बलेफी हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर स्वीकृत

वि.सं.२०८१ कात्तिक ५ सोमवार

काठमाडौं । नेपाल धितोपत्र बोर्डले बलेफी हाइड्रोपावर लिमिटेडलाई १ बराबर १ अर्थात शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डले अनुमति प्रदान गरेको छ ।
कम्पनीको गत वर्षकोअसोजमा सम्पन्न दशौं र एघारौं वार्षिक साधारण सभाले हाल कायम चुक्तापुँजी बराबर हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो।
धितोपत्र बोर्डले बलेफी हाइड्रोलाई १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद शेयर जारी गर्न अनुमति दिएको हो । कम्पनीले बैंकको ऋण तिर्नका लागि हकप्रद निष्कासन गर्न लागेको हो।
कम्पनीमा आयोजना प्रभावितको १८ लाख २७ हजार ९७० कित्ता, सर्वसाधारण शेयरधनीहरूको सामुहिक लगानी कोष र कर्मचारीहरू समेत १८ लाख २७ हजार ९७० कित्ता र कम्पनीका संस्थापकहरूको १ करोड ४६ लाख २३ हजार ७६० कित्ता शेयर रहेको छ ।

प्रकाशित समय : १६:४५ बजे