back
skip this gaugauma singhadarbar

जेनजी आन्दोलनले कांग्रेसभित्र मत विभाजन, सक्रिय युवा नेता केन्द्रीय समितिप्रति रुष्ट

देउवाले मार्गप्रशस्त गर्नुपर्छ, विशेष महाधिवेशन जरुरी छ

काठमाडौं । जेनजी आन्दोलनपछि पहिलो पटक नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक मंगलबार बस्दैछ । विहीबार कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि मंगलबारका लागि केन्द्रीय समिति डाकिएको हो । जेनजी आन्दोलनपछि पार्टी नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्नुपर्ने माग चर्को रुपमा उठिरहेका बेला केन्द्रीय समिति बस्न लागेको हो ।

विशेषगरी कांग्रेसभित्र मंसिरमा नियमित महाधिवेशन नत्र विशेष महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग भइरहेको छ । जसका कारण सभापति शेरबहादुर देउवा चर्को दबाबमा छन् । कार्यवाहक तोकेर देउवालाई पार्टी राजनीतिबाट विश्राम लिनुपर्ने र तत्काल महाधिवेशन गराउनुपर्ने दबाब परेको छ । पार्टीका विभिन्न तहका काम गरिरहेका केही युवा नेताहरुले भावी नेतृत्वका लागि फरक फरक धारणाहरु राखिरहेका छन् ।

कांग्रेसलगायत सबै भातृ संगठनहरु भंग गर्नुपर्छ

कांग्रेसका युवा नेता एवम लेखक लाओस राईले नेपाल न्यूज बैंकसँगको कुराकानीमा पछिल्लो घटनालाई कांग्रेसलाई नयाँ चरणमा पु¥याउने एउटा जोखिम र अवसर दुवै भएको बताए ।

उनले भने, ‘जेनजी घटनाले कांग्रेसलाई नयाँ चरणमा पु¥याएको छ । त्यसकारण, कांग्रेस पहिला सचेत हुनुप¥यो । गतिशील निर्णय, समाजलाई रूपान्तरण गर्ने खालका निर्णयहरू गर्नुपर्छ जस्तो लाग्छ ।’

उनले सबैभन्दा पहिले संगठन विस्तारका लागि भातृ संगठनहरू, उप–समितिलगायतका संगठनहरू सबै विघटन गर्नुपर्ने बताए । ‘कांग्रेस पार्टीले, कांग्रेस पार्टीकै पनि केन्द्रीय समिति पनि भङ्ग गर्नुपर्छ । त्यस्तो निर्णय गरेपछि, मान्छेमा ऊर्जा आउँछ । नयाँ पुस्ताका मान्छेहरू चाहीं कांग्रेसमा प्रवेश गर्छन् जस्तो लाग्छ,’ उनले भने ।

राईले विशेष महाधिवेशनले तरङ्ग ल्याउन नसक्ने र त्यो समय–सापेक्ष उपयुक्त नभएको बताए ।

‘विशेष महाधिवेशन भन्ने कुरा उपयुक्त होइन् । यत्रो ठूलो आन्दोलनले पार्टीको विचार, सिद्धान्त र संविधानमाथि नै आक्रमण भइरहेका बेला पार्टी आन्तरिक खलबलमा अल्झिन मिल्दैन्,’ उनले भने ।

उनले प्रस्ताव राख्दै विशेष महाधिवेशनभन्दा पनि, केन्द्रीय समिति भङ्ग गरेर, नयाँ पुस्तालाई कांग्रेसको केन्द्रीय समितिमा ल्याउनुपर्ने बताए । राईले राजनीतिक विचारभन्दा व्यक्तिगत दुश्मनीका कारणले गरिएको गतिविधिले नयाँ पुस्तालाई आकर्षित नगर्ने बताए ।

‘विशेष महाधिवेशनले त्यही १४औँ महाधिवेशनका प्रतिनिधिले मात्रै गर्ने हुन् । ति प्रतिनिधिहरुबाट कांग्रेस तरङ्ग आउँदैन्,’उनले भने ।

राईले जेनजी आन्दोलनको उर्जालाई संस्थागत गरी विचारका साथ अघि बढाउनुपर्ने, नत्र अतिवाद र क्रुर तरिकाले काम गर्दा लोकतान्त्रिक गणतन्त्रका लागि नकारात्मक असर पर्न सक्ने चेतावनी दिए ।

उनले भने, ‘यो आन्दोलनमा उर्जा छ । तर विचारविनाको ऊर्जा छ । यसले लोकतान्त्रिक गणतन्त्रलाई नै सिध्याउने हो कि, अतिवादलाई ल्याउने हो कि भन्ने त्रास छ । त्यसैले विचारमा प्रष्ट हुनुप¥यो । कि लोकतान्त्रिक, कि अतिवादी, कि दक्षिणपन्थी हुनुप¥यो ।’

उनले आन्दोलनका चरित्र र क्रियाकलापसम्बन्धी अस्वीकार्य व्यवहारप्रति आलोचना गर्दै भने, ‘नीति नियम बनाएर कसैलाई कारबाही गर्छु भनेर भन्नु ठीक छ । तर, घरबाट थुतेर पिट्छु, सिध्याउँछु, ल देखाइदिन्छु भनेर हुँदैन् । त्यो रगतको आवेश मात्रै हो ।’

राईले आफूहरूले राजनीतिमार्फत स्पष्ट भएर जनताको सत्ता स्थापना गर्ने लक्ष्य उल्लेख गरेर २०६२ को आन्दोलनसँग तुलना गर्दै त्यो आन्दोलनले संविधान र गणतन्त्र निर्माणमा भूमिका खेलेको स्मरण गराए ।

नेतृत्व परिवर्तनका लागि कार्यसमिति भङ्ग र नयाँ पुस्ताको सहभागितामा समाधानहरू खोज्नुपर्ने औंल्याए । उनले पार्टीभित्रको आन्तरिक पुनरावलोकन तथा जनआकर्षणका उपायहरू तत्परता सहित अपनाउनुपर्ने धारणा राखे ।

नीति र नेतृत्व तत्काल परिवर्तन आवश्यक छ

अर्का युवा नेता सुशील भट्टले पार्टीभित्र वर्तमान राजनीतिक र संस्थागत परिप्रेक्ष्यका आधारमा परिवर्तन र जवाफदेहीपन आवश्यक भएको औंल्याए ।

नेपाल न्यूज बैंकसँग कुरा गर्दै भट्टले अहिलेको विषम परिस्थितिमा पार्टीमा जनताले उठाएका एजेन्डाहरूलाई र संविधानका संवेदनशील विषयहरूलाई अगाडि बढाउनु आवश्यक रहेको बताए ।

उनले भने, ‘कांग्रेस स्थापनाकालदेखि अहिलेसम्म जनताको भाषा बोल्ने र जनताले खोजेको परिवर्तन नेतृत्व गर्ने दल हो । हालको विषम परिस्थितिमा केन्द्रीय समिति बसिरहेको छ र त्यसले जनताले उठाएका एजेन्डाहरूलाई र संविधानका संवेदनशील विषयहरूलाई अगाडि बढाउनु आवश्यक छ ।’

भट्टले संघीयता, प्रत्यक्ष÷अप्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, पार्टीको आन्तरिक नीति, र नागरिकले उठाएको भ्रष्टाचार विरोधी आवाजलाई कांग्रेसले संस्थागत रूपमा टेकओभर गरी कार्यान्वयन गर्नुपर्ने औँल्याए । उनले नेतृत्व साथै नीतिमा पनि तत्काल परिवर्तन आवश्यक रहेको औंल्याए ।

उनी साधारणतः महाधिवेशन–केन्द्रित विकल्पमा विश्वास राख्छन् तर त्यसैबेलामा नेतृत्व र संगठन परिवर्तनका लागि केन्द्रीय समिति भंग गरी नयाँ ऊर्जा भित्र्याउनुपर्ने प्रस्ताव उनले अगाडि सारेका छन् ।

विशेष महाधिवेशन भन्दा केन्द्रीय समिति भंग गरेर नयाँ पुस्तालाई केन्द्रीय समिति र नेतृत्वमा ल्याउनु बढी प्रभावकारी हुने उनको भनाइ छ ।

भट्टले जेनजी आन्दोलनका क्रममा निधन भएका, घाइते र घटनासँग सम्बन्धित पक्षहरूको स्वतन्त्र र गहिरो छानबिन हुनुपर्नेमा जोड दिएका छन् । साथै, सभापति शेरबहादुर देउवामाथि भएको आक्रमण र पार्टी कार्यालयमा गरिएको तोडफोडबारे दुवै पक्षको छानबिन आवश्यक भएको उनले बताए ।

‘सभापति पद व्यक्ति मात्र होइन, संस्था पनि हो । यदि सभापतिको स्वास्थ्यले साथ दिएन भने कार्यवाहक व्यवस्थाबाट पार्टीलाई महाधिवेशन केन्द्रित मार्गमा अघि बढाउनुपर्छ । सभापतिज्यूको स्वास्थ्यले कांग्रेस बिरामी हुनु हुँदैन । कांग्रेसले आफ्नो दैनिकीमा अगाडि बढ्नुपर्छ । किनकि कांग्रेस बिरामी भयो भने राष्ट्र बिरामी हुन्छ ।’

संगठन सुधारको प्रसंगमा भट्टले कांग्रेसले गतिशील निर्णय लिनुपर्ने बताए । भातृ र उप–संगठनहरूलाई पुनरवलोकन÷विघटन गरी नयाँ पुस्तालाई आकर्षित गर्नेगरी संगठन नविकरण गर्न आवश्यक रहेको बताए ।

भट्टले जेनजी पुस्ताद्वारा उठाइएका मुद्दाहरूलाई केवल युवा आन्दोलनको माग नठान्दै समग्र राष्ट्रको आवाजका रूपमा कांग्रेसले आत्मसात् गरी प्रमुख एजेन्डाको रुपमा कार्यान्वयन गर्ने दायित्व रहेको बताए । त्यस्तै, आन्दोलनका क्रममा देखिएका आक्रोश र अतिवादी प्रवृत्तिहरूले लोकतान्त्रिक गणतन्त्र तथा शान्ति प्रक्रियामा नकरात्मक असर पार्न सक्ने चेतावनी पनि दिए ।

उनले सबै विभाजित धाराहरू समेटेर लोकतान्त्रिक मार्गदर्शन र भ्रष्टाचारविरोधी एजेन्डा कार्यान्वयन गरी कांग्रेसले देशलाई निकासमा लैजानुपर्ने अपेक्षा व्यक्त गरे ।

देउवाले मार्गप्रशस्त गर्नुपर्छ, विशेष महाधिवेशन जरुरी छ

युवा नेतृ एलिजा ढकालले पार्टीभित्रको नेतृत्व, संरचना र नीतिगत निर्णयको विषयमा गम्भीर पुनरावलोकनको आवश्यकता रहेको औंल्याइन् ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले विशेष महाधिवेशनको आवश्यकता र शेरबहादुर देउवाले मार्गप्रशस्त गर्नुपर्ने दाबी गरेकी छन् ।

उनको भनाइअनुसार अहिलेको राजनीतिक अवस्था एकदमै विकराल छ र कांग्रेसले अब जनताको प्रश्नको जवाफ दिनुपर्ने समय आएको छ ।

ढकालले भनिन्, ‘अहिलेको अवस्था चाहिँ हामीले जनताको प्रश्नको जवाफ दिनुपर्ने समय आयो । कांग्रेसले जुन समाधान दिन्छु भनेर व्यवस्था परिवर्तन गरेर यहाँसम्म आइपुगेको थियो, त्यहाँ केही समस्याहरू देखियो । ती समस्याहरूको समाधान गर्न कांग्रेसले पहिला आफूबाट सुरु गर्नुपर्छ । नेतृत्व परिवर्तनबाटै सुरु गर्नुपर्छ ।’

उनका अनुसार, पार्टीभित्र नेतृत्व परिवर्तन र विशेष महाधिवेशनको आवश्यकता अनिवार्य भएको छ । तर, नियमित महाधिवेशन अहिलेको अवस्थामा सम्भव छैन भन्ने उनको तर्क छ ।

‘अहिले नियमित महाधिवेशनको लागि केही जटिलताहरू छन् । ४५ भन्दा बढी जिल्लाहरूमा कांग्रेसका कार्यालयमा आगजनी भएको छ । डकुमेन्टेसन छैन । दुई वर्षअघि महामन्त्री गगन थापाले सदस्यता पठाएको भए पनि धेरै जिल्लामा कामै भएको छैन । त्यसैले डाटा छैन, डाटा नभएको अवस्थामा कसरी महाधिवेशन गर्ने ?’ उनले प्रश्न गरिन् ।

ढकालले विशेष महाधिवेशनको वैधानिकता कांग्रेसको विधानमै उल्लेख भएकाले अहिलेको असामान्य परिस्थितिमा त्यसैलाई कार्यान्वयन गर्नुपर्ने धारणा राखिन् ।

सभापति शेरबहादुर देउवाको भूमिकाबारे उनले भनिन्, ‘देउवा लोकतन्त्रको लागि लडेर यहाँसम्म आइपुगेको नेता हुनुहुन्छ । उहाँलाई यो व्यवस्थाप्रति माया हामीभन्दा बढी छ जस्तो लाग्छ । त्यसैले उहाँले मार्गप्रशस्त गर्न हिचकिचाउनुहुन्न । तर उहाँको वरिपरिका नेताहरूले उहाँलाई भ्रममा राख्ने गरेका छन् । यही भ्रमले उहाँलाई दुर्घटनामा पु¥यायो ।’ ढकालले विशेष महाधिवेशनबारे पार्टीभित्र प्रस्ट बहुमत रहेको दाबी गरिन् ।

उनका अनुसार विशेष महाधिवेशनमार्फत युवाहरूले सत्ता कब्जा गर्न खोजेको भन्ने संस्थापन पक्षको आरोप निराधार हो । ‘जो मान्छेहरूले अघिल्लो महाधिवेशनमा शेरबहादुर देउवालाई जिताएका थिए, ती नै अहिले विशेष महाधिवेशनमा भोट हाल्न लागेका छन् । उनीहरूको विवेकमाथि विश्वास गर्नुपर्छ । गगन थापा र विश्वप्रकाश शर्मा जस्ता नेताहरू अहिले रिक्स लिइरहेका छन् । चुनाव हो हरेक मान्छे निर्वाचित हुने मौका हुन्छ । त्यसैले मौका दिनुपर्छ भन्ने हो,’ उनले भनिन् ।

ढकालले देउवाले विशेष महाधिवेशनप्रति सकारात्मक रहेको विश्वास व्यक्त गरिन् । उनले नेपाली कांग्रेसभित्र जेने–जी पुस्ताको योगदान, युवा सहभागिता र संस्थागत सुधारको आवश्यकता औंल्याइन् ।

कांग्रेसको केन्द्रीय समिति बैठक आज  (२८ गते) बस्दैछ, जसमा विशेष महाधिवेशनसम्बन्धी माग र सम्भावनाबारे गहन छलफल हुने अपेक्षा गरिएको छ ।

nactional life -asoj
gaugauma singhadarbar

अब काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट

अब काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट

वि.सं.२०८२ कात्तिक १९ बुधवार ११:३६

काठमाडौं । काठमाडौँका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ...

मन्त्रिपरिषद् बैठकले गर्याे १३ निर्णय : महासेनानी दर्जामा बढुवा देखि दरबन्दी स्वीकृत गर्नेसम्म (सूचीसहित)

मन्त्रिपरिषद् बैठकले गर्याे १३ निर्णय : महासेनानी दर्जामा बढुवा देखि दरबन्दी स्वीकृत गर्नेसम्म (सूचीसहित)

वि.सं.२०८२ कात्तिक १८ मंगलवार १७:१०

काठमाडौं । सरकारले बैठकले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता घनश्याम...

कुलमानले कार्यकारी निर्देशकबाट नियम विपरीत हटाएको भन्दै हितेन्द्रले हाले सर्वोच्चमा मुद्दा

कुलमानले कार्यकारी निर्देशकबाट नियम विपरीत हटाएको भन्दै हितेन्द्रले हाले सर्वोच्चमा मुद्दा

वि.सं.२०८२ कात्तिक १८ मंगलवार १२:१७

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण (नेपाल विद्युत् प्राधिकरण)का पूर्व कार्यकारी...

पत्रकार फणिन्द्र लामिछानेको उपन्यास ‘गाउँ आएको मोटरबाटो’ लोकार्पण

पत्रकार फणिन्द्र लामिछानेको उपन्यास ‘गाउँ आएको मोटरबाटो’ लोकार्पण

वि.सं.२०८२ कात्तिक १६ आइतवार १९:४४

काठमाडौं । पत्रकार, लेखक तथा समाजवादी चिन्तक फणिन्द्र लामीछानेद्वारा लिखित...

जेनजी सरकारलाई पहिलो धक्का : राजदूत फिर्ता निर्णयमा सरकारलाई रोक, सर्वोच्चले दियो अन्तरिम आदेश

जेनजी सरकारलाई पहिलो धक्का : राजदूत फिर्ता निर्णयमा सरकारलाई रोक, सर्वोच्चले दियो अन्तरिम आदेश

वि.सं.२०८२ कात्तिक १६ आइतवार १७:३६

काठमाडौं । सर्वोच्च अदालतले सरकारले विभिन्न ११ देशमा कार्यरत नेपाली...

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा आजदेखि सुनुवाइ हुने

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा आजदेखि सुनुवाइ हुने

वि.सं.२०८२ कात्तिक १२ बुधवार ०९:२८

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा...