स्किल फेस्ट २०२५ पुल्चोकस्थित इम्बार्क कलेजमा हुँदै
वि.सं.२०८१ पुस २८ आइतवार
काठमाडौं । ग्लोकल प्रा.लि.अन्तर्गतको संस्था ग्लोकल आफ्टर स्कूलको स्किल वीकको छैठौं संस्करण सुरु भएको छ ।
यही पुष २२ देखि २९ सम्म संचालन हुने यो सप्ताहव्यापी कार्यक्रमले शैक्षिक क्षेत्र र उद्योगबीचको दूरी घटाउँदै विभिन्न कार्यशाला,प्रतियोगिता र नेटवर्किङका अवसरमार्फत युवाहरूको रोजगार क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ ।
पहिलेका संस्करणहरूको सफलतामा आधारित स्किल वीक २०२५ विज्ञान र प्रविधि,कला र संस्कृति, पर्यटन र आतिथ्य सेवा र उद्यमशीलता नामक चार प्रमुख क्षेत्रमा केन्द्रित छ ।
“स्किल फेस्ट सीपको महोत्सव” कार्यक्रम युवाहरूका लागि सीप परीक्षण र अन्वेषण गर्ने अवधारणालाई प्रवर्धन गर्ने उद्देश्यले आयोजना भइरहेको छ । यो कार्यक्रम युवाहरूका लागि खुला प्लेटफर्म हो, जहाँ उनीहरूले विभिन्न सीप, तिनको महत्त्व र बजार सम्भावनाका बारेमा जान्न र सिक्न सक्छन्। स्किल फेस्टमा आकर्षक कार्यशाला, सीप प्रदर्शनी,प्रतियोगिता,रोचक खेलहरू,केस स्टडी प्रस्तुतिहरू,स्वादिष्ट खानाका परिकार, सङ्गीत र सीपमा आधारित मनोरञ्जन कार्यक्रम, तथा रोजगारी मेला हुनेछ ।
पुष २९ मा बहुप्रतिक्षित सीईओ अनप्लग्ड फोरम सन्चालन हुनेछ । यो फोरमले उद्यमी,व्यापारी र विद्यार्थीहरूलाई वर्तमान व्यापार चुनौतीहरू र भविष्यका सम्भावनाहरूका बारेमा छलफल गर्न एकै स्थानमा ल्याउनेछ । कार्यक्रमको समापन समारोहमा स्किल हिरो अवाड्र्स प्रदान गरिनेछ,जसले कला र संस्कृति, पर्यटन र आतिथ्य सेवा, विज्ञान र प्रविधि, र उद्यमशीलता क्षेत्रमा असाधारण योगदान दिएका व्यक्तिहरूलाई सम्मान गर्नेछ ।
स्किल वीक २०२५ का लागि हामी उत्साहित छौं,जसलाई इम्पावर्ड बाइ पार्टनरको रुपमा इम्बार्क कलेजले समर्थन गरेको छ । कार्यक्रमलाई सभ्य र भव्य बनाउनका लागि यो कार्यक्रम विभिन्न संस्थाको साझेदारीमा हुन गईरहेको छ । सीएनआई र नेपाल चेम्बर अफ कमर्सले इन्डोर्स गरेको यो कार्यक्रममा नेपाल पर्यटन बोर्ड,युरोपियन युनियन,भारतीय दूतावास र अस्ट्रेलियन दूतावास रणनीतिक साझेदार रहेका छन् ।
होन्डा,कोका–कोला, डब्लुडब्लुएफ नेपाल,सीजी मोटर्स साझेदार रहेको यो कार्यक्रममा यूएनडीपी र यूके स्किल्स पार्टनरशिप प्राविधिक सहयोगीको रुपमा रहेका छन् भने होटल पार्टनर द सोल्टी काठमाडौं,इन्टरनेट पार्टनर वल्र्डलिंक,एयरलाइन्स पार्टनर यति एयरलाइन्स र आउटरीच पार्टनर एनएनक्यु रहेका छन् ।
प्रकाशित समय : १७:५२ बजे





















