back

नेप्से सूचकमा दोहोरो अंक गिरावट निरन्तर, पौने ११ अर्बको कारोबार

nactional life

काठमाडौं। नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावटले सोमबार पनि निरन्तरता पाएको छ । आइतबार १०.२४ अंक घटेको नेप्से सोमबार २६.०५ अंक घटेको हो ।

आगामी २१ फागुनमा तय प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सेयर बजार भने नकारात्मक देखिएको छ । निवार्चन समयमा भएको खण्डमा सेयर बजारमा लगानी बढ्ने अनुमान गरिए पनि चुनाव नजिकिएसँगै बजारमा देखिएको नैराश्यताले आमलगानीकर्ताको मनोबल कमजोर बनाएको देखिन्छ ।

सोमबार कारोबार सुरु भएदेखि नै नेप्से निरन्तर ओरालो नै रह्यो । कारोबारको अन्तिम समयमा भने घट्ने क्रममा कमी आएको थियो । सोमबार कारोबार सुरु हुँदा २६९८.४५ अंकमा रहेको नेप्से सूचक २६ अंक घटेर बन्द हुँदा २६७२.३९ मा झरेको छ ।

सोमबार नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आए पनि समग्र बजार सूचक नकारात्मक भएको हो । नेप्सेमा यस दिन २ सय १२ कम्पनीको सेयर मूल्य घटेको छ ।

सोमबार ४६ कम्पनीको सेयर मूल्य बढ्दा खानीखोला र रिडी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । यस दिन नेप्सेमा कारोबार भएका ६ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएन ।

सोमबार नेप्सेमा कारोबार भएका अधिकांश समूहगत परिसूचक पनि घटेका छन् । यस दिन बैंकिङ १०.६अंक घटेको छ भने विकास बैंक ७९.०७, वित्त ५८.१३ अंक घटेका छन् ।

त्यसैगरी होटल १०४.२०, जलविद्युत् १९.६१, लगानी ०.९५, जीवन बीमा १२५.४२, उत्पादनमूलक ११४.२०, लघुवित्त ३०.०६, सामूहिक लगानी कोष ०.१०, निर्जीवन बीमा १५९.१७ र अन्य समूह ४६.७५ अंक घटेका छन् । तर, सोमबार नेप्सेमा कारोबार भएको व्यापार समूहमात्र ९.०१ अंक बढेको छ । सोमबार नेप्सेमा ३ सय २४ कम्पनीको १ लाख २ हजार २ सय ८१ कारोबारबाट २ करोड ६७ लाख ६६ हजार ३ सय ४७ कित्ता सेयर १० अर्ब ७७ करोड रुपैयाँमा खरिद–बिक्री भएको छ । यो कारोबार रकम आइतबारको तुलनामा थोरै हो । आइतबार नेप्सेमा ११ अर्ब ५९ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

वि.सं.२०८३ जेठ २७ बुधवार १६:२५

काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको...

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट

वि.सं.२०८३ जेठ २७ बुधवार १३:३८

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडको प्राथमिक सेयर (आईपीओ)  बाँडफाँट भएको छ...

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ जेठ २७ बुधवार ०८:४७

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक...

नेप्सेमा २०.२७ अंकको गिरावट, वित्त बाहेक सबै उपसमूह राताम्मे, सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार

नेप्सेमा २०.२७ अंकको गिरावट, वित्त बाहेक सबै उपसमूह राताम्मे, सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार

वि.सं.२०८३ जेठ २५ सोमवार १५:३४

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द...

सेबोनको ३४औँ वार्षिकोत्सवमा अध्यक्ष खत्रीको प्रतिबद्धता—ऋण बजारको विकास र एनआरएनलाई शेयर बजारमा भित्र्याइने

सेबोनको ३४औँ वार्षिकोत्सवमा अध्यक्ष खत्रीको प्रतिबद्धता—ऋण बजारको विकास र एनआरएनलाई शेयर बजारमा भित्र्याइने

वि.सं.२०८३ जेठ २५ सोमवार १४:४५

काठमाडौँ। नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष उत्तरकुमार खत्रीले मुलुकमा...

एपोलो हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

एपोलो हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

वि.सं.२०८३ जेठ २५ सोमवार १४:३२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एपोलो हाइड्रोपावर लिमिटेडको...