प्रि ओपन सेसनमा नेप्से परिसूचक ६.७४ अंकले बढ्यो
वि.सं.२०८२ पुस १४ सोमवार
काठमाडौं । साताको दोस्रो सेयर कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ६ अंकले बढेको छ। यो समयमा नेप्से परिसूचक ६.७४ अंकले बढेर २६४०.१६ विन्दुमा पुगेको हो।
प्रि ओपन सेसनमा ६९ वटा स्क्रिप्सको ७३ हजार ४७१ कित्ता सेयर ४ करोड ६६ लाख ४७ हजार ७०६ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ३३ वटा स्टक्सको मूल्य बढ्दा २७ वटाको घट्यो। बाँकी ७ स्टक्सको मूल्य भने स्थिर रह्यो। अघिल्लो दिन आइतबार नेप्से परिसूचक ४७.५५ अंकले बढेको थियो। सो दिन ५ अर्ब ५३ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।
प्रकाशित समय : ११:१० बजे






















