लक्ष्मी सनराइज बैंकले लाभांश पारित गर्न साधारणसभा बोलायो
वि.सं.२०८१ पुस २ मंगलवार
काठमाडौं । लक्ष्मी सनराइज बैंकले २४ र्औ वार्षिक साधारणसभा बोलाएको छ ।
बैंकको साधारणसभा पुस २४ गते, अग्रवाल भवन, कमलपोखरी, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।
सभामा गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक नियुक्ति स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।
पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारणसभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
प्रकाशित समय : ११:११ बजे






















