back

भेडेटारमा स्काइ टावर सञ्चालन

टावरमा बञ्जी जम्प, जीपलाइन र फ्रिफल जस्ता साहसिक खेल सञ्चालनमा ल्याइने

धनकुटा । भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट पाकसर्् एण्ड अल्ट्राक्सन्स प्रालिले निर्माण गरेको उक्त टावर आजदेखि सञ्चालनमा ल्याइएको हो ।

टावरको कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्की, धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ र साँगुरीगढी गाउँपालिका धनकुटाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ । मन्त्री कार्कीले प्रदेशले मनाउन लागेको ‘पर्यटन वर्ष, २०८२’लाई यस परियोजनाले महत्वपूर्ण सहयोग पुग्नेमा विश्वास गर्नुभयो । भेडेटार क्षेत्र पूर्वकै महत्वपूर्ण पर्यटकीय गन्तव्य भएकाले यहाँको पर्यटन बिकासमा प्रदेश सरकार लागेको उहाँको भनाइ थियो ।

धरान उपमहानगरपालिकाका प्रमुख साम्पाङले यस आयोजनाले धरान र धनकुटामा पर्यटक बढाउने बताउनुभयो । यस परियोजनाले गाउँपालिका र भेडेटारको मात्र नभई कोशी प्रदेशकै पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने धारणा साँगुरीगढी गाउँपालिका धनकुटाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले व्यक्त गर्नुभयो ।कितिजेन लाईफ इ-लन्द्

धनरान र धनकुटाको सिमानामा अवस्थित धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं ६ मा ११ रोपनी वन क्षेत्रफलमा रु २० कारोड लगानीमा टावर निर्माण गरिएको परियोजनाका कार्यकारी निर्देशक सञ्जिव रोकाहाले जानकारी दिनुभयो ।

आगामी दिनमा यस टावरमा बञ्जी जम्प, जीपलाइन र फ्रिफल जस्ता साहसिक खेल सञ्चालनमा ल्याइने कम्पनीका अध्यक्ष आकर्षण पोखरेलले जानकारी दिनुभयो ।

 

nactional life
Corporatebazar 11 Anniversary

जेठ ४ सम्म त्रिभुवन विमानस्थल राति ७ घण्टा बन्द रहने

जेठ ४ सम्म त्रिभुवन विमानस्थल राति ७ घण्टा बन्द रहने

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:२९

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वाधार निर्माण कार्य तीव्र पार्न...

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ

वि.सं.२०८३ वैशाख ७ सोमवार १३:००

काठमाडौंं । आईएमई समूहद्वारा प्रवद्र्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक सञ्चालनको...

दुई चारतारे होटलसँग पौवाको सम्झौता, नेपाली आतिथ्यताको विस्तार गर्ने लक्ष्य

दुई चारतारे होटलसँग पौवाको सम्झौता, नेपाली आतिथ्यताको विस्तार गर्ने लक्ष्य

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:२८

काठमाडौं । नेपाली हस्पिटालिटी क्षेत्रको अग्रणी ब्रान्ड होटल पौवाले एकै...

ललितपुरका सम्पदामा कानुनी जटिलता, पर्यटन प्रवद्र्धनमा बाधा

ललितपुरका सम्पदामा कानुनी जटिलता, पर्यटन प्रवद्र्धनमा बाधा

वि.सं.२०८३ वैशाख ३ बिहीवार १७:३०

काठमाडौं । ललितपुर महानगरपालिकाको नगर प्रमुख चिरिबाबु महर्जनले नेपालको ऐतिहासिक...

नेपालको एक मात्र रेल्वे अस्तव्यस्त (तस्विरहरु)

नेपालको एक मात्र रेल्वे अस्तव्यस्त (तस्विरहरु)

वि.सं.२०८३ वैशाख ३ बिहीवार १७:२२

नेपालको एक मात्र ट्रेन ९रेल्वे०को अवस्था अस्तव्यस्त बनेको छ ।...

‘राष्ट्रिय प्रतिबद्धता’ को मस्यौदा सार्वजनिक : पर्यटनमार्फत ५ वर्षमा खर्च दोब्बर बनाउने लक्ष्य

‘राष्ट्रिय प्रतिबद्धता’ को मस्यौदा सार्वजनिक : पर्यटनमार्फत ५ वर्षमा खर्च दोब्बर बनाउने लक्ष्य

वि.सं.२०८३ वैशाख १ मंगलवार २१:४१

काठमाडौं । सरकारले फागुन २१ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय मान्यता...