back
skip this gaugauma singhadarbar

कुमारी बैंकको क्युआर भुक्तानी सेवा शान्तिनगर पशुपति एग्रो मार्टमा

काठमाडौं – कुमारी बैंक लिमिटेडले तिनकुने, शान्तिनगरस्थित तरकारी तथा फलफूल बजार, पशुपति एग्रो मार्टमा मोबाइल फोनबाट सहज र सुरक्षित क्युआर कोड भुक्तानी सेवाको विस्तार गरेको छ ।

कुमारी बैंकका संचालक समितिका अध्यक्ष अमिर प्रताप ज.ब. राणाको सभापतित्व तथा पशुपति एग्रो मार्टका अध्यक्ष राजु कुमार खत्रीको प्रमुख आतिथ्य, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, लगायतआमन्त्रित अतिथिहरुको उपस्थितिमा क्यू आर स्ट्याण्ड तरकारी व्यवसायीहरुलाई हस्तान्तरण गरिएको थियो ।कुमारी बैंक लिमिटेडले नगद कारोबारकोे विकल्पमा आफ्नो मोबाइल एपमार्फत क्यु आर भुक्तानी गर्न सकिने डिजिटल प्रविधिलाई प्रवर्धन गर्दै आईरहेको छ ।

“यस क्यु आर प्रणाली अन्तर्गतको भुक्तानीमानगदबोक्नु नपर्ने, नगद हराउने÷चोरी हुने सम्भावना नरहने, आफ्नो बैंक खाताबाट सिधै भुक्तानीगर्न मिल्ने जस्ता फाइदाहरु रहेका छन् ।

त्यसैगरी, व्यवसायीहरु हरेक दिनबिक्रीगरिएको रकमजम्मागर्न बैंक धाई राख्नुपर्र्नेेे तथाखुद्रा पैसा बोक्नुपर्ने झन्झटबाट पनि मुक्त हुनेछन् । उक्त सेवाको प्रयोग गर्दा अतिरिक्त शुल्क पनि लाग्ने छैन’, कुमारी बैंकक प्रमुखकार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले जानकारी गराउनु भयो ।

क्यू आर कोड भुक्तानी मर्चेन्टको संख्या र पहुँच दिनानुदिन बढ्दै गइरहेको हुनाले सो प्रणाली नगदरहित कारोबारको एक उत्कृष्ट र भरपर्दो माध्यम बन्न जाने बैंकले विश्वस्त भएको जनाएको छ । डिजिटल भुक्तानीमा विश्वसनियता बढाउन र नगदरहित कारोबारलाई थप प्रोत्साहनगर्न बैंकले समय समयमा डिजिटल कारोबार सम्बन्धी सचेतनाकार्यक्रमहरु समेत गर्दै आइरहेको छ ।

nactional life -asoj
gaugauma singhadarbar

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक नेसनल कार्ड स्वीचमा आबद्ध, अब ‘नेपालपे’ कार्ड जारी गर्ने

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक नेसनल कार्ड स्वीचमा आबद्ध, अब ‘नेपालपे’ कार्ड जारी गर्ने

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार १२:४३

काठमाडौं। शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकहरूलाई राष्ट्रिय स्तरको भुक्तानी...

बैंकहरुको वित्तीय विवरण : कसले कति कमाए ?

बैंकहरुको वित्तीय विवरण : कसले कति कमाए ?

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार १२:३१

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुको नाफामा गिरावट...

१३.८६ प्रतिशत बढ्यो सानिमा बैंकको नाफा

१३.८६ प्रतिशत बढ्यो सानिमा बैंकको नाफा

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार १२:२३

काठमाडौं । सानिमा बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

नबिल बैंकको नाफामा गिरावट

नबिल बैंकको नाफामा गिरावट

वि.सं.२०८२ कात्तिक २० बिहीवार १५:०८

काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको...

कृषि विकास बैंकको लाभांश घोषणा

कृषि विकास बैंकको लाभांश घोषणा

वि.सं.२०८२ कात्तिक २० बिहीवार १५:०४

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट...

तीन महिनामा जीवन बीमा कम्पनीले आर्जन गरे ४९ अर्ब २२ करोड बीमा शुल्क, कुनले कति आर्जन गरे ?

तीन महिनामा जीवन बीमा कम्पनीले आर्जन गरे ४९ अर्ब २२ करोड बीमा शुल्क, कुनले कति आर्जन गरे ?

वि.सं.२०८२ कात्तिक २० बिहीवार १५:००

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा जीवन बीमा कम्पनीले...