back

नेप्सेमा १०.३० अंकको वृद्धि, काराेबार रकम पनि सामान्य बढ्याे

काठमाडौं । बुधबार नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्ला २ कारोबार दिनदेखि बढिरहेको नेप्सेले पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

नेप्से परिसूचक १०.३० अंक बढेर २६४८.९० विन्दुमा पुगेको छ। त्यस्तै सेन्सेटिभ इण्डेक्स १.२० अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.८५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४४ अंक बढेको छ।नेप्सेसँगै  कारोबार रकम पनि सामान्य बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ४ अर्ब २३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा  ३३३ स्टकको ४८ हजार ६४० पटकको कारोबारमा ४ अर्ब ४५ करोड ११ लाख ४९ हजार रुपैयाँबराबरको १ करोड ४ लाख ५६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सालपा विकास बैंक र रिलायन्स स्पिनिङ्ग मिल्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यस्तै विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने सुपरमाई हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको हिमालयन पावर पार्टनरको शेयरमूल्य सर्वाधिक ५.९८ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको  २८ करोड ६९ लाख १९ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै ङादी ग्रुप पावरको करिब साढे २५ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने एसवाई प्यानल नेपालको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ।  जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.७९ प्रतिशत बढेको छ।  वित्त, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य घटेको हो।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अब जुनसुकै समयमा शेयर कारोबार: LSE ले ल्याउँदैछ २४ घण्टे अनवरत कारोबार प्रणाली

अब जुनसुकै समयमा शेयर कारोबार: LSE ले ल्याउँदैछ २४ घण्टे अनवरत कारोबार प्रणाली

वि.सं.२०८३ साउन ६ बुधवार १८:१८

काठमाडौँ । सामान्यतया विश्वभरका शेयर बजारहरू निश्चित कार्यालय समयभित्र सीमित...

सेयर बजारको संकट: सिंहदरबार पुग्यो सुधारको १२ बुँदे एजेन्डा (सूचीसहित)

सेयर बजारको संकट: सिंहदरबार पुग्यो सुधारको १२ बुँदे एजेन्डा (सूचीसहित)

वि.सं.२०८३ साउन ४ सोमवार १५:५०

काठमाडौँ । नेप्सेको निरन्तर गिरावट र लगानीकर्ताको खस्कँदो मनोबललाई चिर्न...

दोहोरो अंकले बढ्यो सेयर बजार

दोहोरो अंकले बढ्यो सेयर बजार

वि.सं.२०८३ साउन ४ सोमवार १५:३९

काठमाडौं । साताको पहिलो कारोबर दिन सेयर बजारमा दोहोरो अंकले...

पूँजी बजार सुधार्न प्रधानमन्त्री शाहको ‘रोडम्याप’: के सिंहदरबारको बैठकले फर्काउला नेप्सेमा हरियाली?

पूँजी बजार सुधार्न प्रधानमन्त्री शाहको ‘रोडम्याप’: के सिंहदरबारको बैठकले फर्काउला नेप्सेमा हरियाली?

वि.सं.२०८३ साउन ४ सोमवार १३:४५

काठमाडौँ। नयाँ सरकार गठन भएसँगै पूँजी बजारमा जुन ऐतिहासिक उत्साह...

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

वि.सं.२०८३ साउन १ शुक्रवार १५:२१

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन...

७ अंकले बढ्यो सेयर बजार

७ अंकले बढ्यो सेयर बजार

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सुधार आएको...