६ दिनदेखि लगातार घटिरहेको शेयर बजार सोमबार भने बढ्यो
वि.सं.२०८१ चैत ११ सोमवार
काठमाडौं। सोमबार नेप्से परिसूचक २६.१० अंक बढेर २६४०.७८ विन्दुमा पुगेको छ। आज सेन्सेटिभ इण्डेक्स ४.०९ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.७८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२८ अंक बढेको छ।
आज गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ९.५१ प्रतिशत बढेको छ। उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ ।
आज अप्पर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य भने ४.२६ प्रतिशत घटेको छ।
आज हिमालयन रि इन्स्योरेन्सको ३२ करोड ६९ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। सिईडिबी हाइड्रोपावरको १५ करोडको शेयर किनबेच भएको छ ।
आइतबार ६ अर्ब ३२ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज सोमबार ४ अर्ब ४८ करोड ३५ लाख ९९ हजार रुपैयाँको शेयर खरिदबिक्री भएको छ।
प्रकाशित समय : १६:४४ बजे





















