back

कुमारी बैंकको क्युआर भुक्तानी सेवा शान्तिनगर पशुपति एग्रो मार्टमा

काठमाडौं – कुमारी बैंक लिमिटेडले तिनकुने, शान्तिनगरस्थित तरकारी तथा फलफूल बजार, पशुपति एग्रो मार्टमा मोबाइल फोनबाट सहज र सुरक्षित क्युआर कोड भुक्तानी सेवाको विस्तार गरेको छ ।

कुमारी बैंकका संचालक समितिका अध्यक्ष अमिर प्रताप ज.ब. राणाको सभापतित्व तथा पशुपति एग्रो मार्टका अध्यक्ष राजु कुमार खत्रीको प्रमुख आतिथ्य, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, लगायतआमन्त्रित अतिथिहरुको उपस्थितिमा क्यू आर स्ट्याण्ड तरकारी व्यवसायीहरुलाई हस्तान्तरण गरिएको थियो ।कुमारी बैंक लिमिटेडले नगद कारोबारकोे विकल्पमा आफ्नो मोबाइल एपमार्फत क्यु आर भुक्तानी गर्न सकिने डिजिटल प्रविधिलाई प्रवर्धन गर्दै आईरहेको छ ।

“यस क्यु आर प्रणाली अन्तर्गतको भुक्तानीमानगदबोक्नु नपर्ने, नगद हराउने÷चोरी हुने सम्भावना नरहने, आफ्नो बैंक खाताबाट सिधै भुक्तानीगर्न मिल्ने जस्ता फाइदाहरु रहेका छन् ।

त्यसैगरी, व्यवसायीहरु हरेक दिनबिक्रीगरिएको रकमजम्मागर्न बैंक धाई राख्नुपर्र्नेेे तथाखुद्रा पैसा बोक्नुपर्ने झन्झटबाट पनि मुक्त हुनेछन् । उक्त सेवाको प्रयोग गर्दा अतिरिक्त शुल्क पनि लाग्ने छैन’, कुमारी बैंकक प्रमुखकार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले जानकारी गराउनु भयो ।

क्यू आर कोड भुक्तानी मर्चेन्टको संख्या र पहुँच दिनानुदिन बढ्दै गइरहेको हुनाले सो प्रणाली नगदरहित कारोबारको एक उत्कृष्ट र भरपर्दो माध्यम बन्न जाने बैंकले विश्वस्त भएको जनाएको छ । डिजिटल भुक्तानीमा विश्वसनियता बढाउन र नगदरहित कारोबारलाई थप प्रोत्साहनगर्न बैंकले समय समयमा डिजिटल कारोबार सम्बन्धी सचेतनाकार्यक्रमहरु समेत गर्दै आइरहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सम्पत्ति शुद्धीकरण विभागद्वारा ७ मुद्दा अभियोजन: १२१ जना प्रतिवादी, रु १ खर्ब १८ अर्ब बढी बिगो दाबी

सम्पत्ति शुद्धीकरण विभागद्वारा ७ मुद्दा अभियोजन: १२१ जना प्रतिवादी, रु १ खर्ब १८ अर्ब बढी बिगो दाबी

वि.सं.२०८३ साउन ८ शुक्रवार १२:५०

काठमाडौँ । सम्पत्ति शुद्धीकरण विभागले आर्थिक वर्ष २०८२/८३ मा सातवटा...

विदेशी मुद्रा र भारु ओसारपसारमा राष्ट्र बैंकको नयाँ नियम: कुन मुद्रा कति बोक्न पाइन्छ?

विदेशी मुद्रा र भारु ओसारपसारमा राष्ट्र बैंकको नयाँ नियम: कुन मुद्रा कति बोक्न पाइन्छ?

वि.सं.२०८३ साउन ७ बिहीवार २०:१२

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको कारोबार र ओसारपसारसम्बन्धी...

८३ दिनका लागि एक खर्ब निक्षेप उठाउँदै नेपाल राष्ट्र बैंक

८३ दिनका लागि एक खर्ब निक्षेप उठाउँदै नेपाल राष्ट्र बैंक

वि.सं.२०८३ साउन ६ बुधवार ११:१८

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन...

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

वि.सं.२०८३ साउन ६ बुधवार ११:१५

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेपालका सातवटै प्रदेशका लागि ’प्रदेश...

सक्कली बिल लिँदा दैनिक लखपति बन्न सकिनेः सरकारले ल्यायो करदाता प्रोत्साहन उपहार कार्यक्रम

सक्कली बिल लिँदा दैनिक लखपति बन्न सकिनेः सरकारले ल्यायो करदाता प्रोत्साहन उपहार कार्यक्रम

वि.सं.२०८३ साउन ५ मंगलवार १४:०६

काठमाडौं । उपभोक्ताहरूले सामान खरिद गर्दा अनिवार्य रूपमा सक्कली बिल...

एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य

एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य

वि.सं.२०८३ साउन ४ सोमवार १५:४१

काठमाडौँ । डिजिटल बैंकिङ्गलाई अझ सहज र छिटो बनाउनका लागि...