back

आजदेखि गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिन सकिने

nactional life

काठमाडौं । आजदेखि गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको छ ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्कासन गरिसकेको छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिने छ । अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । पुस २४ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न अनुमति पाएको थियो । कम्पनीले २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न स्वीकृति पाएको थियो । योमध्ये कम्पनीले १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।

कम्पनीले १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ ।

यस्तै, कर्मचारीहरुका लागि ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता र ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता म्यूचुअल फण्डहरुलाई छुट्याएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बिहीबार नेप्सेसँगै घट्यो कारोबार रकम

बिहीबार नेप्सेसँगै घट्यो कारोबार रकम

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:१४

काठमाडौं । बिहीबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार...

नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

वि.सं.२०८३ जेठ २७ बुधवार १६:२५

काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको...

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट

वि.सं.२०८३ जेठ २७ बुधवार १३:३८

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडको प्राथमिक सेयर (आईपीओ)  बाँडफाँट भएको छ...

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ जेठ २७ बुधवार ०८:४७

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक...

नेप्सेमा २०.२७ अंकको गिरावट, वित्त बाहेक सबै उपसमूह राताम्मे, सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार

नेप्सेमा २०.२७ अंकको गिरावट, वित्त बाहेक सबै उपसमूह राताम्मे, सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार

वि.सं.२०८३ जेठ २५ सोमवार १५:३४

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द...

सेबोनको ३४औँ वार्षिकोत्सवमा अध्यक्ष खत्रीको प्रतिबद्धता—ऋण बजारको विकास र एनआरएनलाई शेयर बजारमा भित्र्याइने

सेबोनको ३४औँ वार्षिकोत्सवमा अध्यक्ष खत्रीको प्रतिबद्धता—ऋण बजारको विकास र एनआरएनलाई शेयर बजारमा भित्र्याइने

वि.सं.२०८३ जेठ २५ सोमवार १४:४५

काठमाडौँ। नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष उत्तरकुमार खत्रीले मुलुकमा...