back

सेयर बजारमा नयाँ रेकर्ड

काठमाडौं – सेयर बजारले आज नयाँ रेकर्ड राखेको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक १७ दशमलव २० अंकले बढेर २६९१.५५ को बिन्दुमा पुगी रोकिएको छ । सेयर बजार २७ सय बिन्दु नजिक पुगेको हो । सेयर बजार ०.६४ प्रतिशतले बढेको हो । अघिल्लो मंगलबार नेप्से परिसूचक १५ दशमलव ७२ अंकले बढेर २६ सय ७४ दशमलव ४६ को बिन्दुमा पुगी नयाँ रेकर्ड राखेको थियो ।

साताको अन्तिम दिन बिहिबार सेयर कारोबार मापक नेप्से परिसूचक २ दशमलव ७४ अंकले बढेर २६ सय ७४ दशमलव ३५ को बिन्दुमा पुगेर रोकिएको थियो । साताको पहिलो दिन आइतबार सार्वजनिक बिदा थियो । जसको कारण सेयर बजार बन्द थियो ।  तीन दिनपछि खुलेको बजारले आज नयाँ रेकर्ड कायम गरेको हो। 

त्यस्तै, सेन्सेटिभ परिसूचक ३ दशमलव ७८ अंकले बढेर ४८० दशमलव २९ पुगेको छ । कूल २ सय १६ कम्पनीको सेयर कारोबार भएको छ । कूल २ सय १६ कम्पनीको एक करोड ३६ लाख ३२ हजार ८ सय कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ५० करोड ४७ लाख २१ हजार ७ सय २९ रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार २ सय ७ वटा कम्पनीको एक करोड ३२ लाख ४३ हजार ३ सय ६५ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ४७ करोड ३४ लाख १६ हजार २ सय ७४ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

१३ उपसमूह मध्ये ७ वटा उपसमूहको सेयर बढेको छ भने ६ वटा उपसमूहको सेयरमूल्य घटेको छ । बैंकिङ्ग समूहको सेयर ०.९८ प्रतिशतले बढेको छ । त्यसैगरी, विकास बैंक, निर्जीवन बीमा, उत्पादन, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्ड समूहको सेयरमूल्य बढेको छ ।होटल र पर्यटन, फाइनान्स,  व्यापार, हाइड्रोपावर,  लगानी र अन्य समूहको सेयरमूल्य घटेको छ ।


melung
उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

वि.सं.२०८० साउन २४ बुधवार १७:०५

काठमाडौं । अरु देशमा जसरि सम्भावित जोखिमलाई घटाउन र व्यवसाय...

आइएमई लाइफ इन्स्योरेन्सको साढे १५ करोड बराबरको सेयर किनबेच, कति पुग्यो मूल्य ?

आइएमई लाइफ इन्स्योरेन्सको साढे १५ करोड बराबरको सेयर किनबेच, कति पुग्यो मूल्य ?

वि.सं.२०८० साउन २४ बुधवार १६:३८

काठमाडौं । कारोबारमा आएको तेस्रो दिन आइएमई इन्स्योरेन्स साढे १५...

धितोपत्र बोर्डका वार्षिक योजना सार्वजनिक : ‘इन्ट्रा डे’ कारोबार सुरु गर्नेदेखि ‘डेरिभेटिभ मार्केट’ चलाउनेसम्म

धितोपत्र बोर्डका वार्षिक योजना सार्वजनिक : ‘इन्ट्रा डे’ कारोबार सुरु गर्नेदेखि ‘डेरिभेटिभ मार्केट’ चलाउनेसम्म

वि.सं.२०८० साउन १५ सोमवार १४:१५

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८०/८१ को...

शेयर धितो कर्जाको जोखिम भार कति तोक्ने भन्नेमा हामी स्पष्ट छौँ : गभर्नर

शेयर धितो कर्जाको जोखिम भार कति तोक्ने भन्नेमा हामी स्पष्ट छौँ : गभर्नर

वि.सं.२०८० साउन ८ सोमवार १०:४९

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शेयर, घरजग्गा र...

बजार दोहोरो अकंले बढ्यो, परिसूचक २१ सय नजिक

बजार दोहोरो अकंले बढ्यो, परिसूचक २१ सय नजिक

वि.सं.२०८० असार २७ बुधवार १५:२६

काठमाडौं । असार मसान्तको प्रभावले दुई दिन निरन्तर घटेको बजार...

कमलादीको स्काइवाक आजदेखि खुला,टावरमाथि सिसामा हिँड्दा आकाशमा हिँडेजस्तो महसुस हुने

कमलादीको स्काइवाक आजदेखि खुला,टावरमाथि सिसामा हिँड्दा आकाशमा हिँडेजस्तो महसुस हुने

वि.सं.२०८० असार १५ शुक्रवार १०:०७

काठमाडौँ । एक सय ३४ वर्षअघि फ्रान्सको पेरिसमा निर्मित आइफल...