back

नेप्से परिसूचक २१.६२ अंकले बढ्यो

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक बढेर बन्द भएको छ ।

अघिल्लो कारोबार दिन सोमबार सामान्य अंकले बढेको बजारले मंगलबार पनि सोही लयलाई निरन्तरता दिएको हो ।

यस दिन नेप्से परिसूचक २१.६२ अंकले बढेर २६३८.६० विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.३१ अंकले वृद्धि भएको छ भने फ्लोट इण्डेक्स १.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९० अंकले उकालो लागेको छ ।

परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ। सोमबार ५ अर्ब १३ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको बजारमा मंगलबार ३२८ स्टकको ४९ हजार ९३ पटकको कारोबारमा ४ अर्ब २३ करोड २४ लाख ७ हजार रुपैयाँ बराबरको ९३ लाख ६४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

मंगलबार पनि सालपा विकास बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। बैंकको शेयरमूल्य ४३ रुपैयाँ ९० पैसा बढेर ४८३ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ।

त्यस्तै, रिलायन्स स्पिनिङ मिल्स र हिमालयन पावर पार्टनरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ भने सागर डिष्टिलरीको शेयरमूल्य करिब ९ प्रतिशतले उकालो लागेको छ । यस दिन घटेका स्टकहरुको मूल्य गिरावट दर भने ४ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ३७ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

त्यस्तै, आँखुखोला जलविद्युत कम्पनीको साढे २४ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने राधी विद्युत कम्पनीको कारोबार रकम १६ करोड रुपैयाँ नाघेको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूह सर्वाधिक २.०२ प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंक, जलविद्युत, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अब जुनसुकै समयमा शेयर कारोबार: LSE ले ल्याउँदैछ २४ घण्टे अनवरत कारोबार प्रणाली

अब जुनसुकै समयमा शेयर कारोबार: LSE ले ल्याउँदैछ २४ घण्टे अनवरत कारोबार प्रणाली

वि.सं.२०८३ साउन ६ बुधवार १८:१८

काठमाडौँ । सामान्यतया विश्वभरका शेयर बजारहरू निश्चित कार्यालय समयभित्र सीमित...

सेयर बजारको संकट: सिंहदरबार पुग्यो सुधारको १२ बुँदे एजेन्डा (सूचीसहित)

सेयर बजारको संकट: सिंहदरबार पुग्यो सुधारको १२ बुँदे एजेन्डा (सूचीसहित)

वि.सं.२०८३ साउन ४ सोमवार १५:५०

काठमाडौँ । नेप्सेको निरन्तर गिरावट र लगानीकर्ताको खस्कँदो मनोबललाई चिर्न...

दोहोरो अंकले बढ्यो सेयर बजार

दोहोरो अंकले बढ्यो सेयर बजार

वि.सं.२०८३ साउन ४ सोमवार १५:३९

काठमाडौं । साताको पहिलो कारोबर दिन सेयर बजारमा दोहोरो अंकले...

पूँजी बजार सुधार्न प्रधानमन्त्री शाहको ‘रोडम्याप’: के सिंहदरबारको बैठकले फर्काउला नेप्सेमा हरियाली?

पूँजी बजार सुधार्न प्रधानमन्त्री शाहको ‘रोडम्याप’: के सिंहदरबारको बैठकले फर्काउला नेप्सेमा हरियाली?

वि.सं.२०८३ साउन ४ सोमवार १३:४५

काठमाडौँ। नयाँ सरकार गठन भएसँगै पूँजी बजारमा जुन ऐतिहासिक उत्साह...

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

वि.सं.२०८३ साउन १ शुक्रवार १५:२१

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन...

७ अंकले बढ्यो सेयर बजार

७ अंकले बढ्यो सेयर बजार

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सुधार आएको...