मेरो माइक्रोफाइनान्स लघुवित्तले लाभांश घोषणा
वि.सं.२०८१ पुस २ मंगलवार
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार शेयरधनीलाई ७.८९४७ प्रतिशत लाभांश घोषणा गरेको हो ।
कम्पनीले ७.५ प्रतिशत बोनस शेयर र ०.३९४७ प्रतिशत नगद लाभांश कर समेत रहेको छ। साथै, कम्पनीले नेपाल राष्ट्र बैंकले स्वीकृत गरी आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण गर्ने एक सूचनामार्फत जानकारी दिएको छ ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ३२ करोड रुपैयाँ रहेको छ।

प्रकाशित समय : ११:२० बजे






















