back

झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम पनि बढ्यो

काठमाडौं । सोमबार दोहोरो अंकले बढेको सेयर बजार मंगलबार भने झिनो अंकले बढेको छ ।

यस दिन नेप्से ६.९० अंकले बढेको छ । उक्त अंकको वृद्धिपछि नेप्से २८३०.१६ बिन्दुमा अडिएको छ । नेप्सेसँगै कारोबार रकम पनि सामान्य बढेको छ ।

यस दिन १३ अर्क ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार १३ अर्ब १० करोडको कारोबार भएको थियो भने आइतबार १० अर्ब ५१ करोडको कारोबार भएको थियो ।

यस दिन १०६ कम्पनीको मूल्य बढ्दा १३३ को घटेको छ । त्यस्तै, ५ कम्पनीको स्थिर रहेको छ ।

मंगलबार ५ समूहमा हरियाली छाएको छ भने बाँकी सबै समूह राताम्मै भएका छन् । सबैभन्दा धेरै निर्जीवन समूह ४.७८ प्रतिशतले बढेको छ । विकास बैंक १.३२, होटल तथा पर्यटन ०.६५, जीवन बीमा २.२८, माइक्रोफाइनान्स ०.३६ प्रतिशतले बढेको छ ।

त्यस्तै, सबैभन्दा धेरै फाइनान्स समूह १.५७ प्रतिशतले घटेको छ ।

बैंकिङ ०.६७, फाइनान्स १.५७, हाइड्रोपावर ०.५०, लगानी ०.४४, उत्पादन ०.१४,  अन्य ०.१८ तथा व्यापार समूह ०.४१ प्रतिशतले घटेको छ । यस दिन दश कम्पनीको मूल्य १० प्रतिशत बढेको छ ।

 


विकाश हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

विकाश हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८२ जेठ २० मंगलवार १३:०४

काठमाडौं । विकाश हाइड्रोपावर लिमिटेडले जेठ ६ गतेदेखि निष्काशन तथा...

बजेटपछिको पहिलो कारोबारमा बढ्यो सेयर बजार,कति भयो कारोबार ?

बजेटपछिको पहिलो कारोबारमा बढ्यो सेयर बजार,कति भयो कारोबार ?

वि.सं.२०८२ जेठ १९ सोमवार १५:२७

काठमाडौं । बजेटपछिको पहिलो कारोबारमा सेयर बजार परिसूचक नेप्से वृद्धि...

आजदेखि ऋणपत्र निष्काशन गर्दै निफ्रा

आजदेखि ऋणपत्र निष्काशन गर्दै निफ्रा

वि.सं.२०८२ जेठ १८ आइतवार ११:४२

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA) ले आज (जेठ...

नेप्से र स्टक ब्रोकरको आयोजनामा पुँजी बजार सुदृढीकरण सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

नेप्से र स्टक ब्रोकरको आयोजनामा पुँजी बजार सुदृढीकरण सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

वि.सं.२०८२ जेठ १६ शुक्रवार २०:०३

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) र स्टक ब्रोकर...

पूँजी बजार सम्बन्धमा बजेट: नेपाल स्टक एक्सचेन्जको पुन संरचना गर्ने,धितो पत्र बोर्डको सुदृढीकरण गर्ने

पूँजी बजार सम्बन्धमा बजेट: नेपाल स्टक एक्सचेन्जको पुन संरचना गर्ने,धितो पत्र बोर्डको सुदृढीकरण गर्ने

वि.सं.२०८२ जेठ १५ बिहीवार १८:४८

काठमाडौं । नेपाल सरकाले नेपाल स्टक एक्सचेन्जको पुन संरचना गर्ने...

टेलिकमको ३० प्रतिशत सेयर पब्लिकलाई बेच्ने घोषणा

टेलिकमको ३० प्रतिशत सेयर पब्लिकलाई बेच्ने घोषणा

वि.सं.२०८२ जेठ १५ बिहीवार १७:४५

काठमाडौँ । नेपाल टेलिकमको ३० प्रतिशत सेयर निजी क्षेत्रलाई बिक्री...