back
Naima

नेप्सेमा गिरावट, करोबार रकममा भने वृद्धि

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसुचक घटेको छ । यसअघि बिहीवार १०.४३ अंकले बढेको नेप्से परिसुचक आजभने २६.५१ अंकले घटेर २६४९.५२ विन्दुमा झरेर रोकिएको छ ।

आजको बजारमा सेन्सेटिभ इन्डेक्स ४.६७ र फ्लोट इन्डेक्स २.०६ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स पनि १.६६ अंकले घटेको छ ।

बिहिवारको बजारमा ६ अर्ब ६६ करोड २३ लाख ८३ हजार रुपैया बराबरको १ करोड ४६ लाख ९३ हजार कित्ता सेयर कारोबार भएकोमा आजको बजारमा कुल ३४२ स्टकको ७ अर्ब ८ करोड ५४ लाख रुपैयाँ बराबरको १ करोड ५७ लाख ३६ हजार कित्ता शेयर किनबेच भएको छ । यो किनबेच ८४ हजार १५६ पटकको कारोबारमा भएको हो ।

यस दिन पाँचवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सागर डिस्टिलरी, निफ्रा ग्रिन इनर्जी डिबेन्चर, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रिटेक इन्डस्ट्रिजको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

यस दिन एनएमबी डिबेन्चर २०९० को शेयर मूल्यमा सबैभन्दा धेरै गिरावट आएको छ । यस डिबेन्चरको मूल्य प्रतिकित्ता ८.९९ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा हिमालयन रिइन्स्योरेन्स, जोशी हाइड्रोपवार, ग्रिनभेन्चर लिमिटेड र एनआरएन इन्फ्राइन्स्टक्चर एण्ड डेभलपमेन्टको शेयर सबैभन्दा धेरै कारोर भएको छ ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक घटेको छ भने २ उपसमूहको परिसूचक बढेको छ । यस दिन उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो ।

यस दिन लगानी उपसमूहको परिसूचक सर्वाधिक १.४८ प्रतिशत घटेको छ । त्यस्तै, यस दिन बैंकिङ्ग, विकास बैंक, जलविद्युत, जीवन बीमा, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

दोहोरो अंकले घट्यो सेयर बजार

दोहोरो अंकले घट्यो सेयर बजार

वि.सं.२०८३ साउन २१ बिहीवार १५:१६

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

होटल सिराईचुलीले आईपीओ निष्कासन गर्ने

होटल सिराईचुलीले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८३ साउन २१ बिहीवार १०:५९

काठमाडौं । होटल सिराईचुली लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन...

नेपाल धितोपत्र बोर्डद्वारा प्राथमिक बजार सुधारका लागि उच्चस्तरीय कार्यदल गठन, पहिलो बैठक सम्पन्न

नेपाल धितोपत्र बोर्डद्वारा प्राथमिक बजार सुधारका लागि उच्चस्तरीय कार्यदल गठन, पहिलो बैठक सम्पन्न

वि.सं.२०८३ साउन २० बुधवार ०९:४१

काठमाडौँ । नेपालको पूँजीबजारको जग मानिने प्राथमिक बजार (Primary Market)...

साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट

साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८३ साउन १९ मंगलवार १८:२३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

सर्वसाधारणले किन्न मिल्ने गरी सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार कित्ता शेयर बिक्रीमा

सर्वसाधारणले किन्न मिल्ने गरी सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार कित्ता शेयर बिक्रीमा

वि.सं.२०८३ साउन १९ मंगलवार १३:२४

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको...

स्थानीय बासिन्दालाई १०० रुपैयाँमै जलविद्युतकाे सेयर दिन इप्पानको आग्रह

स्थानीय बासिन्दालाई १०० रुपैयाँमै जलविद्युतकाे सेयर दिन इप्पानको आग्रह

वि.सं.२०८३ साउन १७ आइतवार २०:४१

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत् आयोजनाबाट...