back
nactional

स्मार्ट कम्युनिटीमा निःशुल्क सेयर बजार कार्यशाला सुरु

काठमाडौं । स्टक मार्केट एनालाइसिस एन्ड रिसर्च टिम (स्मार्ट) अन्तर्गतको स्मार्ट कम्युनिटीले निःशुल्क सेयर बजार कार्यशाला सुरु गरेको छ । नेपालको सेयर बजारमा सक्रिय नयाँ तथा पुराना लगानीकर्ताहरूका लागि स्मार्ट कम्युनिटीले निःशुल्क सेयर बजार कार्यशाला सुरु गरेको हो ।

स्मार्ट कम्युनिटीले देशभरका सबै लगानीकर्ताहरूलाई लक्षित गर्दै सेयर बजार सम्बन्धी निःशुल्क कार्यशालाहरू सञ्चालन गर्न लागिएको जनाएको छ ।

नेपालको पूँजी बजारमा सहभागी सबैलाई वित्तीय साक्षरता, लगानी र ट्रेडिङ सम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले निःशुल्क रुपमा सेयर बजार कार्यशाला सुरु गर्न लागिएको स्मार्ट कम्युनिटीले जनाएको छ।

“हामी अधिकतम मानिसहरूलाई आर्थिक रूपमा सशक्त बनाउने हाम्रो मुख्य उद्देश्यका साथ अघि बढिरहेका छौं,” स्मार्ट कम्युनिटीका एक प्रतिनिधिले बताए ।

स्मार्टले हालसम्म विभिन्न कार्यक्रमहरू शतप्रतिशत निःशुल्क रुपमा आयोजना गर्दै आएको छ, जसमा हजारौँ सहभागीहरू लाभान्वित भइसकेको जनाइएको छ ।

स्मार्टको कार्यशालामा सहभागीहरूले सेयर बजारको आधारभूत जानकारीसहित लगानी र ट्रेडिङका तरिकाहरू तथा जोखिम व्यवस्थापन र मार्केट एनालाइसिस विधिबारे जानकारी पाउनेछन्।

कार्यशालामा सबैखाले उमेर समूह, व्यवसाय, र अनुभव भएका सबैका लागि उपयुक्त हुने गरी कोर्स तयार गरिएको छ । “शेयर बजारबारे जान्न चाहने तर सुरु कसरी गर्ने भन्ने अन्योलमा रहेका सबैका लागि यो सुनौलो अवसर हो,” स्मार्ट कम्युनिटीका संयोजकले बताए ।

कार्यशालाको तालिका र स्थानको जानकारी स्मार्ट कम्युनिटीको आधिकारिक सामाजिक सञ्जालहरूमा उपलब्ध छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आईपीओ निष्कासनका लागि थप चार कम्पनीले मागे अनुमति

आईपीओ निष्कासनका लागि थप चार कम्पनीले मागे अनुमति

वि.सं.२०८३ भदौ २ मंगलवार १६:४३

काठमाडौं । आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट...

सिद्धार्थ क्यापिटलका दुई योजनाको लाभांश घोषणा, बाँकी दुई योजनाका इकाईधनीको हात खाली

सिद्धार्थ क्यापिटलका दुई योजनाको लाभांश घोषणा, बाँकी दुई योजनाका इकाईधनीको हात खाली

वि.सं.२०८३ भदौ २ मंगलवार १०:४१

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले आफ्नो व्यवस्थापनमा सञ्चालित विभिन्न म्युचुअल...

सामान्य अंक घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

सामान्य अंक घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

वि.सं.२०८३ भदौ १ सोमवार १५:४७

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक...

मुहान हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

मुहान हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

वि.सं.२०८३ भदौ १ सोमवार १२:४६

काठमाडौं। मुहान हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित भदौ...

रोङ गाउँपालिकाले धितो पत्र बोर्डमा बुझायो ज्ञापन, ‘मोडल भिलेज’लाई सफल बनाउन माग

रोङ गाउँपालिकाले धितो पत्र बोर्डमा बुझायो ज्ञापन, ‘मोडल भिलेज’लाई सफल बनाउन माग

वि.सं.२०८३ साउन २९ शुक्रवार १८:१७

काठमाडौं । इलामको रोङ गाउँपालिकाले पुँजी बजारमा पहुँच विस्तार गर्ने...

४० करोड नाफा गरेको हुलास फिनसर्भको वितरणयोग्य नाफा ७७ करोड

४० करोड नाफा गरेको हुलास फिनसर्भको वितरणयोग्य नाफा ७७ करोड

वि.सं.२०८३ साउन २५ सोमवार १२:३०

काठमाडौं । व्यवसायी शेखर गोल्छाको हुलास फिनसर्भ हायर पर्चेजले गत...