back
skip this gaugauma singhadarbar

४४ अंक बढ्यो नेप्से

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसुचक ४४.२५ अंकले बढेर २५४७.६० बिन्दुमा रोकिएको छ । नेप्से बढेपनि कारोबार रक मभने अघिल्लो दनिको तुलनामा केहि घटेको देखिएको छ ।

आईतबार नेप्से परिसुचक ७८ दशमलव ८३ अंक घटेर नेप्से परिसूचक अन्तिममा २ हजार ५०३ दशमलव ३५ विन्दुमा बन्द भएको थियो । आईतबारको कारोबारमा ६ अर्ब ७० करोड ७२ लाख रुपैयाँभन्दा बढीको १ करोड ४३ लाख ६४ हजारभन्दा बढी शेयर कारोबार भएकोमा आज भने कुल ३३० स्टकको ४ अर्ब ९७ करोड ५४ लाख ८ हजार ५४५ रुपैयाँ बराबरको ९९ लाख ४ हजार ८७४ कित्ता शेयर कारोबार भएको छ ।

आज सेन्सेटिभ इन्डेक्स ५.१४, फ्लोट इन्डेक्स २.६५ र सेन्सेटिभ फ्लोट इन्डेक्स १.९७ अंक बढेको छ । यसदिन नेपाल माइक्रो इन्स्यारेन्सको शेयर मूल्य प्रतिकित्ता १० प्रतिशतले बढेर १३००.२० रुपैयाँमा अन्तिम कारोबार भएकाो छ । नेपाल रिइन्स्योरेन्सको शेयर मूल्य प्रतिकित्ता १० प्रतिशतले बढेर १२९९.२० रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै, क्रेष्ट माइक्रो लाइफ, इनर्जी नेपाल लिमिटेड र एनआरएन इन्फ्रास्टक्चरको शेयर मूल्यमाप नि सकारात्मक सर्किट लागेको छ ।

यस्तै, कर्पोरेट डेभ्लप्मेन्ट बैंकको शेयर मूल्य प्रतिकित्ता ५.२६ प्रतिशतले घटेर १८०० रुपैयाँमा अन्तिम कारोबार भएको छ । थ्रिस्टार हाइड्रोको शेयर मूल्य पनि प्रतिकित्ता ४.४५ प्रतिशतले घटेर ७३० रुपैयाँमा अन्तिम करोबार भएको छ ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक ५.०१ प्रतिशत बढेको छ । त्यसैगरी, यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक करिब साढे ३ प्रतिशत बढेको छ भने जलविद्युत, लगानी र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।

nactional life -asoj
gaugauma singhadarbar

सागर डिष्टिलरीको शेयर नेप्सेमा सूचीकृत

सागर डिष्टिलरीको शेयर नेप्सेमा सूचीकृत

वि.सं.२०८२ कात्तिक २० बिहीवार १४:४१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सागर डिष्टिलरी लिमिटेड...

नेप्से परिसूचक घट्दा कारोबार रकममा पनि घट्यो

नेप्से परिसूचक घट्दा कारोबार रकममा पनि घट्यो

वि.सं.२०८२ कात्तिक १८ मंगलवार १५:३७

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक मङ्गलबार पनि घटेको...

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८२ कात्तिक १७ सोमवार १३:०९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२...

कोष व्यवस्थापन कम्पनीको १०.५२ प्रतिशत लाभांश घोषणा

कोष व्यवस्थापन कम्पनीको १०.५२ प्रतिशत लाभांश घोषणा

वि.सं.२०८२ कात्तिक १७ सोमवार १०:२२

काठमाडौं । कोष व्यवस्थापन कम्पनीले लाभांश घोषणा गरेको छ ।...

फरवार्ड माइक्रोफाइनान्सको साढे १३ करोड रुपैयाँको सेयर बिक्रीमा

फरवार्ड माइक्रोफाइनान्सको साढे १३ करोड रुपैयाँको सेयर बिक्रीमा

वि.सं.२०८२ कात्तिक १७ सोमवार १०:१९

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको साढे १३ करोड...

नेप्सेमा दुई वाणिज्य बैंकहरुको शेयरमूल्य समायोजन

नेप्सेमा दुई वाणिज्य बैंकहरुको शेयरमूल्य समायोजन

वि.सं.२०८२ कात्तिक १७ सोमवार १०:१३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई वाणिज्य बैंकहरुको...