back
himalayan life

४४ अंक बढ्यो नेप्से

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसुचक ४४.२५ अंकले बढेर २५४७.६० बिन्दुमा रोकिएको छ । नेप्से बढेपनि कारोबार रक मभने अघिल्लो दनिको तुलनामा केहि घटेको देखिएको छ ।

आईतबार नेप्से परिसुचक ७८ दशमलव ८३ अंक घटेर नेप्से परिसूचक अन्तिममा २ हजार ५०३ दशमलव ३५ विन्दुमा बन्द भएको थियो । आईतबारको कारोबारमा ६ अर्ब ७० करोड ७२ लाख रुपैयाँभन्दा बढीको १ करोड ४३ लाख ६४ हजारभन्दा बढी शेयर कारोबार भएकोमा आज भने कुल ३३० स्टकको ४ अर्ब ९७ करोड ५४ लाख ८ हजार ५४५ रुपैयाँ बराबरको ९९ लाख ४ हजार ८७४ कित्ता शेयर कारोबार भएको छ ।

आज सेन्सेटिभ इन्डेक्स ५.१४, फ्लोट इन्डेक्स २.६५ र सेन्सेटिभ फ्लोट इन्डेक्स १.९७ अंक बढेको छ । यसदिन नेपाल माइक्रो इन्स्यारेन्सको शेयर मूल्य प्रतिकित्ता १० प्रतिशतले बढेर १३००.२० रुपैयाँमा अन्तिम कारोबार भएकाो छ । नेपाल रिइन्स्योरेन्सको शेयर मूल्य प्रतिकित्ता १० प्रतिशतले बढेर १२९९.२० रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै, क्रेष्ट माइक्रो लाइफ, इनर्जी नेपाल लिमिटेड र एनआरएन इन्फ्रास्टक्चरको शेयर मूल्यमाप नि सकारात्मक सर्किट लागेको छ ।

यस्तै, कर्पोरेट डेभ्लप्मेन्ट बैंकको शेयर मूल्य प्रतिकित्ता ५.२६ प्रतिशतले घटेर १८०० रुपैयाँमा अन्तिम कारोबार भएको छ । थ्रिस्टार हाइड्रोको शेयर मूल्य पनि प्रतिकित्ता ४.४५ प्रतिशतले घटेर ७३० रुपैयाँमा अन्तिम करोबार भएको छ ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक ५.०१ प्रतिशत बढेको छ । त्यसैगरी, यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक करिब साढे ३ प्रतिशत बढेको छ भने जलविद्युत, लगानी र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८३ असार ९ मंगलवार १६:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

वि.सं.२०८३ असार ९ मंगलवार १०:४०

काठमाडौं । पछिल्लो समय नेपाली प्राथमिक शेयर (आईपीओ) बजारमा लामो...

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

वि.सं.२०८३ असार ८ सोमवार ११:४२

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि ऋणपत्र...

६९ अर्बको आईपीओ ब्याकलग: नवनियुक्त सेबोन अध्यक्ष डा. गोपाल भट्टसामु साख जोगाउने अग्निपरीक्षा

६९ अर्बको आईपीओ ब्याकलग: नवनियुक्त सेबोन अध्यक्ष डा. गोपाल भट्टसामु साख जोगाउने अग्निपरीक्षा

वि.सं.२०८३ असार ८ सोमवार ११:३१

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ नेतृत्व सम्हालेका...

माउन्ट एभरेष्ट पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

माउन्ट एभरेष्ट पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ असार ८ सोमवार १०:४५

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले असार ३ गतेदेखि...