back

शेयर बजारमा चुनावी प्रभाव : नेप्सेमा ४२ अंकको वृद्धि, कारोबार रकम ११ अर्ब नाघ्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजारमा उत्साहजनक सुधार देखिएको छ। देशमा चुनावी माहोल तातिएसँगै लगानीकर्ताको मनोबल उच्च भएर त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारमा पनि देखिएको हो । अघिल्लो कारोबार दिन आइतबार बढेर बन्द भएको नेप्से परिसूचकले मंगलबार पनि सोही क्रमलाई निरन्तरता दिँदै मजबुत उकालो यात्रा तय गरेको हो ।

मंगलबार नेप्से परिसूचक ४२.२६ अंकले बढेर २७१४.८१ विन्दुमा पुगेको छ । यससँगै सेन्सेटिभ इण्डेक्स ७.८२ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ३.१९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८७ अंकले उकालो लागेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ । आइतबार ८ अर्ब ४० करोड रुपैयाँमा सीमित रहेको बजार मंगलबार ११ अर्ब ८५ करोड ८४ लाख रुपैयाँ नाघेको छ । यस दिन ३३९ स्टकको १ लाख १५ हजार १८१ पटकको कारोबारमा २ करोड ५१ लाख ८५ हजार कित्ता शेयर किनबेच भएको हो ।

यस दिन गोर्खाज फाइनान्सको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कम्पनीको शेयर मूल्य ५६ रुपैयाँ २० पैसाले बढेर ६१८ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको हो । त्यस्तै, आँखु खोला जलविद्युत कम्पनीको शेयर मूल्य ८ प्रतिशतभन्दा बढीले बढ्दा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको शेयर मूल्य करिब ८ प्रतिशतले उकालो लागेको छ ।

यद्यपि, १०.७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ को मूल्य भने यस दिन ४.२३ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा मंगलबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रह्यो । कम्पनीको ४० करोड ७९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, राधी विद्युत कम्पनीको ३९ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच हुँदा मञ्जुश्री फाइनान्सको कारोबार रकम ३७ करोड रुपैयाँ नाघेको छ । यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये होटल तथा पर्यटन उपसमूह सर्वाधिक ३.३६ प्रतिशतले बढेको छ ।

लगानी उपसमूह साढे २ प्रतिशतले उकालो लाग्दा बैंकिङ्ग, विकास बैंक, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा तथा अन्य उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले बढेका छन् ।

nactional life
Corporatebazar 11 Anniversary

नेपाल चिया विकास निगमको सञ्चालन आम्दानी १ अर्ब माथि, आईपीओ निष्कासनको तयारी

नेपाल चिया विकास निगमको सञ्चालन आम्दानी १ अर्ब माथि, आईपीओ निष्कासनको तयारी

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:१२

काठमाडौं । नेपालको चिया क्षेत्रको प्रतिष्ठित नाम नेपाल चिया विकास...

बुक बिल्डिङ विधिबाट शेयर जारी गर्न नेप्सेसँग सम्झौता गर्ने कम्पनीको संख्या ७ पुग्यो

बुक बिल्डिङ विधिबाट शेयर जारी गर्न नेप्सेसँग सम्झौता गर्ने कम्पनीको संख्या ७ पुग्यो

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:४९

काठमाडौँ । बुक बिल्डिङ निर्देशिका बमोजिम प्राथमिक शेयर (IPO) निष्कासनका लागि...

नेप्सेमा झिनो गिरावट, कारोबार रकममा भने उत्साहजनक सुधार

नेप्सेमा झिनो गिरावट, कारोबार रकममा भने उत्साहजनक सुधार

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:३८

काठमाडौँ । पुँजी बजारमा गिरावट आउने क्रमले बुधबार पनि निरन्तरता पाएको...

सर्वोत्तम पेन्ट्सको आईपीओ वैशाख २१ देखि खुल्ने

सर्वोत्तम पेन्ट्सको आईपीओ वैशाख २१ देखि खुल्ने

वि.सं.२०८३ वैशाख ९ बुधवार ०९:०३

काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन...

भट्ट र अग्रवाल समूहद्वारा ‘उधारो’मा सेयर कारोबार: धितोपत्र बोर्डको प्रतिवेदनले खोल्यो पोल

भट्ट र अग्रवाल समूहद्वारा ‘उधारो’मा सेयर कारोबार: धितोपत्र बोर्डको प्रतिवेदनले खोल्यो पोल

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:३१

काठमाडौँ । नेपालको धितोपत्र बजारमा प्रभावशाली व्यवसायीहरूले कानुनविपरीत 'उधारो'मा सेयर...

नेप्सेमा नयाँ प्रणालीको सुरुवातमै अन्योल: नेप्से परिसूचक १७.९१ अंकले घट्दा कारोबार रकम पनि खुम्चियो

नेप्सेमा नयाँ प्रणालीको सुरुवातमै अन्योल: नेप्से परिसूचक १७.९१ अंकले घट्दा कारोबार रकम पनि खुम्चियो

वि.सं.२०८३ वैशाख ८ मंगलवार १५:४९

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कार्यान्वयनमा ल्याएको नयाँ...