back
nactional
Naima

आजबाट नियमित डिपोहरूबाटै ग्यास बिक्री हुने, आफैं बेच्ने प्रक्रियाबाट पछि हट्यो आयल निगम

काठमाडौं। खाना पकाउने एलपी ग्यास अब नियमित प्रक्रियाबाटै बिक्री हुने भएको छ। भदौ १ गते (आज) बाट ग्यास उद्योगले नियुक्त गरेका विक्रेताहरूबाटै विक्री हुने आयल निगमले जनाएको छ। उपभोक्ताको सहजताका लागि भन्दै निगमले विभिन्न स्थानहरूबाट आफ्नै सक्रियतामा बिक्री सुरु गरेको थियो। उद्योगीहरूले भने निगमको उक्त कार्यले झनै समस्या बढाएको बताएका थिए।

निगमले सूचना जारी गर्दै भदौ १ गतेबाट नियमित प्रक्रियाबाटै बिक्री हुने जनाएको हो। सूचना अनुसार उद्योगहरूले दैनिक विक्री गर्ने विक्रेता/वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर, सिलिन्डर संख्यासहितको विवरण निगममा प्रत्येक दिन बिहान ९ बजेभित्र उपलब्ध गराउनु पर्नेछ।

विक्रेता तथा वितरकले बिक्री गरेको ग्यासको परिमाण, उपभोक्ताको नाम, सम्पर्क नम्बरसहितको विवरण दैनिक तयार पारी अनिवार्य रूपमा सम्बन्धित उद्योगहरूलाई उपलब्ध गराउनुपर्ने र उद्योगले निगमलाई विवरण सोही दिन उपलब्ध गराउनुपर्ने पनि सूचनामा उल्लेख छ।

अत्यावश्यक घरायसी प्रयोजनका लागि प्रयोग गर्ने उपभोक्ताहरूलाई उच्च प्राथमिकतामा दिन पनि निगमले आग्रह गरेको छ। ग्यास ढुवानी र वितरण कार्यमा सुरक्षाको दृष्टिबाट सहजीकरणका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निगमले गृह मन्त्रालयमार्फत अनुरोध समेत गरेको छ। बिक्रीको अनुगमनका लागि निगमले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई आग्रह गरेको सूचनामा जनाइएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पल्सर पिपल्स च्वाइस अवार्डमा ५ खेलाडी : भोटिङका लागि खल्ती आईएमईसँग सम्झौता

पल्सर पिपल्स च्वाइस अवार्डमा ५ खेलाडी : भोटिङका लागि खल्ती आईएमईसँग सम्झौता

वि.सं.२०८३ भदौ १ सोमवार ०७:३१

काठमाडौं। एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गतको पिपल्स च्वाइस अवार्डको मनोनयन...

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ भदौ १ सोमवार ०७:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर...

क्लासिक टेकको ग्राहक वृद्धि ५६ प्रतिशत, शीर्ष आईएसपीलाई उछिन्यो

क्लासिक टेकको ग्राहक वृद्धि ५६ प्रतिशत, शीर्ष आईएसपीलाई उछिन्यो

वि.सं.२०८३ साउन ३१ आइतवार २१:०७

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो एमआईएस प्रतिवेदनअनुसार नेपालमा इन्टरनेट...

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा

वि.सं.२०८३ साउन ३१ आइतवार २०:५८

काठमाडौं । गुगलले आफ्नो नयाँ पिक्सेल ११ सिरिज सार्वजनिक गरेको...

दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गर्दै एनसेल

दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गर्दै एनसेल

वि.सं.२०८३ साउन ३१ आइतवार २०:५३

काठमाडौं । एनसेलले फोरजी नेटवर्क विस्तारसँगै विभिन्न जिल्लाका थप स्थानमा...

यती डिस्टिलरीको ९१ प्रतिशत आम्दानी तीन ब्रान्डमा निर्भर

यती डिस्टिलरीको ९१ प्रतिशत आम्दानी तीन ब्रान्डमा निर्भर

वि.सं.२०८३ साउन ३१ आइतवार २०:३९

काठमाडौं । यती डिस्टिलरी प्राइभेट लिमिटेडको आम्दानीमा सीमित ब्रान्डको उच्च...