back

सानिमा जिआईसी इन्स्योरेन्सको शेयरमूल्य समायोजन

nactional life

काठमाडौँ । आज चैत ८ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा जिआईसी इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले  इन्स्योरेन्सको ७ .५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो।

समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ६१७ रुपैयाँ ९६ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार, इन्स्योरेन्सको शेयर प्रतिकित्ता ६६४ रुपैयाँ ३१ पैसामा अन्तिम कारोबार भएको थियो।

इन्स्योरेन्सले चैत २१ गते, बिहीबार, अमृतभोग, कालिकास्थान, काठमाडौँमा सातौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ७ ।५ प्रतिशतका दरले बोनस शेयर, सोको कर प्रयोजनार्थ ० ।३९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने र छैठौँ वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत हकप्रद शेयर संशोधन गरी १७ प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बजार हरियाली: फाइनान्स कम्पनीहरूमा झुम्मिए लगानीकर्ता, कालिन्चोक हाइड्रोपावरमा सर्किट

बजार हरियाली: फाइनान्स कम्पनीहरूमा झुम्मिए लगानीकर्ता, कालिन्चोक हाइड्रोपावरमा सर्किट

वि.सं.२०८३ जेठ १९ मंगलवार १६:१०

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द...

बजेट लगत्तै खुलेको शेयर बजारमा मन्दी: लगानीकर्ता निराश हुँदा पहिलो दिनै बजार राताम्मे

बजेट लगत्तै खुलेको शेयर बजारमा मन्दी: लगानीकर्ता निराश हुँदा पहिलो दिनै बजार राताम्मे

वि.सं.२०८३ जेठ १८ सोमवार १७:४८

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपश्चात बजार खुलेको...

गैरआवासीय नेपालीलाई धितो बजारमा सहभागी गराइने, वैदेशिक लगानी आकर्षण गर्न विशेष नीति

गैरआवासीय नेपालीलाई धितो बजारमा सहभागी गराइने, वैदेशिक लगानी आकर्षण गर्न विशेष नीति

वि.सं.२०८३ जेठ १५ शुक्रवार १७:१०

काठमाडौं । सरकारले गैरआवासीय नेपालीलाई धितो बजारमा सहभागी गराउने भएको...

शेयर बजार चार दिन बन्द, अब साेमबार मात्रै खुल्ने

शेयर बजार चार दिन बन्द, अब साेमबार मात्रै खुल्ने

वि.सं.२०८३ जेठ १३ बुधवार १७:२५

काठमाडौं । शेयर बजार अब लगातार चार दिन बन्द हुने...

बजेट अघिको अन्तिम कारोबार दिन नेप्से सकारात्मक

बजेट अघिको अन्तिम कारोबार दिन नेप्से सकारात्मक

वि.सं.२०८३ जेठ १३ बुधवार १७:११

काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनु अघिको...

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

वि.सं.२०८३ जेठ १२ मंगलवार १५:३९

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द...