back

बलेफी हाइड्रोपावरको हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले आज (मंसिर २७ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

यस अनुसार कम्पनीले १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले कात्तिक २१ गते बुकक्लोज गरेको थियो। यस अनुसार कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरमा पुस १७ गतेसम्म आवेदन दिन सकिनेछ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कुमारी बैंकको जलविरे र जुगल शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँ पुग्नेछ।

आयोजना निर्माणका क्रममा लिइएको बैंक ऋण १ अर्ब ४० करोडको आंशिक भुक्तानी गर्ने, प्रबद्र्धकबाट लिएको ऋण ३० करोड ६४ लाख ४६ हजार ८६० रुपैयाँ ३९ पैसा पूर्ण भुक्तानी गर्ने, ठेकेदार तथा बिक्रेताहरुको १२ करोड १५ लाख २३ हजार १३९ रुपैयाँ ६१ पैसा भुक्तानी गर्न कम्पनीले हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

 


रद्द भएको जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का पुनः आह्वान, कति थियो लागत ?

रद्द भएको जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का पुनः आह्वान, कति थियो लागत ?

वि.सं.२०८१ माघ ८ मंगलवार ११:५०

सुर्खेत  । डोल्पाको मुडकेचुला गाउँपालिकाको इलमा निर्माण हुने जगदुल्ला जलविद्युत्...

विद्युत निर्यातभन्दा आन्तरिक खपत वृद्धि गर्नु मुलुकका लागि दीर्घकालीन फाइदा

विद्युत निर्यातभन्दा आन्तरिक खपत वृद्धि गर्नु मुलुकका लागि दीर्घकालीन फाइदा

वि.सं.२०८१ माघ ४ शुक्रवार १८:३३

काठमाडौं । विज्ञहरुले सरकारले विद्युत निर्यातभन्दा आन्तरिक खपतमा ध्यान दिनुपर्ने...

आइपीओ निष्कासनको अनुमति नपाउँदा जलविद्युत आयोजना समस्यामा पर्‍यो : अध्यक्ष कार्की

आइपीओ निष्कासनको अनुमति नपाउँदा जलविद्युत आयोजना समस्यामा पर्‍यो : अध्यक्ष कार्की

वि.सं.२०८१ माघ ४ शुक्रवार १३:२२

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष...

बुटवल पावर कम्पनीले ५ प्रतिशत नगद लाभांश दिने

बुटवल पावर कम्पनीले ५ प्रतिशत नगद लाभांश दिने

वि.सं.२०८१ माघ १ मंगलवार १६:५८

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडको आइतबार  ३२ औं वार्षिक...

माउण्टेन इनर्जी नेपालको साधारणसभा सम्पन्न, सभामा बोनस र ५० प्रतिशत हकप्रद प्रस्ताव पारित

माउण्टेन इनर्जी नेपालको साधारणसभा सम्पन्न, सभामा बोनस र ५० प्रतिशत हकप्रद प्रस्ताव पारित

वि.सं.२०८१ पुस २८ आइतवार १४:५०

काठमाडौं। माउण्टेन इनर्जी नेपाल लिमिटेडको साधारणसभा सम्पन्न भएको छ। कम्पनीका...

ईङवा हाईड्रोपावरले ८ मेगावाट क्षमताको तल्लो ईङवा खोला जलविद्युत आयोजना गर्ने

ईङवा हाईड्रोपावरले ८ मेगावाट क्षमताको तल्लो ईङवा खोला जलविद्युत आयोजना गर्ने

वि.सं.२०८१ पुस २४ बुधवार १७:१४

काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडको १५ औ वार्षिक साधारण सभा...