back

रु रु जलविद्युतको बोनस शेयर घोषणा, बोनस पछि हकप्रद जारी गर्ने

काठमाडौँ। रु रु जलविद्युत परियोजनाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस शेयर घोषणा गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो।

असोज १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो। यसका साथै सो बैठकले बोनस शेयरको कर प्रयोजनार्थ ०.७८९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको ८० प्रतिशत अर्थात हाल कायम १० कित्ता बराबर नयाँ ८ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय पनि गरेको छ।

विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो बोनस शेयर वितरण गरी हकप्रद शेयर निष्काशन गरिनेछ।

यी प्रस्तावहरु पारित गर्न कम्पनीले कात्तिक ११ गते, लिसार ब्याङकेट, नक्साल, काठमाडौँमा १९ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज ३० गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।

यस अनुसार असोज २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

nactional life
Corporatebazar 11 Anniversary

दोदोधरामा ‘पावर हब’ बनाउने योजना, सूदुर पश्चिमको प्रसारणलाइनमा १३० अर्ब लगानी आवश्यक

दोदोधरामा ‘पावर हब’ बनाउने योजना, सूदुर पश्चिमको प्रसारणलाइनमा १३० अर्ब लगानी आवश्यक

वि.सं.२०८३ वैशाख १० बिहीवार १०:००

काठमाडौं । सुदूरपश्चिम क्षेत्रमा विद्युत् प्रसारण पूर्वाधार विस्तार गरी कैलालीको...

नेपाल चिया विकास निगमको सञ्चालन आम्दानी १ अर्ब माथि, आईपीओ निष्कासनको तयारी

नेपाल चिया विकास निगमको सञ्चालन आम्दानी १ अर्ब माथि, आईपीओ निष्कासनको तयारी

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:१२

काठमाडौं । नेपालको चिया क्षेत्रको प्रतिष्ठित नाम नेपाल चिया विकास...

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र १५९ मेगावाट : इपान उपाध्यक्ष डाँगी

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र १५९ मेगावाट : इपान उपाध्यक्ष डाँगी

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:२७

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का उपाध्यक्ष...

बुक बिल्डिङ विधिबाट शेयर जारी गर्न नेप्सेसँग सम्झौता गर्ने कम्पनीको संख्या ७ पुग्यो

बुक बिल्डिङ विधिबाट शेयर जारी गर्न नेप्सेसँग सम्झौता गर्ने कम्पनीको संख्या ७ पुग्यो

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:४९

काठमाडौँ । बुक बिल्डिङ निर्देशिका बमोजिम प्राथमिक शेयर (IPO) निष्कासनका लागि...

नेप्सेमा झिनो गिरावट, कारोबार रकममा भने उत्साहजनक सुधार

नेप्सेमा झिनो गिरावट, कारोबार रकममा भने उत्साहजनक सुधार

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:३८

काठमाडौँ । पुँजी बजारमा गिरावट आउने क्रमले बुधबार पनि निरन्तरता पाएको...

सर्वोत्तम पेन्ट्सको आईपीओ वैशाख २१ देखि खुल्ने

सर्वोत्तम पेन्ट्सको आईपीओ वैशाख २१ देखि खुल्ने

वि.सं.२०८३ वैशाख ९ बुधवार ०९:०३

काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन...