चार दिनपछि झिनो अंकले बढ्यो सेयर बजार : कारोबार रकम पनि बढ्यो
वि.सं.२०८२ वैशाख ११ बिहीवार
काठमाडौ। बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.०८ अंकले बढेर २६५८.०२ बिन्दुमा पुगेको छ ।आज ८३ कम्पनीको मूल्य बढ्दा १६१ को घट्यो भने एउटाको स्थिर रह्यो ।
लगानी समूह सबैभन्दा धेरै २.४ प्रतिशत बढ्यो । त्यस्तै हाइड्रोपावर ०.२२, व्यापार ०.३९ र बैंकिङ ०.०३ प्रतिशत बढे । विकास बैंक ०.७६ फाइनान्स ०.८३ होटल तथा पर्यटन १.१६ जीवन बीमा ०.३२ उत्पादन ०.१७ माइक्रोफाइनान्स ०.४६ निर्जीवन बीमा ०.२८ र अन्य समूह ०.१३ प्रतिशत घटे ।
नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै ङादी ग्रुप, विन नेपाल लघुवित्त र युनिभर्सल पावरको मूल्य ७ प्रतिशत बढ्यो ।
नेपाल हाइड्रो डेभलपर्स ७.१२ प्रतिशत घट्यो । ग्रिन डेभलपमेन्ट बैंक ४.८५ तथा कर्पोरेट डेभलपमेन्ट बैंक ४.२० प्रतिशत मूल्य घट्यो ।
आज ३०८ कम्पनीका १ करोड ९७ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । न्यादी ग्रुपको ७० करोड रुपैयाँकाे काराेबार भएकाे छ ।
राधी विद्युत कम्पनीको ५७ करोड, एनआरएन इन्फ्रास्ट्रक्चरको ५२ करोड, युनिर्भसल पावरको ४७ करोडको कारोबार भएको छ।
प्रकाशित समय : १५:४१ बजे




















