back

नेप्से परिसूचक ६.३२ अंकले घटेर बन्द, कारोबार रकममा कमी

काठमाडौं । मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ । पछिल्ला ४ कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

यस दिन नेप्से परिसूचक ६.३२ अंक घटेर २६६९.८२ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.७५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४२ अंक घटेको छ ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन साढे ५ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०३ स्टकको ५२ हजार ७०५ पटकको कारोबारमा ४ अर्ब ४१ करोड ३३ लाख २० हजार रुपैयाँ बराबरको ८७ लाख ६८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

यस दिन जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य सर्वाधिक ७.६७ प्रतिशत बढेको छ । त्यस्तै, खानीखोला हाइड्रोपावरको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ भने गणपति लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ७ प्रतिशत बढेको छ ।

कारोबारमा आएको एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयरमूल्य सर्वाधिक ९.९० प्रतिशत घटेको छ । अन्य स्टकहरुको मूल्य गिरावटदर भने ४ प्रतिशतभन्दा कम रहेको छ ।

कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन १८ करोड ९६ लाख २० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, सानिमा माइ हाइड्रोपावरको साढे १८ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने जानकी फाइनान्सको कारोबार रकम १७ करोड नाघेको छ ।

१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । यस दिन होटल तथा पर्यटन, उत्पादन तथा पर्यटन, लघुवित्त र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको छ । यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १ प्रतिशत घटेको छ । अन्य उपसमूहमध्येको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ ।


ओम मेगाश्री फर्मास्यूटिकल्सले माघ २१ गतेदेखि आईपीओ निष्काशन गर्ने, कहिले सम्म आवेदन पाईन्छ ?

ओम मेगाश्री फर्मास्यूटिकल्सले माघ २१ गतेदेखि आईपीओ निष्काशन गर्ने, कहिले सम्म आवेदन पाईन्छ ?

वि.सं.२०८१ माघ १० बिहीवार ११:०६

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले माघ २१ गतेदेखि प्राथमिक...

नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

वि.सं.२०८१ माघ १० बिहीवार १०:४८

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल लाइफ इन्स्योरेन्सको...

बढ्यो सेयर बजार, कारोबार रकम पनि बढ्यो

बढ्यो सेयर बजार, कारोबार रकम पनि बढ्यो

वि.सं.२०८१ माघ ९ बुधवार १५:१७

काठमाडौँ । बुधबार सेयर बजार परिसूचक (नेप्से) ५२.३६ अंकले बढेको...

आजदेखि आइसिएफसि फाइनान्सको ऋणपत्रमा आवेदन दिन सकिने, ब्याजदर कति ?

आजदेखि आइसिएफसि फाइनान्सको ऋणपत्रमा आवेदन दिन सकिने, ब्याजदर कति ?

वि.सं.२०८१ माघ ९ बुधवार १३:४१

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले आज माघ ९ गतेदेखि ऋणपत्र...

साताको दोस्रो कारोबार दिन ६.७८ अंकले बढ्यो शेयर बजार, कारोबार रकम साढे ६ अर्ब बढी

साताको दोस्रो कारोबार दिन ६.७८ अंकले बढ्यो शेयर बजार, कारोबार रकम साढे ६ अर्ब बढी

वि.सं.२०८१ माघ ७ सोमवार १५:२०

काठमाडौं । साताको दोस्रो कारोबार दिन शेयर बजार सामान्य अंकले...

नेप्सेमा सानिमा रिलायन्सको ७६ लाख बढि कित्ता बोनस शेयर सूचीकृत

नेप्सेमा सानिमा रिलायन्सको ७६ लाख बढि कित्ता बोनस शेयर सूचीकृत

वि.सं.२०८१ माघ ६ आइतवार १६:०८

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा रिलायन्स लाइफ...