back

गरिब हटाउने कि गरिबी?

काठमाडौँको फुटपाथ अर्थतन्त्र, राज्यको दायित्व र सामाजिक न्यायको प्रश्न

nactional life

काठमाडौंको फुटपाथमा उभिएको सानो ठेला केबल व्यापारिक संरचना होइन; त्यो एक परिवारको जीविका, एक आप्रवासीको आशा र असमान विकासको प्रत्यक्ष अभिव्यक्ति हो । आज राजधानीमा देखिएको फुटपाथ व्यापारको प्रश्नलाई ‘अव्यवस्था’ वा ‘सौन्दर्यीकरण’ को सीमित बहसमा सीमित गर्नु बौद्धिक अन्याय हुने छ । यो विषय राज्यको वर्गीय प्राथमिकता, विकासको मोडल, र सामाजिक न्यायको मूल प्रश्नसँग गाँसिएको छ ।

“लामो समयसम्म निम्न पुँजि र सीमित सीप भएका नागरिकका लागि ‘सम्भावनाको शहर’ थियो काठमाडौं ।”

लामो समयसम्म निम्न पुँजि र सीमित सीप भएका नागरिकका लागि ‘सम्भावनाको शहर’ थियो काठमाडौं । यहाँ आएर सामान्य ठेला, तरकारी, चिया, कपडा वा मोबाइल एक्सेसोरीजस्ता साना व्यवसाय सञ्चालन गर्ने व्यक्ति केबल आफूमात्र होइन, आफ्नो पछाडिका चार–पाँचजना आश्रित परिवार सदस्यहरूको भविष्य बोकेर उभिन्थ्यो । यस सानो अनौपचारिक उद्यमले शिक्षा, स्वास्थ्य र सामाजिक गतिशीलताको ढोका खोल्थ्यो ।

२०७९ सालपछि काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र साह (वालेन) नेतृत्वले महानगरपालिकाको फुटपाथ खाली गराउने अभियान तीव्र बनाएपछि निम्नवर्गीय उक्लाइको मार्ग अवरुद्ध भएको अनुभूति भएको छ । प्रस्तुत लेखले काठमाडौँमा निम्नवर्ग कसरी बाँचिरहेको थियो, उसले अर्थतन्त्रलाई कसरी चलायमान बनाएको थियो र महानगरको नीतिगत कडाइपछि सामाजिक–आर्थिक ट्रेन्ड कसरी फेरिएको छ भन्ने विषयलाई शोध–आधारित दृष्टिले विश्लेषण गरिएको छ ।

अनौपचारिक अर्थतन्त्र, सामाजिक गतिशीलता, आन्तरिक बसाइँसराइ, शहरीकरण, वर्गीय पुनरुत्पादन, श्रम–पलायन, मानव पुँजि निर्माण, निम्नवर्गीय जीविकोपार्जन संरचना, त्यसले निर्माण गरेको अन्तरपुस्तीय सामाजिक उक्लाई र पछिल्लो नीतिगत कडाइपछि देखिएको श्रम–पलायन ट्रेन्डको परिवर्तनलाई सैद्धान्तिक तथा नीतिगत दृष्टिले विश्लेषण गर्नु आवश्यक छ ।

प्रस्तावना
नेपालको विकास ढाँचा ऐतिहासिक रूपमा केन्द्रीकृत रह्यो । प्रशासन, उच्च शिक्षा, निजी क्षेत्र, स्वास्थ्य सेवा सबै काठमाडौँमा सघन भए । यसले राजधानीलाई अवसरको केन्द्र बनायो तर सँगै क्षेत्रीय असमानता पनि गहिरो बनायो ।

ग्रामीण गरिबी, द्वन्द्वकालीन असुरक्षा, प्राकृतिक विपद् र रोजगारी अभावका कारण हजारौँ नागरिक राजधानीतर्फ आए । उनीहरूका लागि औपचारिक रोजगारीमा प्रवेश कठिन थियो त्यसैले न्यून पुँजिबाट सुरु गर्न सकिने फुटपाथ तथा साना अनौपचारिक व्यवसाय स्वाभाविक विकल्प बने ।

१. सैद्धान्तिक रूपरेखा (Theoretical Framework)

अनौपचारिक अर्थतन्त्र (Informal Economy)

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएल्ओ) लगायतका अध्ययनहरूले विकासशील शहरहरूमा अनौपचारिक क्षेत्रलाई रोजगारीको प्रमुख स्रोत मानेका छन् । अनौपचारिकता प्रायः असुरक्षित मानिए पनि यसले निम्नवर्गलाई तत्काल आय र शहरी प्रवेशको ढोका प्रदान गर्छ ।

सामाजिक गतिशीलता (Social Mobility)
सामाजिक गतिशीलता भन्नाले एक पुस्ताबाट अर्को पुस्तामा वर्गीय उक्लाइको सम्भावना हो । काठमाडौँमा फुटपाथ उद्यम → शिक्षा → कलेज → विदेश अवसरको मार्ग एउटा वैकल्पिक उक्लाइ संरचना थियो ।

वर्गीय पुनरुत्पादन (Class Reproduction)
जब नीतिगत हस्तक्षेपले निम्नवर्गीय उक्लाइको मार्ग अवरुद्ध गर्छ, वर्गीय पुनरुत्पादन बलियो हुन्छ अर्थात् गरिब वर्ग गरिबमै सीमित हुने चक्र दोहोरिन्छ ।

२. काठमाडौँको निम्नवर्गीय अर्थचक्र
आश्रित संरचना
एक स्ट्रीट व्यापारीको पछाडि ४–५ आश्रित सदस्य ।
दैनिक नगद आय → घरभाडा, खाद्य, स्वास्थ्य, शिक्षा ।
मानवपुँजिमा लगानी –
निम्नवर्गीय परिवारहरूले राजधानीको शैक्षिक संरचनाको उपयोग गर्दै निजी विद्यालय, कलेज, कन्सल्टेन्सीमार्फत अन्तर्राष्ट्रिय अध्ययन अवसर खोजे । यसले पहिलो पुस्ता–अनौपचारिक उद्यमी, दोस्रो पुस्ता–औपचारिक पेशेवरको रुपमा सामाजिक रूपान्तरण सम्भव बनायो ।

शहरी अर्थतन्त्रमा योगदान
सस्तो उपभोग्य वस्तु, स्थानीय थोक बजार सक्रियता, घरभाडा र यातायात क्षेत्रमा माग, नगद अर्थचक्र सुदृढीकरण । यसरी निम्नवर्गले केबल जीविका चलाएको मात्र थिएन; सहरको दैनिक अर्थचक्रलाई गतिशील बनाएको थियो ।
३ नीतिगत कडाइ र अवरोध
२०७९ सालपछि सञ्चालन भएको फुटपाथ खाली गराउने अभियानले शहरी अनुशासनलाई प्राथमिकता दिए पनि वैकल्पिक पुनस्र्थापना, संवाद प्रक्रिया र आय–सुरक्षा संयन्त्र कमजोर हुँदा निम्नवर्गीय परिवारमा तत्काल आय–विच्छेद (Income shock) उत्पन्न भयो । दैनिक आम्दानीमा निर्भर यी परिवारहरू बचत र सामाजिक सुरक्षाको अभावका कारण ऋण, शिक्षा अवरोध र स्वास्थ्य जोखिमतर्फ धकेलिए ।

परिणामस्वरूप शैक्षिक निरन्तरतामा जोखिम, ऋणभार बृद्धि, अन्तरपुस्तीय उक्लाइ अवरुद्ध भयो ।
४. काठमाडौँ मार्गबाट ‘खाडी–मार्ग’ तर्फ
पहिलेको मोडलः
फुटपाथ व्यवसाय → शिक्षा पहुँच → कलेज → युरोप/अमेरिका/अस्ट्रेलिया → मध्यम वर्गमा उक्लाई ।
हालको अनुभूत ः दोश्रो मोडल
आय अवरोध → वैकल्पिक जीविका संकट → खाडी÷मलेसिया÷भारत श्रम–पलायन → रेमिटेन्समार्फत आधारभूत शिक्षा तथा दैनिक जिवनयापन ।
दोस्रो मोडलले जीविका जोगाए पनि दीर्घकालीन सामाजिक गतिशीलताको गुणस्तर घटाएको पाइन्छ । मानवपुँजि निर्माणभन्दा आय–प्रतिस्थापन प्राथमिकता बनेको छ । स्वरोजगारीको अवसरलाई घटाएर बेरोजगारी र बिदेश पलायनको मात्रालाई ह्वात्तै बढाएको छ ।

१. फुटपाथ ब्यवस्थापनमा अन्तर्राष्ट्रिय अभ्यास र सन्तुलनको सम्भावना
–Indian Street Vendors Act मार्फत कानुनी मान्यता र Town Vending Committeesस्थापना भयो ।
–Singaporean hawker centre मोडलमार्फत अनौपचारिक व्यापारलाई पूर्वाधारयुक्त बजारमा रूपान्तरण ग¥यो ।
–Bangkok मा लाइसेन्स र समय–क्षेत्र आधारित प्रणाली छ ।
–Californian Safe Sidewalk Vending Act मार्फत अपराधीकरण घटाएर नियमनलाई प्राथमिकता दिइयो ।
यी उदाहरणहरूले शहरी अनुशासन र जीविका अधिकारबीच सन्तुलन सम्भव देखाउँछन् । शहरी अनुशासन कायम गर्नु आवश्यक छ तर जीविका खोस्ने गरी होइन ।
व्यवस्था + वैकल्पिक रोजगारी + सामाजिक सुरक्षा = सन्तुलित समाधान ।
यदि सरकारले व्यवस्थापन र पुनस्र्थापनालाई प्राथमिकता दिन्छ भने शहरी अनुशासन र जीविका अधिकारबीच सन्तुलन सम्भव छ ।
६. नीतिगत सिफारिसहरू (Policy Recommendations_)

(१) Street Vendor Act

दर्ता प्रणाली
प्रतिनिधिमूलक समिति
स्पष्ट क्षेत्र निर्धारण गर्ने ।
(२) Zone आधारित शहरी योजना लागु गर्ने ।
Red, Yellow, Green Zone  तथा पैदलमार्गमा प्राथमिकता
(३) Hawker Centre पूर्वाधार
व्यवस्थित पूर्वाधार + स्वच्छता–सुरक्षा + न्यून शुल्क = दीगो समाधान ।
यसरी, व्यवसायीलाई हटाउने होइन, व्यवस्थित गर्ने नीति अपनाउँदा निम्न कुरा फाइदा हुन्छ ।
–शहरी अनुशासन कायम हुन्छ
–निम्नवर्गीय परिवारको आय सुरक्षित हुन्छ
–सामाजिक–आर्थिक असमानता कम गर्न सहयोग पुग्छ ।
(४) मानवपुँजि सुरक्षाकवच
विद्यार्थी शुल्क–समर्थन कोष
सूक्ष्म बीमा तथा
व्यवसायिक तालिमको ब्यवस्था गर्ने ।
(५) विकेन्द्रीकरण
प्रदेशस्तरमा उद्योग, शिक्षा–स्वास्थ्य सेवा विस्तार ।

काठमाडौँ लामो समयसम्म निम्नवर्गीय नागरिकका लागि उक्लाइको संरचना थियो । सानो फुटपाथ उद्यमले मानवपुँजि निर्माण र सामाजिक गतिशीलताको ढोका खोल्थ्यो । जब व्यवस्थापनबिना बजार हटाउने नीति लागू भयो त्यसबाट उक्लाइ संरचना अवरुद्ध भएको अनुभूति भएको छ । शहरलाई व्यवस्थित बनाउनु आवश्यक छ तर सामाजिक गतिशीलताको मार्ग जोगाउनु अझ महत्वपूर्ण कुरा हो।

यदि नीति केबल दृश्यात्मक सौन्दर्यमा सीमित भयो भने वर्गीय पुनरुत्पादन (Class Reproduction) बलियो हुनेछ। (Inclusive Regulation) मानवपुँजि सुरक्षा ( Human Capital Protection) र विकेन्द्रीकृत विकासतर्फ उन्मुख भयो भने काठमाडौँ पुनः निम्नवर्गका लागि अवसरको शहर बन्न सक्छ ।

निष्कर्ष
गरिब हटाउनु सजिलो छ तर गरिबी हटाउनु कठिन कार्य हो । इतिहासले सधैं कठिन बाटो रोज्ने शासनलाई रुचाएको पाइन्छ । अब प्रश्न उठ्छ काठमाडौंको तीनवर्षे शासनकालमा नै काठमाडौंबाट गरिब हटाउन सिपालु बालेन साहले भोलि देशको प्रधानमन्त्री भए भने देशबाट गÞरिबी हटाउ्लान कि गरिब ? त्यसैले सबै मतदाताहरुले आफूले आफैलाइ प्रश्न गरौ । अहिले सोचबिचार गरेर निर्णय लिने बेला आएको छ ।
(कपन काठमाडौं निवासी गौतम अहिले डेनमार्कमा बस्छन्)

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बजेटपछिको शेयर बजार: भ्रम चिर्दै, लमक्क लम्कदै

बजेटपछिको शेयर बजार: भ्रम चिर्दै, लमक्क लम्कदै

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०६

नेपालको शेयर बजार अहिले सतहमा हेर्दा केही सुस्त देखिए पनि...

मे दिवसको अवसरमा सरकारलाई चेतावनी: ट्रेड युनियन खारेज गर्ने तयारीविरुद्ध आन्दोलनको आँधी आउने संकेत

मे दिवसको अवसरमा सरकारलाई चेतावनी: ट्रेड युनियन खारेज गर्ने तयारीविरुद्ध आन्दोलनको आँधी आउने संकेत

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १२:३२

काठमाडौँ ।आज मे १ अर्थात् १३७औँ विश्व मजदुर दिवस ।...

मातातीर्थ औँसी : परम्पराबाट डिजिटल अभिव्यक्तिसम्म

मातातीर्थ औँसी : परम्पराबाट डिजिटल अभिव्यक्तिसम्म

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:३४

मातातीर्थ औँसी अहिले दुई फरक धारको संगममा उभिएको देखिन्छ ।...

सातै प्रदेशमा अटिजमका लागि नमुना विद्यालय: अवसर र चुनौती

सातै प्रदेशमा अटिजमका लागि नमुना विद्यालय: अवसर र चुनौती

वि.सं.२०८२ चैत २५ बुधवार ११:०७

परम्परागत विद्यालय प्रणालीमा समेट्न कठिन हुने भएकाले विशेष शिक्षण विधि,...

बढ्दो अटिजम, सीमित तयारी : सरकारी योजना र नीति कमजोर

बढ्दो अटिजम, सीमित तयारी : सरकारी योजना र नीति कमजोर

वि.सं.२०८२ चैत १९ बिहीवार १०:५७

सन्दर्भ : विश्व अटिजम जागुरकता दिवस अटिजम कुनै आमाको गल्तीले...

बालबालिकामा के कारणले गर्दा क्यान्सर लाग्छ भन्न सकिदैन् : डा.पण्डित

बालबालिकामा के कारणले गर्दा क्यान्सर लाग्छ भन्न सकिदैन् : डा.पण्डित

वि.सं.२०८२ चैत १८ बुधवार १२:०३

डा.अन्जली पण्डित बाल क्यान्सररोग विशेषज्ञ काठमाडौं । नेपालमा प्रत्येक वर्ष...