्पण समारोह हुनेछ, जहाँ हजारौं दीप र शान्तिको लागि प्रार्थनाले रातको आकाशलाई उज्यालो पार्नेछ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ निर्देशिका

स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ निर्देशिका

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:२१

काठमाडौं । नेपाल पर्यटन बोर्डले स्थलमार्ग हुँदै नेपाल भ्रमणमा आउने...

पोखराको आकाशमा ‘फ्लाई दुबई’—पर्यटन र आर्थिक समृद्धिको नयाँ क्षितिज उघारिँदै

पोखराको आकाशमा ‘फ्लाई दुबई’—पर्यटन र आर्थिक समृद्धिको नयाँ क्षितिज उघारिँदै

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:४९

पोखरा । गण्डकी प्रदेशको राजधानी एवं मुलुकको प्रमुख पर्यटकीय राजधानी...

 आफ्नै भूमि, अर्काको बाटो : पूर्वाधार पर्खिरहेको इलामको सिमाना डाँडा

 आफ्नै भूमि, अर्काको बाटो : पूर्वाधार पर्खिरहेको इलामको सिमाना डाँडा

वि.सं.२०८३ जेठ २१ बिहीवार १०:३९

इलाम । इलामको सूर्योदय नगरपालिका–२ मा अवस्थित सिमाना डाँडा यतिबेला...

केचना–कञ्चनजंघा रेस्पोन्सिबल टुरिजम मिट–२०८३ आयोजना 

केचना–कञ्चनजंघा रेस्पोन्सिबल टुरिजम मिट–२०८३ आयोजना 

वि.सं.२०८३ जेठ २० बुधवार १०:३४

इलाम । पूर्वी पहाडकी रानी मानिने इलामले आगामी जेठ तेस्रो...

मे महिनामै १ लाख २ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आगमन

मे महिनामै १ लाख २ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आगमन

वि.सं.२०८३ जेठ १९ मंगलवार १६:२४

काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमनले उत्साहजनक गति लिएको छ...

सगरमाथा शिखरमा संघीय संसदको झन्डा फहराएर फर्किए सांसद मिङ्मा ग्याबु शेर्पा

सगरमाथा शिखरमा संघीय संसदको झन्डा फहराएर फर्किए सांसद मिङ्मा ग्याबु शेर्पा

वि.सं.२०८३ जेठ १४ बिहीवार १५:५६

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मिङ्मा...